कीवर्डहरू -

समाचार

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी जे २ प्रो (२०१८ )

सामसङले आफ्नो जे सिरिजको नयाँ स्मार्टफोन सामसङ  ग्यालेक्सी जे २ प्रो (२०१८) भियतनाममा सार्बजनिक गरेको छ । सामसङको नयाँ जे २ प्रो १५ हजार भन्दा तलका फोनहरु चाहने उपभोक्ताहरुको लागि उपयुक्त विकल्प हुन सक्छ । सामसङको यो फोन ब्ल्याक,ब्लु र गोल्ड कलर भेरिएन्टमा उपलब्ध छ साथै फोनमा डुअल मेसेजिंग अकाउन्ट फिचर पनि रहेको छ । अर्थात् यो फोनमा एउटै युजरले दुइवटा अकाउन्टको प्रयोग गर्न सक्नेछन् ।

सामसङ ग्यालेक्सी जे २ प्रो (२०१८) मा ५ इन्च क्युएचडी (५४० x960) पिक्सेल रेजोलुसनको सुपर एमोलेड डिस्प्ले रहेको छ । फोनको बडी भने पोलीकार्बोनेट द्वारा निर्माण गरिएको छ । त्यस्तै यो ह्यान्डसेटमा १.४ गिगाहेर्ज क्वाड-कोर प्रोसेसर छ । फोनमा १.५ जीबी र्याम तथा १६ जीबी रोम छ र एसडी कार्डको सहायतामा १२८ जीबी सम्म स्टोरेज बढाउँन सकिन्छ ।

सामसङको यो ह्यान्डसेटमा क्यामेराको कुरा गर्दा रियरमा ८ एमपीको अटोफोकस क्यामेरा दिईएको छ र सेल्फी र भिडिओ च्याटका लागि ५ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ ।दुवै क्यामेराले एलईडी फ्ल्याश सपोर्ट गर्दछ ।

ग्यालेक्सी ज २ प्रो (२०१८) एन्ड्रोइड भर्जन ७.० नोगात भर्जनमा चल्छ । २६०० एमएएचको ब्याट्री राखिएको यो फोनले १८ घण्टा सम्म टक टायम दिने कम्पनिले दावा गरेको छ । ४ जी एलटिई,वाईफाई ८०२,ब्लुटुथ ४.२,जीपीएस तथा ३.५ एमएम हेडफोन ज्याक यस फोनको कनेक्टिभिटी अप्सनहरु रहेका छन् । त्यस्तै यसमा सेन्सरहरुमा भने एक्सेलेरोमिटर,एम्बिएन्ट लाइट ,जायरो तथा प्रोक्सीमिटि सेन्सरहरु यसमा उपलब्ध छन् ।

समाचार

नोकिया ८ – फोब्र्स स्मार्टफोन अफ द ईयर २०१७

नोकिया ८ लाई फोब्र्सले “स्मार्टफोन अफ द ईयर २०१७” घोषित गरिएको छ । थुप्रै स्मार्टफोनहरु मध्ये नोकिया ८ साथै आईफोन x , सामसङ्ग ग्यालेक्सी

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …

काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै 

नेपाल  इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि  नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…

बुटवलमा फागुन  २  गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने

क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४  फाल्गुण  २  गते देखि ६  गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४  देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…

सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम

सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली  ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…

जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत

काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…

आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट

यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले  यस बर्ष पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपम…

नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”

नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि  बिभिन्न  डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…

सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने

सुविसु केवलनेट प्रा.लिले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार होटल अन्नपुर्णमा आयोजित …

स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर

दुर संचार सेवा प्रदायक कम्पनि स्मार्ट टेलिकमले ललितपुरको कुमारीपार्टी स्थित लब बिल्डिंङमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।कम्पनिले  उपभोक्तालाइ उत्कृष्ट …

२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै

यहि २०१७ को अन्त्य देखि व्हाट्स एप कम्पनिले धेरै स्मार्टफोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दैछ । कम्पनिले आफ्नो अफिसियल ब्लग पोस्टद्वारा विन्डोज फोन ८.०,ब्ल्याकबेरी १० …