समाचार
सावमी मी ८ को मूल्य,स्पेसिफिकेशन तथा तस्बीर भयो लीक
सावमीले अहिले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन Mi 8 मे ३१ मा चीनमा सार्वजनिक गर्ने आधिकारिक पुष्टि गरेको छ । सावमीले कम्पनीको आठौँ बार्षिकोत्सवको अवसरमा उक्त स्मार्टफोन लन्च गर्ने तयारी गरेको हो । लन्च अघिनै Xiaomi Mi 8 को स्पेसिफिकेशन तथा तस्बीरहरु लीक भएको छ ।
सो स्मार्टफोन ३ डी फेशियल स्क्यानिंग,स्न्यापड्रागन प्रोसेसर तथा भर्टिकल डुअल क्यामेरा सेटअप सहित आउने चर्चा छ ।
चाईनीज साइट गिज्मोचाईनामा एउटा तस्वीर देखिएको छ ।जसमा सावमीको प्रस्तुती देखाइएको छ ।यसबाट सावमी मी ८ को स्टोरेज,र्याम भेरियेन्ट,मूल्य तथा प्रमुख फीचरको बारेमा स्पष्ट गरिएको छ ।
तस्वीरका अनुसार सावमी मी ८ मा ६.०१ इन्चको डिस्प्ले रहनेछ । जसमा फिंगरप्रिन्ट स्क्यानर छ । स्न्यापड्रागन ८४५ प्रोसेसर छ,साथमा ६ जीबी अथवा ८ जीबी र्याम विकल्प रहनेछ ।
स्टोरेज विकल्प ६४ जीबी र १२८ जीबी हुनेछ । Xiaomi Mi 8 मा एआइ क्यामेरा हुनेछ,जसलाई 2x प्टिकल जूमले सपोर्ट गर्छ। यस बाहेक फोनमा ३ डी फेशियल स्क्यानिंग हुनेछ ।
६ जीबी र्याम भेरियन्टको मूल्य २,७९९ युआन तथा ८ जीबी भेरियन्टको मूल्य ३,१९९ युआन रहेको साइटमा खुलाइएको छ ।
लीक भएको तस्वीरमा देखिए अनुसार ब्याकमा ग्लास प्यानल छ र डुअल भर्टिकल क्यामेरा सेटअप छ । Xiaomi Mi 8 मा नच डिस्प्ले समाबेश छ।सावमीको यो नयाँ स्मार्टफोनको प्रतिष्पर्धा वनप्लस ६ सँग हुने छ ।
समाचार
ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा
इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाड…
माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला
वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…
नोकियाको \'एक्स ६\' सार्वजनिक
विश्व च…
वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क
वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्य…
हुवावेको नोभा थ्रीई नेपाली बजारमा
दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।
नेपाल…
९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि
नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…