कीवर्डहरू -

समाचार

नेपालको ʻखल्तीʼले जित्यो संयुक्त राष्ट्रसंघको फिनटेक इन्नोभेसन फन्ड 

काठमाडौं । छोटो समयमा ८ लाखभन्दा बढी प्रयोगकर्ताले मन पराएको नेपालको डिजिटल वालेट खल्तीले अन्तर्राष्ट्रियस्तरको इन्नोभेसन फन्ड जित्न सफल भएको छ ।

संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) एसिया प्रशान्त क्षेत्रका लागि आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड नेपालको खल्तीले जित्न सफल भएको हो ।

खल्तीसँगै एसिया प्रशान्त क्षेत्रका १० उद्यमहरूले उक्त इन्नोभेसन फन्ड जितेका छन् ।

अधिकतम ५० हजार डलर राशी रहेको इन्नोभेसन फन्डबाट आधा हुन आउने रकम खल्तीले थप गरी महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरूलाई व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम बनाउने छ ।

खल्तीका संस्थापक अमित अग्रवालका अनुसार यो कार्यक्रममा कार्यान्वयन गर्न खल्तीले ३५०० महिला आवद्ध भएको सार्क बिजनेश एसोसिएसन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने छ । सबह नेपालले गृहिणीहरूको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ।

परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रूपमा खल्तीलाई प्राविधिक सहयोग पनि गर्ने छन् ।

यो कार्यक्रममा पूर्वमा संखुवासभादेखि पश्चिममा दार्चुलासम्मका १२ वटा जिल्लाहरूमा ३५०० भन्दा बढी महिला उद्यमीहरूलाई सहयोग गरिने अग्रवालले जानकारी दिए ।

यसमा स्मार्ट छोरीहरूलाई पनि उद्यमीहरूलाई सहयोग गर्न परिचालन गरिने बताइएको छ ।

समाचार

मोबाइल बाट निःशुल्क कल गरेर विभिन्न जानकारी लिन सकिने ‘एन्टी सुचनाको संसार’

काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरी ‘एन्टी सूचना…

निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स…

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ उम्मेदवारबीच प्रतिष्पर्धा हुने, अन्तर्वार्ता असार १६, १७ र १८ मा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…

मकवानपुरमा स्थापना हुने भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा स्थापना गर्ने …

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वज…

टेक्सास कलेजका आइटी ग्रयाजुएटलाई जापानमा अवसर

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा आइटी विषय पढेका विद्यार्थीले जापानमा अवसर प्राप्त गर्ने भएका छन् ।

Fourth Valley Corp.  Japa…

एसईईको नतिजा आज आउँदै यसरी हेर्नुहोस नतिजा

काठमाडौं। एसईईको नतिजा आज आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्…