कीवर्डहरू -

समाचार

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत

न्यूयोर्क । नेपालसहित विश्वका १८ वटा देशमा गरिएको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगसम्बन्धी अनुसन्धान ‘आफ्टर एक्सेस’ (AfterAccess)ले अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ । आफ्टर एक्सेसलाई संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा गत सेप्टेम्बर २२ मा इक्वेलसाईनटेक ( EQUALSinTech ) पुरस्कारअन्तर्गत अनुसन्धान वर्गको पुरस्कारको विजेता घोषणा गरिएको हो । आफ्टर एक्सेसअन्तर्गत नेपालको स्थलगत अध्ययन सन् २०१८ को अप्रिल र मे महिनामा सम्पन्न भएको थियो ।

विश्वस्तरको पुरस्कार प्राप्त गरेपछि एसिया प्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिङ्क ट्याङ्क लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा आफ्टर एक्सेस अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता हेलानी गालपायाले भने, ‘इक्वेल ग्लोबल पार्टनरसीपद्वारा हाम्रो कार्यलाई पहिचान गरिएकोमा हामी गौरवान्वित छौं ।’

नेपालमा गरिएको सर्भेको सम्बन्धमा उनी अगाडि भन्छिन, ‘नेपालसम्बन्धी विशेष नतिजा चाँडै काठमाडौमा प्रकाशन गरिनेछ । नीति निर्माता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको पहुँच र प्रयोगमा लैंगिक विभेद घटाउनका लागि आफ्ना नीति र कार्यहरू यो तथ्याङ्कलाई प्रयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

आफ्टर एक्सेस ग्लोबल साउथ ( Global South )का १८ वटा देशका ३८ हजार ५ घर तथा व्यक्तिहरुसँगको अन्तर्वार्तामा आधारित राष्ट्रियस्तरमा गरिएको एउटा श्रृङ्खलाबद्ध सर्वेक्षण हो । यस अनुसन्धानले मोवाइल फोन तथा इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धी मुख्य मुद्दाहरुलाई समेटेको छ । यस श्रृंखलाका सर्भेमा सबै देशमा एकै विधि अपनाईएको छ । इक्वेल ग्लोबल पार्टनरसीप महिलासम्म प्रविधि र प्रविधिसम्म महिलालाई पुर्याइ डिजिटल स्पेशमा लैंगिक दूरीलाई घटाउँदै लैजाने पुलको रुपमा कार्यरत विश्वव्यापी सञ्जाल हो ।

यसका संजालको संस्थापक सदस्यहरुमा संयुक्त राष्ट्र संघीय विश्वविद्यालय, अंतर्राष्टिय दूरसंचार संगठन, जिएसएमए, राष्ट्संघीय महिला ( युएन वुमन)  र अन्तराष्ट्रिय व्यापार केन्द्र रहेका छन् । वार्षिक रुपमा प्रदान गरिने इक्वेल साइनटेक पुरस्कार यस साझेदारीको फ्ल्यागसिप इभेन्ट हो, जसले महिला तथा युवतीहरुलाई प्रविधिमा समानताका लागि सहयोग गर्ने उत्कृष्ट परियोजना तथा पहलहरुलाई पहिचान गर्दछ ।

आफ्टर एक्सेस चार वटा पुरस्कार समुह (पहुँच, नेतृत्व, क्षमता र अनुसन्धान) गरी संसारभरबाट मनोनयनमा परेका ३५० प्रतिष्पर्धी मध्येबाट छानिएको अन्तिम २२ वटा मध्येको एक प्रतिष्पर्धी थियो । ल्याटिन अमेरिकी क्षेत्रमा DIRSI ,  एसियामा LIRNEasia र अफ्रिकामा ResearchICTAfrica को नेतृत्वमा संचालित परियोजना आफ्टर एक्सेसलाई ग्लोबल साउथ मुलुकमा विद्यमान लैङ्गिक दूरीलाई सम्बोधन गर्न योगदान पुर्याएकोमा इक्वेल ग्लोबल पार्टनरसीप पुरस्कृत गरिएको हो ।

संकलित तथ्याङ्कले नेपालमा मात्र नभएर बंगलादेश, कम्बोडिया, भारत, म्यानमार, पाकिस्तान र सम्पूर्ण ग्लोबल साउथ  मुलुकहरुमा सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैङ्गिक असमानताको ठोस प्रमाण प्रस्तुत गर्दछ । यस अनुसन्धानले लैङ्गिक असमानतालाई मापन मात्र नगरी प्रमाणमा आधारित नीति निर्माणकोलागि अवरोध सृजना गर्ने तत्वहरुको पहिचान समेत गर्दछ । आफ्टर एक्सेस, ग्लोबल साउथमा मोबाइल फोन र इन्टरनेट पहुँच तथा प्रयोगसम्बन्धी विस्तृत डाटाबेस हो । नेपालमा आफ्टर एक्सेस परियोजनामा लर्न एसियासँग स्थानीय साझेदारको रुपमा सेन्टर फर ल एण्ड टेक्नोलोजी प्रा.लि. र इन्टरनेट सोसाईटी नेपाल रहेको थियो ।

आफ्टर एक्सेस अन्तर्राष्टिय विकास अनुसन्धान केन्द्र क्यानडा, फोर्ड फाउण्डेशन, स्वीडिस अंतर्राष्टिय विकास एजेन्सी र अन्तर्राष्टिय विकास विभागको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो।

सर्वेक्षणको नेपाल विशेष प्रतिवेदन यहि अक्टोबर ४, २०१८ मा काठमाडौंमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ । विश्वस्तरमा स्वीकार्य अनुसन्धानबाट प्राप्त प्रतिवेदनले नेपालको सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा महत्वपूण आधार तय गर्ने विश्वास आफ्टर एक्सेस परियोजनाको नेपाली साझेदार सेन्टर फर ल एण्ड टेक्नोलोजी प्रा.लि.का अध्यक्ष अधिवक्ता बाबुराम अर्यालको छ ।

Photo Source : Lirne Asia

समाचार

सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन


दक्षिण कोरियन कम्पनी सामसुङलेले तीन क्यामेरा भएको ग्यालेक्सी ए७९२०१८० सार्वजनिक गरेको हो ।
सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्म…

फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा 


अहिले विश्वमा नै मोवाइल बजार सुस्ताएको छ । एक दशकदेखि स्मार्टफोनमा विश्व बजार केन्दि«त भइरहेको थियो । तर, पछिल्लो समय केहि प्रचलित ब्राण्ड वाह…

\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै

यही असोज ५ गते शनिबार विकास उद्यमी र कोभिएन्ट यूनिभर्सिटि यूकेको हेड प्रोजेक्टको सहकार्यमा बिजनेशको लागी आईसिटि र आइओटी विषयमा अन्र्तक्रियात्मक वर्कशप कार्यक्र…

एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

एपलले नयाँ आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको घोषण गरेको छ । दुई वटाको प्रिअडर सेप्टेम्बर १४ देखि सुरु भएको छ । यसको एक हप्ता पछि बजारमा आउने बताइएको छ…

फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला 

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…

रेनो डस्टर ओभरडाइभको नम्बर १ एसयुभी 

ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बिचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।

 चितवनमा सफ्टवेयर स्वतन्त्रता दिवसको विभिन्न कार्यक्रम सम्पन्न

गत भदौ ३० गते शनिबार सफ्टवेयर स्वतन्त्रता दिवस चितवनमा विभिन्न कार्यक्रम गरि मनाईयो। भरतपुरको मलेवा पिसफुल कटेज एण्ड पार्टी प्यालेसमा सिअस्आईटियन् चितवन, फो…

नाडा अटो शोमा हुयण्डाईको नयाँ ईलेक्ट्रीक कार 

लक्ष्मी इन्टरनेशनल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा अटो शोमा सेप्टेम्…

सेटेलाइट संचलान गर्नेगरि सरकारले मोडालिटी बनाउदै 

काठमाडौँ, भदौ २८ गते । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ९आईटीयू०ले नेपाललाई उपलब्ध गराएको ‘स्लट’मा स्याटेलाइट सञ्चालनको मोडालिटी तय गर्ने प्रक्रिया अघि बढेक…

गुगलले सार्वजनिक गर्यो “डेटासेट सर्च” इन्जीन 

यहि सेप्टेम्बर ६ मा गुगलले वैज्ञानिक समूदायको “डेटासेट सर्च” इन्जीन सार्वजनिक गरेको छ । यसले उनीहरुलाई लाखौँ अनलाईनमा डेटाहरु ल्याउन मदत गर्नुका साथै अन्…

नाडा अटो शो २०१८ मा टोयोटाको स्पेसल अफर 

नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (यु टि एस) ले यहि भाद्र २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको…

दुरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाइ नै पुन नियुक्ति


दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति पाएका छन् ।  आइतबार उनले सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बास्कोटासँग पद तथा गोप…

आइसिटी फर स्मार्ट कम्प्युटिङ थिममा \'नेस्कोआइटी २०१८\' आयोजना हुदै 

आइटी विद्यार्थीहरुमाझ लोकप्रिय इभेन्ट नेस्को आइटीको नवौं संस्करण आगामी अक्टोबर २७ मा हुदै छ । सन २००३ देखि एनसिआइटीले

द ब्रिटिस कलेजको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित रहेको हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्य…