कीवर्डहरू -

समाचार

ओपोद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो ५ जी भिडियो कल ‘डेमो’ को घोषणा

ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूटले कम्पनीद्वारा थ्रिडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५ जी भिडियो कल डेमोको सफल परिक्षणको घोषणा गरेको छ । परिक्षण मार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजि द्वारा विकसित ५ जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्रेट छवि प्रकाशित गरिएको थियो ।

यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५ जी प्रविधिको औद्योगिक रुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको छ । ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५ जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एसको प्रयोग गरिएको थियो ।

परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सूचना ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो

\"\"

थ्रीडी डायनामिक मोडलिङ , थ्रीडी भिडियो कलिङको आधार हो ।

ओपो रिसर्च ईन्स्टिच्यूटका  हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५ जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख  हाम्रो दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि यो अत्याध७३घढसनिक प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने छ ।

\"\"

ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियान

करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च तथा डेभलपमेण्ट तथा ५ जी उत्पादनको विकासका लागि अन्तराष्ट्रिय मानक निर्धारण कार्यमा सक्रिय रुपले लागि रहेको छ । सन् २०१८ को जनवरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज् संगको सहकार्यमा ५ जी पाइलट प्रोग्रामको घोषणा गरेका थियौँ । साथै , सन् २०१९सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न लागि परेका छौँ । स्ट्यान्डराइजेसन रिसर्च ग्रुप  अफ ओपो रिसर्च इन्स्टिच्युटका निर्देशक ट्यांग हाईले भने ।

\"\"

स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , ट्यांग हा

उच्च गति (ईएमबीबी) , बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्नेछ । यसको माध्यमबाट युबेकुटस रियालिटी , भर्चुअल रियालिटी , अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको छ ।

\"\"

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , शन यान

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , शन यानका अनुसार मोबाइल ईन्टरनेटले भौतिक र डिजिटल विश्व विचको सिमालाई धमिल्याउँदै लगिरहेको छ । साथै , निकट भविष्यमा प्रयोगकर्ता अनुभवलाई थप बृहत्त बनाउन थ्रीडी कन्टेण्ट एक प्रमुख कारकका रुपमा विकसित हुने देखिन्छ । ईमेजिङ प्रविधि तथा प्रयोगकर्ताको आवश्यकता प्रतिको पृथक जानकारीका माध्यमबाट भविष्यमा नवप्रबर्तनात्मक प्रयोगमा आधारित एप्लिकेशनको विकास गर्दै जानेछौँ । थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको उपयोग गर्दै प्रयोगकर्तालाई अदृत्तिय मोबाइल अनुभव प्रदान गर्नेछौँ । साथै , सेक्योर पेमेण्ट , थ्रीडी रिकन्स्ट्रक्सन , एआर तथा गेमिङका सम्भावनापनि केलाउँदै उपयोगितामा लाने हाम्रो योजना रहेको छ ।

समाचार

९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि 

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर&nda…

काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

<…

रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…