कीवर्डहरू -

समाचार

तीन महिनाभित्र बाँकी स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट हुने

काठमाडौँ । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अबको तीन महिनामा प्रिन्ट र डेलीभरि गर्छौ, बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुन्छ, पहिलो चरणमै सात लाख ५० हजार स्मार्टकार्ड ल्याउँछौं ।’

विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ । मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालको भनाइ छ । प्रिन्ट गरेर सकिए लगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी भएको विभागले जनाएको छ ।

साढे दुई वर्षसम्म लाइसेन्स नपाउने वा नवीकरण नहुने समस्या २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागु गरेपछि भएको हो तर विभागले दीर्घकालीन समस्याको समाधान खोज्न सकेको छैन । नत माग अनुसारको आपूर्ति नै गर्न सकेको छ । दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक एकहजार पाँचप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

हालसम्म आठ लाख ५६ हजार स्मार्ट लाइसेन्स वितरण गरिएको छ । नेपालमा करिब ३० लाख भन्दा बढी लाइसेन्स वाहक छन् । विभागसँग सात वटा प्रिन्ट मेसिन छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

समाचार

लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको प्रतिबन्ध हटाइयो

काठमाडौं। लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ। बु…

चौधरी ग्रुपले बजारमा ल्यायो फ्यान र कुलरहरु

काठमाडौ। चौधरी ग्रुपले गर्मि मौसमलाई ध्यानमा राखेर विभिन्न किसिमका फ्यान र कुलरहरु बजार…

रिना मृत्यु प्रकरणमा अतिरञ्जित सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल प्रहरी निगरानीमा

विराटनगर । मोरङ पथरीकी रीना खड्का मृत्यु प्रकरणमा अतिरंजित समाचार सम्प्रेषण गर्ने केही अनलाइन् र युट्युव च्यानललाई प्रहरीले निगरानीमा राखेको छ ।

सर्वाेच्च अदालतले भन्यो : एनसेलसँग तत्काल कर नउठाउनू

सर्वोच्च अदालतले एनसेललाई कर तिराउने सरकारी निर्णय तत्कालका लागि रोक्का गर्न आदेश दिएको छ । सरकारले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्…

आइसिटी अवार्ड प्रि-इभेन्ट क्यापियन : प्रदेशस्तरीय आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै

नेपालको सूचना प्रविधिको अवार्ड ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारीस्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इन्न…

मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ

काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

अ…

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च…

आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै

काठमाडौं । आज अप्रिल २५ तारिख बिहिबार विश्वभर इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे मनाइदै छ । हरेक अप्रिल महिनाको अन्तिम बिहिबारका दिन मनाइने यो दिवस नेपालमा …

 राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना

काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० …

भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…

वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…

इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट म…

खल्ती डिजिटल वालेट अब नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्…