कीवर्डहरू -

समाचार

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं। शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

यो सेवाको सुरुवात सँगै खल्तीले एप तथा वेबसाईटमा ’शेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ जहाँबाट केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ ।


खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरोशेयर खातावालहरु लाभान्वित हुने खल्तीले विश्वास लिएको छ ।डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने,
“नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ ।

खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो ।

हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ । यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ ।”
अहिले तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।

खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्नेछ । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको छ ।

के हो डिम्याट ? डिम्याट खाता कसरी खोल्न सकिन्छ ?
डिम्याट भनेको भौतिक रुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । शेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टि्सिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको शेयरलाई विद्युतीयकरण गर्न सकिन्छ ।

साधारण शेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य हुन्छ ।डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा शेयर जम्मा हुन्छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ ।

डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको शेयर सोहि खातामा जम्मा हुन्छ । खाता खोलेपछि आफ्नो खाता नम्बर तथा चेक बुक पाइन्छ।

डिम्याट खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ ।
डिम्याट खाता खोलेका सबैले आर्थिक वर्ष २०७६÷०७७ सम्मको वार्षिक शुल्क असार ३१ गतेभित्र भुक्तानी गर्नुपर्नेछ ।

समाचार

यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप 

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …

राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु

मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन…

एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना

काठमाडौं। नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सम्भावित प्राकृतिक विपद्…

आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै

काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।

मेसिन लर्निङ र डिप लर्निङ …

रेडमी नोट सेभेन प्रो नेपाली बजारमा

काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…

ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने

काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्य…

क्युआर कोड के हो ? कसरी बनाउने ?

काठमाडौं। क्युआर कोडको नाम त सुन्नु भएकै होला। अहिले धेरै काममा धेरै प्रयोगका लागी क्य…

नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार

काठमाडौं । सिंगापुरमा गत जुलाई २७ मा भएको डिजास्टर टेक इन्नोभेसन कम्पिटिशनमा फिल्डसाइट नामक ह्युमेनिटेरियन डिजिटल प्लाटफर्मले पहिलो स्थान हासिल गरेको छ ।&…

ओप्पोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट रंगमा उपलब्ध हुने

ओप्पोले एफ११ नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । <…

ओपोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी


काठमाडौं। वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत…

चाैधरी ग्रुप र हुवावेबीच नेपालमा फाेरजी विस्तार गर्न सम्झाैता

काठमाडाैं । चौधरी ग्रुप (सीजी) र हुवावेबीच नेपालमा फोरजी फोन सेवा विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।

१० करोड अमेरिकी डलरको सम्झौता भ…