समाचार
इटहरीमा क्यान इन्फोटेकको तयारी तिब्र, मेलामा १ सय १५ स्टल रहने
सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको तयारी तिब्र बनेको छ ।
मेलाकालागि स्टक बुकिङ अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । ११५ वटा स्टलहरू रहने उक्त मेलामा हाल सम्म ९० प्रतिशत स्टलहरू बुकिङ भइसकेको क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।
मेलाका लागि आबस्यक सामगी एवमं स्पोन्सर हरुको खोजि सकिएकोले मेलाको तयारी तिब्र गतिले अघि बढेको अध्यक्ष भण्डारीले बताए । इटहरी स्थित जनता नि.मा.विको प्राङगणमा हुने मेलामा टाइटल स्पाेन्सर हिक भिजन एसोसिएट स्पोन्सर डिजिकम रहेको छ भने प्ल्याटनियम स्पोनसर बारकोड नेपाल , इटहरी इन्टरनेश्नल कलेज डाइमन्ड स्पोन्सर क्यानोन , एचएफसी रहेको छन् ।
गोल्ड स्पोन्सरमा ओली एण्ड एसाेसिएटस , नेटिस , एप्सर सिल्भर स्पोन्सर टेक्नोस , एनपि एभि टिकट स्पोन्सर इ – स्कान र अफिसियल स्पोन्सर मा सनराइज बैंक , प्यारागन आइटी , प्रुडेन्सियल इन्स्योरेन्स , शैलुङ मेडिकल , वाइ जोन , कस्तुरी एकेडमी , सुस्मा इन्जिनियरिङ कलेज , इसेवा , एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस , कुनाल सटोर , ग्राफिका इन्टरनेशनल लगायतका रहेका छन्।
मेलामा आकर्षकको रूपमा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । यो संगै अन्य आकर्षक प्रबिधिहरु पनि हुने आयोजकले जानकारी दिएको छ । अफिसियल मिडिया लिभिंग विथ आइसिटीले हरेक दिन बिसेष संस्करण प्रकाशन गर्ने छ ।
यसैगरी यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौले क्यान सुनसरीलाइ एक कार्यक्रमका बिच विभिन्न सुचना प्रविधि संग सम्बन्धित सामाग्रिहरु उपलब्ध गराएको छ। क्यान सुनसरीको इटहरीमा रहेको सचिवालयमा कार्यालय व्यवस्थापनकालागि थम्ब एटेंडेन्स मेशिन , वेलकम मेशिन , वायरलेश सिसि क्यामेरा लगायतका बहु उपयोगि सामाग्रिहरु उपलब्ध गराएको अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभएको हो।
समाचार
समाचार पढ्न र रेडियो सुन्नको लागि \'संचार\' एप
नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु पढ्नका साथै पुर्व मेची देखि पश्चिम महाकाली सम्म अनलाईनमा उपलब्ध एफएम…
ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार
ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको
काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन (एप्रिकोट)
एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना सुरु भएको छ । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए)…
ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल
बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्ट…