समाचार
जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल
काठमाडाैं । सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘ सुबिसु कन्क्लेभ २०१९ ’ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै सुबिसुले आगमी जेठ १ गते बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा सो कन्क्लेभ हुने जानकारी दियाे ।
सूचना सञ्चार तथा प्रविधिलाई प्रवद्र्धन गर्ने हेतुले आयोजना हुने यस कार्यक्रममा समयसापेक्ष विषयहरुमा गम्भीर छलफल गरिने छ । नेपालमा पनि पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिरहेको सन्दर्भमा लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थामा यस्ता विषय समेट्न सुबिसु कन्क्लेभको योगदान हुने आयोजकको विश्वास छ ।
सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले भने, ‘हामीले विभिन्न क्षेत्रको अध्ययन र विश्लेषण गरेर कन्क्लेभमा छलफल गर्ने विषयहरुको पहिचान गरेका हौं ।’ उनका अनुसार कन्क्लेभमा विश्वस्तरी संस्थाहरु नोकिया, टाइको, जोनसोन कन्ट्रोल्स, राडवेयर, भर्टिभ लगायतको प्राविधिक सहयोग रहेको छ ।
‘नवीनतम प्रविधिबारे विशेषगरी हाम्रा इन्टरप्राइज कस्टमरले थाहा पाउनुपर्छ । हाम्रा कस्टरमरले मात्रै हाेइन, जोकोहीले यस्ता प्रविधिबारे अपडेटेड हुनुपर्छ । विश्वमा कस्ता प्रविधि आएका छन्, नेपालमा के कस्तो छ अवस्था र कसरी त्यस्ता प्रविधिको सही प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कन्क्लेभमा बृहत् छलफल गरिन्छ,’ सुबिसु केबल नेट अन्तर्गतको इन्जिनियरिङका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले भने ।
कार्यक्रममा २ सत्रमा सञ्चालन हुने छ । पहिलो सत्रमा विभिन्न विषयविज्ञहरुले आफ्ना प्रस्तुति दिने र सहभागीलाई सहजिकरण गर्ने छन् । त्यस्तै दोस्रो संस्करणमा सरोकारवाला क्षेत्रका विज्ञहरुबीच प्यानल डिस्कसन गरिने छ ।
कार्यक्रममा छलफल हुने विषयहरु :
- Blockchain Technology in Cybersecurity
-
QoS of Internet
-
Technology for Secured Society
-
IoT with AI
-
Futute of Data Center
-
Emerging Technologies for Digital Transformation
त्यस्तै कार्यक्रममा म्यागासेसे पुरस्कार तथा इन्टरनेट हल अफ फ्रेम विजेता महावीर पुनको विशेष प्रस्तुति रहने छ भने टाटा, नोकिया, टाइको, राडवेयर, भर्टिभ जस्ता विश्व प्रख्यातप्राप्त आइटी कम्पनीका विज्ञहरुले माथि उल्लेखित विभिन्न विषयमा आफ्नो प्रस्तुति दिने छन् ।
कार्यक्रमसँग सम्बन्धित थप जानकारीका लागि conclave2019.subisu.net.np मा लगइन गर्नहोस् ।
समाचार
इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस संस्था इन्टरनेट सोसाइटीको १३० अन्तराष्ट्रिय च्याप्टरमध्ये…
आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’
विराटनगर । शुक्रबारदेखि विराटनगरस्थित होटल स्टर्न स्टारमा 'फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन २०१९ इन एशाेसि…
इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकसँग चर्को शुल्क उठाएपछि आन्दोलित सेवा प्रदायकले इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेता…
ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने
ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।
ओएसआ…
एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी
काठमाडौं। एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको एप्पलका सीईओ टिम क…
विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट
विराटनगर । लिभिङ विथ आइसिटीको आयोजनामा विराटगरमा आजदेखि २ दिने ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फो…
आइटी विधेयकमा अन्तर्क्रिया सम्पन्न, संशाेधनका लागि ब्यापक दबाब
नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘सूचना प्रविधि विधेयक २०७५’ बारे सरोकारवालाहरुबीच आज अन्तक्र्रिया गरिएको छ ।
विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल
विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।
आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका…
लक्ष्मी बैंकले सल्लेरीमा गर्यो नयाँ शाखा विस्तार
काठमाडौं। लक्ष्मी बैंकले सोलुखुम्बुमा शाखा सञ्जाल विस्तार गरेको छ।
<…
सिद्धार्थ बैंकका २ नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले २ नयाँ शाखा विस्तार गरेको छ।
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ ।
जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।
…उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा
उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरन…
विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा
लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप…
माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा
काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी १४ वटा शाखा रहित बैंक…