समाचार
थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने
थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिएको छ । रोबोट प्रहरीलाई मुआंग जिल्ला अन्तर्गत टोनसन रोडमा तैनाथ गरिएको जानकारी दिइएको छ ।
सार्वजनिक तस्वीरमा यो रोबोट प्रहरी वर्दीमा देखिएको छ । यस रोबोकपका विशेषताहरू यति अत्याधुनिक छन् कि सुनेर जोकोही चकित पर्न सक्छ । यो रोबोट प्रहरीलाई प्रोभिन्सियल पुलिस कमाण्ड ७, नाखोन पाथोम प्रोभिन्सियल पुलिस र नाखोन पाथोम नगर निगमको संयुक्त प्रयासमा तैनाथ गरिएको हो ।
यसमा धेरै प्रकारका उन्नत प्रविधिहरू जडान गरिएको छ । यसमा वरपर रहेका सीसीटीभी क्यामेरा, ड्रोन र एआई प्रविधिबाट जोडिएको ३६० डिग्री क्यामेरामा पहुँच गर्ने क्षमता छ । यसले सजिलै अनुहारको पहिचान गर्न, व्यक्तिको व्यवहारको मूल्यांकन गर्न र हतियारको पहिचान गर्न सक्छ ।
विज्ञहरूका अनुसार यसको भिडियो एनालिटिक्स यति उन्नत छ कि यसले सजिलै खेलौना बन्दुक र वास्तविक बन्दुकको बीचमा फरक छुट्याउन सक्छ । साथै, यसमा हिंसात्मक व्यवहार बुझ्ने पनि अद्भुत क्षमता छ ।
कसरी काम गर्छ ?
रोयल थाईल्यान्ड पुलिसको फेसबुक पोस्ट अनुसार यो एआई पुलिस सायबोर्ग १.० लाई कमाण्ड र कन्ट्रोल सेन्टरसँग जोडिएको छ । यसका माध्यमबाट नागरिकहरूको सुरक्षा सुनिश्चित गरिनेछ। नागरिकहरूको सुरक्षा नै यो रोबोट प्रहरीको मुख्य उद्देश्य हो ।
रिपोर्टहरू अनुसार यस्ता रोबोट प्रहरीहरूको प्रयोग विशेष कार्यक्रमहरूमा सुरक्षा व्यवस्थाका लागि गर्न सकिनेछ । यसले सामान्य प्रहरीले अझ प्रभावकारी रूपमा काम गर्न सजिलो बनाउनेछ। साथै, यसले चौबीसै घण्टा निगरानी राख्न सहज बनाउनेछ ।
यता केही व्यक्तिहरूले यो रोबोट प्रहरीलाई अधिकारकर्मीहरू (एक्टिभिस्ट) का विरुद्ध प्रयोग गरिने हतियारको रूपमा हेरेका छन् । पछिल्लो समयमा त्यस्ता घटनाहरू देखिएका छन्, जहाँ रोयल थाईल्यान्ड प्रहरीले प्रदर्शनकारीहरूविरुद्ध कारबाही गरेको देखिएको थियो ।
यद्यपि, विज्ञहरू बताउँछन् कि थाईल्यान्डको यस रोबोट प्रहरीमा धेरै क्षमता भए पनि हालका लागि यसले आफैं हिँडडुल गर्न सक्दैन् । त्यसैले यसलाई एउटै स्थानमा स्थिर राखेर मात्र प्रयोग गरिनेछ । त्यसैले यस्तो रोबोट प्रहरीबाट अहिले धेरै डराउनु पर्ने अवस्था छैन् ।
समाचार
डेटा संरक्षणका लागि डिपेक्स एशिया र वन कभरबीच सहकार्य
एशियामा साइबर सुरक्षा र डाटा गोपनीयता सुदृढ पार्न मलेसियामा आधारित प्रमुख डाटा संरक्षण परामर्शदाता संस्था डेटा प्रोटेक्सन एक्सपर्…
ओमोडा एन्ड जेइकोले ओ-युनिभर्सको अवधारणा सार्वजनिक गर्ने
ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ ।
रियलमी सी ७५ स्मार्टफोन किन्दा एनसेलको अनलिमिटेड डेटा र ५० मिनेट टक टाइम निःशुल्क
सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर 'न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी' नामक विशेष…
सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आवद्ध
सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल म…
एआईसँग ‘प्लिज’ र ‘थ्याङ्क यु’ भन्दा हुन्छ करोडौ खर्च
तपाईले एआई च्याटबटसँग कुरा गर्दा पक्कै पनि 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । तर के तपाई…
चामलको दानाभन्दा सानो हार्ड ड्राइभ: चीनको आविष्कारले एआई र कम्प्युटिङमा ल्याउनेछ क्रान्ति
प्रविधिको दुनियाँमा फेरि एकपटक चीनले सबैलाई चकित पारेको छ । यसपटक न त नयाँ स्मार्टफोन आएको छ, न रकेट वा एआई बट, तर कुरा एक…
विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई एड्भान्सको सुविधा निःशुल्क दिदै गूगल, के के चाहिन्छ ?
गूगलले गूगल वान एआई प्रिमियम योजना विद्यार्थीहरूका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । यो योजना विशेष गरी कलेज पढ्ने विद्यार्थ…
मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता, जित्यो कसले ?
बेइजिङलेमा आयोजना भएको हाफ-म्याराथनमा मानिस र रोबोटले सँगै प्रतिस्पर्धा गरेका छन् । म्याराथनमा दुई खुट्टामा हिँड्न सक्ने र…
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य
नेपालको अग्रणी सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भ…
इन्टरनेट नभएपनि अब ह्वाट्सएपमा म्यासेज ट्रान्सलेसन हुने
ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि एपको पछिल्लो बेटा भर्जनमा नयाँ म्यासेज ट्रान्सलेसन फिचरको परीक्षण सुरू गरेको छ…
एप्पलको नयाँ आइओएस १८.४.१ अपडेट: ह्याकिङ आक्रमणबाट जोगिन तुरुन्तै इन्स्टल गर्न सुझाव
एप्पलले आफ्ना करोडौं प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित बनाउन ठूलो सुरक्षा अपडेट आइओएस १८.४.१ जारी गरेको छ, जसमा सबै आइफोन प्र…
एक्सएआईको ग्रोक स्टुडियो सार्वजनिक: क्यान्भास जस्तै सुविधा, पूर्ण निःशुल्क
के तपाईं पनि डकुमेन्ट र एपहरूका लागि कोड जेनेरेट गर्न विभिन्न एआई टूलहरूको प्रयोग गर्दै हुनुहुन्छ? यदि यस्तो हो भने एलन मस्कको …
इन्ड्राइभ: यात्रुलाई भाडा र चालक रोज्ने सुविधा
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभ नेपालमा लोकप्रिय हुँदै गएको छ । यसले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गति…
बीवाईडीले जित्यो २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड
बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।<…
नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) को आवेदनका लागि खुला गरेको…