समाचार
आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु
तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म खुल्ला गरेको अनलाइन आवेदनमा अहिलेसम्मकै सबैभन्दा बढि आवेदन आएको आयोजकले जानकारी दिएको छ ।
विभिन्न ७ विधामा भइरहेको आइसिटी अवार्डमा सबैभन्दा धेरै स्टार्टअप कम्पनी अवार्ड र प्रडक्ट अवार्डमा नोमिनेशन दर्ता भएको छ । यि दुई अवार्डमा ५० भन्दा बढिको अनलाइन आवेदन आएको अवार्डका संयोजक तुषार न्यौपानेले जानकारी दिएका छन । यसैगरी आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्परा अवार्ड, आन्टरप्रेनर्स अवार्ड, डिजिटल गर्भनेन्स र आइसिटी मिडिया अवार्डमा पनि उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिए ।
भदौ १ गते र्याडिसन होटलमा हुने अन्तिम कार्यक्रममा बिजेताहरुको नाम घोषणा हुने छ । आइटी तथा कर्पोरेट क्षेत्रका ५०० विशिष्ट व्यत्तिहरुमाझ बिजेतालाई सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रम न्युज २४ टेलिभिजन तथा हाम्रो पात्रो एपबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ ।
अनलाइनमा विस्तृत विवरण सहित आएका अवेदन तथा डकुमेन्टको आधारमा उत्कृष्ट छान्ने प्रकृया सुरु भएको जुरी समुहका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । जुरी समुहमा विभिन्न क्षेत्रबाट आइटीका १० जना विज्ञहरुको सहभागिता रहेको छ ।
यसैगरी जुरीको संयोजकमा पुर्वमन्त्री गणेश शाह सहित दुरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल, पुलचोक इन्जिनियरिङ अध्ययनका प्रा.डा शुवर्ण शाक्य, काठमाण्डौ विश्वविद्यालयका एचओडी प्रा.डा. मनिष पोखरेल, प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलि लगायतको सहभागिता रहेको छ ।
सेलेक्सन प्रसेसको पहिलो मिटिङ गत असार २५ गते सम्पन्न भएको छ । जुरीहरुले आवेदनमा आएको विवरण तथा अन्य डकुमेन्ट तथा प्रोफाइलहरु अध्ययन गरिरहेको र केहि दिनपश्चात सर्टलिस्ट सार्वजनिक गरिने बताइएको छ ।
साउन ५ गते स्र्टाअप तथा प्रडक्ट अवार्डको लागि प्रिजेन्टेशन तथा इन्टरभ्यु सेसन सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । भदौ १ गते र्याडिसन होटलमा हुने अन्तिम कार्यक्रममा बिजेताहरुको नाम घोषणा हुने आयोजक लिभिङ विथ आइसिटीका सम्पादक राजन लम्सालले बताए ।
प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको सेलेक्सन प्रोसेस अनुरुप नै विभिन्न चरणका मिटिङ, अन्तवार्ता तथा अनलाइन भोटिङ सञ्चालन हुनेछन । विभिन्न ७ फरक विधाहरुमा हुने अवार्ड अत्यन्तै पारदर्शी र विश्वसनिय हुने विश्वास आयोजकले जनाएको छ । अवार्ड विजेताहरुले आकर्षक ट्रफी सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न महत्वपुर्ण प्लाटफर्ममा सहभागिता जनाउन पाउनेछन ।
उत्कृष्ट प्रडक्ट तथा स्टार्टअपलाइ अन्य प्राविधिक, आर्थिकसँगै इन्भेष्टमेन्टको वातावरण बनाउने प्रयास गरिने आयोजकको भनाई छ । अवार्डको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, आइटी विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एसिसिए, वल्र्डलिंक, नेटिस, साइबरनेटिक्स, खुबिलिटी लगायतको सहकार्य रहेको छ ।
अवार्डको विस्तृत जानकारी वेबसाइट
www.ictaward.org
, फेसबुक पेज तथा
ICT Award
नामक मोवाइल एप्लिकेशन मार्फत अपडेट रहन सकिनेछ ।
समाचार
सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने
सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…
पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना
काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…
द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन
काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…
आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप, मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने
तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको …
फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा
खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कु…
नेपालीको लागि मासिक ५ सयमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनुपर्ने
नेपाल दुर सञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेको मोबाइल इन्टरनेट सेवालाई महंगो भन्न नमिल्ने बताएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्य देशको तुलनामा…
दिगो विकासको लागि शिक्षा, स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड
शिक्षा, स्वास्थ्य तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन्…
नेपाल टेलिकमको रिचार्जबाट मिदास इ - क्लास पढ्न सकिने
नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास