कीवर्डहरू -

समाचार

यूमिडिजीको ७००० एमएएच ब्याट्री तथा ६.२इन्च डिस्प्ले सहितको नयाँ फ्ल्यागशिप स्मार्टफोन जेड २

केहि समय अघि यूमिडिजीको नच डिस्प्ले सहितको नयाँ फ्ल्यागशिप फोन जेड २ को पोस्टर लिक भएको थियो । उक्त सेटले धेरैको ध्यान आकर्षण गरेको थियो । तर कम्पनिले केहि समय अघि नयाँ ह्यान्डसेट युमिडिजी जेड २ को आधिकारिक रुपमा घोसणा गरेको छ । यसका साथै कम्पनिले बहुप्रतिक्षित यूमिडिजी जेड २ बिश्वकै पहिलो ६.२ इन्चको नच फ्ल्यागशिप स्मार्टफोन हुने दावी गरेको छ ।

यो डिभाइसमा ६.२ इन्चको फुलएचडी डिस्प्ले रहेको छ । यसको रेजोलुसन २२४६ x १०८० पिक्सेल रहेको छ । कम्पनिले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उक्त फ्ल्याग्शिप फोनको तस्बिर सार्वजनिक गर्दै कम्पनिले मानिसले सोचे भन्दा पनि साँच्चै गज्जबको रहको कुरा बताएको छ । फोनको नच मा डुअल सेल्फी क्यामेरा,इयरपिस तथा अन्य सेन्सरहरु उक्त तस्बिरमा देख्न सकिन्छ ।

फोनमा गोल घुमेको किनारा रहेको छ । यसका साथै फोनका बटनहरु दायाँ साइडमा राखिएको छ । श्रोतबाट प्राप्त जानकारी अनुसार यूमिडीजीको जेड २ मा,भिभो एक्स २० प्लस मा जस्तै इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहने समेत बताइएको छ भने फोनमा ७००० एमएएचको पावरफुल नन् रिमुभेबल ब्याट्रीको समेत प्रयोग भएको छ ।

युमिडिजीको यो नयाँ डिभाइसको पछाडीको भाग ग्लासको हुने र पछाडी पट्टि डुअल क्यामेरा रहने अनुमान गरिको छ । यसका साथै कम्पनिले मिडियाटेकको मिड-रेन्ज प्रोसेसर प्रयोग गर्ने सम्भावना देखिएको छ । यूमिडीजीले नयाँ स्मार्टफोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरको प्रयोगमा स्न्यापटिक्सको क्लियर आइडीको प्रयोग हुन सक्ने समेत आनुमान गरिएको छ ।यूमिडिजीको स्मार्टफोन भविष्यमा चाँडै आउने भनिएतापनि,कहिले उपलब्ध हुने भनि मिती भने निर्धारण गरिएको छैन ।

समाचार

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु…

ओपो एफफाइभ ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक हुँदै

माघ २३, काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । …