समाचार
सरकारले प्रमाणपत्र धितो राखेर ७ लाख ऋण दिने
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।
सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । ५ लाख युवालाइ रोजगार दिने योजना ल्याएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।
सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना , समान कामको लागि सामान ज्याला , आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।
त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने , वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ । च्यालेन्ज फन्ड यसअघि पनि बजेटमा समाबेश गरिएको थियो तर यसको सहि प्रयोग भएको पाइएको छैन ।
शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने भन्ने कुराले भने सूचना प्रबिधि क्षेत्रका स्टार्टअपहरुलाई उत्साहित बनाएको छ । यद्यपी यसको कार्यन्वयन पक्ष हेर्न बाकी नै छ ।
समाचार
ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा
इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाड…
माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला
वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…
नोकियाको \'एक्स ६\' सार्वजनिक
विश्व च…