कीवर्डहरू -

समाचार

मेईजुका तीन नयाँ स्मार्टफोनहरु अब नेपाली बजारमा

मेईजु ब्राण्डका नयाँ लागेता पनि यो ब्राण्डका मोबाइलहरु २०१६ मा नै नेपालमा भित्रिएको हो । र बिचमा यसको बिक्रि वितरण बन्द भएको थियो र पुरानो वितरकले फोनको बिक्रि वितरण छोडे पछि अहिले चौधरी ग्रुप (सीजी) मेईजु फोनको नेपालको लागि आधिकारिक बिक्रेता भएको छ ।

सिजी ग्रुपले आधिकारिक बिक्रेताको जिम्मेवारी लिए सँगै मेजु स्मार्ट फोनका मेईजु प्रो ७, एम ६ तथा एम ५ एस गरि तीनवटा सेटहरु नेपाली बजारमा बिक्रीका लागि ल्याएको छ ।

सीजीले सार्बजनिक गरेको मेईजुको प्रो ७ मा ५.२" को फुल एचडी डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्याम,६४ जीबी रोम रहेको छ । यसका साथै सोनीको १२ एमपी को रियर डुअल क्यामेरा समेत यसमा रहेको छ ।

मेईजुको यो फोनमा ३००० एमएएच ब्याट्री रहेको छ र यसको नेपाली मूल्य रु ४७ हजार ४ सय ९९ रहेको छ ।

त्यस्तै मेईजुले अर्को मोडेल एम ६ सार्वजनिक गरेको छ । जसको मूल्य रु १८ हजार ७ सय ९९ रहेको छ । यसमा भने ३ जीबी र्याम, ३२ जीबी रोम रहेको छ । ५.२ इन्च डिस्प्ले भएको यो फोनमा सोनीको १३ एमपीको रियर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

डुअल नानो सिम सपोर्ट गर्ने यो फोनमा ३०७० एमएएचको ब्याट्री प्याक भएर आएको छ । बजेट थोरै भएका प्रयोगकर्ताहरुका लागि यो फोन राम्रो विकल्प हुन सक्छ ।

सिजीले प्रो ७, एम ६ सँगै मेईजुको अर्को स्मार्टफोन एम ५ एस मोडेल सार्बजनिक गरेको छ । यो भने ३२ जीबी र १६ जीबी गरेर दुइवटा संस्करणमा उपलब्ध रहेको छ । ३२ जीबीको मूल्य रु १९ हजार ४ सय ९९ तोकिएको छ भने १६ जीबीको मूल्य रु १८ हजार १ सय ९९ तोकिएको छ ।

मेईजुको यो सेटमा पनि ५.२ इन्चकै डिस्प्ले रहेको छ । ३ जीबी र्याम,१६/३२ जीबी रोम यसमा रहेको छ । ३००० एमएएचको ब्याट्रीको प्रयोग भएको यो फोनमा १३ एमपीको रियर र ५ एमपी को फ्रन्ट क्यामेरा रहेको छ । यो ह्यान्डसेट पनि थोरै बजेट हुने उपभोक्ताहरुका लागि राम्रो विकल्प हुन् सक्छ ।

समाचार

सकियो २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ ।…

२० बर्षको उपलक्ष्यमा डिजिकमको २० प्रतिशत छुटको घोषणा


चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले …

प्रविधिको कुम्भ मेला इन्फोटेकमा अफरै अफर,  आज अन्तिम दिन


क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटो…

नयाँ प्रविधिको ब्रान्डिङ गर्ने थलो बन्यो इन्फोटेक


काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को आज चौथो दिन ६०,२६२ जनाले अवलोकन गरेका छन् । आजसम्म २,…

क्यान इन्फोटेकमा डेढ लाखले गरे इन्फोटेकको अबलोकन, आइतबार बिजनेस डे

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो…

२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’ सुरु

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण …