काठमाडौं । नेपालका लागि टिभिएस स्कुटरको आधिकारिक वितरक जगदम्बा माेटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपि ब्लाज ब्लु स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
युवा राइडरहरूलाई लक्षित गर्दै ल्याइएको यो नयाँ कलर भेरियन्टले NTORQ लाइनअपमा थप आकर्षण, स्पोर्टीनेस र बोल्ड डिजाइन थपेको कम्पनीले जनाएको छ ।
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका उपाध्यक्ष दीपक रौनियारले नयाँ स्कुटरको औपचारिक अनावरण गरे । कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी कन्टेन्ट क्रिएटर तथा मोटो भ्लगरहरू र ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार टिभिएस एनटर्क १२५ रेस एक्सपि ब्लाज ब्लु विशेष रूपमा स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि डिजाइन गरिएको हो । यसको ब्लेज ब्लु रंग, स्पोर्टी ग्राफिक्स र धारिलो डिजाइनले स्कुटरलाई अझ आक्रामक र आकर्षक बनाएको छ ।
टिभिएस एनटर्क १२५ रेस एक्सपिले पहिले नै युवा पुस्तामाझ आफ्नो रेसिङ प्रेरित डिजाइन र पर्फमेन्सका कारण राम्रो पहिचान बनाइसकेको छ । नयाँ ब्लेज ब्लु एडिसनले यसलाई अझ ऊर्जा पूर्ण र आकर्षक बनाउने कम्पनीको दाबी छ ।
स्कुटरले करिब ५० KMPL माइलेज (टेस्टेड) र लाइफटाइम वारन्टी एस्योरेन्स जस्ता सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ । यसले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष दीपक रौनियारले भने, “टिभिएस एनटर्कले सधैँ पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ । नयाँ ब्लाज ब्लु भेरियन्टले यसै पहिचानलाई अझ उत्साहजनक रूपमा अघि बढाएको छ ।”
कम्पनीले यो सार्वजनिककरणलाई केवल नयाँ कलर भेरियन्टको परिचय मात्र नभई टिभिएस एनटर्कको रेसिङ स्पिरिट र आधुनिक स्कुटरिङ अनुभव प्रस्तुत गर्ने अवसरका रूपमा लिएको जनाएको छ । देशभर फैलिएको टिभिएसको आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरूले नजिकैको शोरुममा गई नयाँ स्कुटरबारे थप जानकारी लिन सक्नेछन् ।
आईसीटी समाचार