समाचार
पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने
वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा हुने भएको छ ।
वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई हरेक वर्ष आयोजना हुँदै आएको छ भने राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले पर्यटकिय शहर पोखरामा कार्यक्रम गर्न लागेको हो ।
इन्टरनेटको दुनियामा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशत भन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइनेएक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशत भन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको उल्लेख छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इकमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात छ ।
नेपालमा वर्डप्रेसमा मात्र काम गर्ने आइटि कम्पनिहरु सयौंको संख्यामा रहेको र सयौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् । नेपालका वर्डप्रेस विकासकर्ताहरुले बनाएका वर्डप्रेस सम्बन्धि विभिन्न उत्पादनहरुले विश्व बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ ।
यो कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्ध्यार्थी तथा वर्डप्रेससँग काम गरि ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने बताइएको छ ।
कार्यक्रममा ४०० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । हाल १ सय जना भन्दा बढीले नाम दर्ता गराइसकेका छन् । वर्डप्रेस पोखराका अनुसार कार्यक्रममा सहभागि हुन चाहने पहिलो २०० टिकट विशेष छुटमा प्रतिव्यक्ति १ हजारको दरले उपलब्ध गराउने छ र बाँकी टिकटको लागि प्रतिव्यक्ति १ हजार ५ सय लाग्ने जनाइएको छ ।
वर्डप्रेस समुदायमा आधारित भएको हुनाले विश्वका विभिन्न देशका वर्डप्रेस प्रयोगकर्ताहरुको समेत उल्लेख्य सहभागिता रहने आयोजकको दावी छ ।
वर्डप्रेस निशुल्करुपमा पाइनेबहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग वर्तमान समयमा दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ ।
समाचार
राम्रो नै हेरौं, हाम्रो मै हेरौं
नेपालको सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब प्रा.लि., फिफा विश्व कप २०१८ को एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो । चार ओ…
आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट
एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा ए…
क्लियर टिभीको सेवामा क्लियर टिभी वल्र्डकप किक अफ अफर
नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर ट…
क्यानले आइसिटी कन्फरेन्स आयोजना गर्दै, स्मार्ट सिटी र दिगो विकासमा जोड दिइने
सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले अस…
आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर
५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छ…
फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे
ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।
एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा
एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नया पत्रिका दैनिकले उल्लेख गरेको छ ।
…इकमर्समा अर्को फड्को, इसेवाले भाटभटेनी अनलाइन किन्यो
चर्चित अनलाइन सपिङ पोर्टल ुभाटभटेनीअनलाइन डटकमु लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ।
विगत ६ वर्षदेखि…
क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ …
ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा
सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…
वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।
‘वानप्लस ६’मा आजको मितिमा…
“किरानामा” कुमारी बैंकको महाबचत योजना
कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …