कीवर्डहरू -

समाचार

 ओपोले घटायो स्मार्टफोनको मूल्य

ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (३ जीबी तथा ४ जीबी) र ए७१को मूल्य समायोजन गरिएको छ । आफ्ना उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।


सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामुहिक सेल्फीका लागि ) सहितको एफथ्री मे–२०१७मा सार्वजनिक गरिएको हो ।

नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलर मध्य रहेका दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय रहेका छन् । त्यसैगरी, सेप्टेम्बर २०१७मा सार्वजनिक ए७१ मिडरेञ्ज्ड फोन हो ।  ए७१ यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्ता माझ विशेष लोकप्रिय रहेको छ ।

\"\"
‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादन मार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने , ‘उपभोक्ता माझबाट अफर, छुट लगायतको माग हुँदै आइरहेको कुरालाई दृष्टिगत गर्दै हामीले नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएका हौँ । यो कदमले तिनको माग सम्बोधन गर्नु हाम्रो उद्देश्य हो ।’


मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य रु. ३१,५९० एफवानएस (४जीबी) रु. २८,९९०, एफवानएस (३जीबी) रु. २७,९९० र ए७१को रु. २०,४९० निर्धारण गरिएको छ ।

समाचार

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिक…

एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…

नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप

नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सा…

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …