कीवर्डहरू -

समाचार

आँखाको स्क्यान बाटै मुटुको बिराम पत्ता लगाउने गुगलको एआइ टेक्नोलोजी

टेक्नोलोजीको दुनियामा गुगलले ठुलो परिवर्तन गरेको छ । गुगलले एउटा एस्तो टेक्नोलोजीको आविष्कार गरेको  छ,जसको मद्दतले आँखाको स्क्यान गरेरनै मुटुको बिमारी छ वा छैन् जाँच गर्न सकिन्छ । वास्तवमा गुगलले आर्टीफिसियल इन्टेलीजेन्स(एआइ) को मद्दत यसको टेक्नोलोजीको विकास गर्न सफल भएको हो ।

आँखाको स्क्यान गरेर मुटुको बिराम पत्ता लगाउने गुगलको यो एआइ टेक्नोलोजीको यो भन्दा बाहेक अर्को एउटा बिशेषता पनि रहेको छ । यसले आँखाको रेटिनाको स्क्यान गरेर बिरामीको सम्पूर्ण जानकारी प्रदान गर्द्छ। अर्थात् बिरामीको धुम्रपान सम्बन्धि आदत छ,वा छैन्,बिरामीको उमेर,रक्तचाप सम्बन्धि सम्पूर्ण जानकारी यो टेक्नोलोजीको मद्दतले थाहा पाउन सकिन्छ ।

यिनै जानकारीको आधारमा कुनै व्यक्तिको मुटु सम्बन्धि बिरामी छ वा छैन् पत्ता लगाउन सकिन्छ । Nature Journal Biomedical Engineering मा प्रकाशित एउटा समाचार द्वारा प्राप्त जानकारीमा यो रिसर्च गुगल र यसको सहायक कम्पनिका केहि बैज्ञानिकहरुले गरिरहेको बताइएको छ ।

हाल वैज्ञानिकहरुले लगभग तीन लाख बिरामीहरुमा यो उपचार पद्दतिको परिक्षण गरिसकेका छन् । परिक्षण अवधिमा वैज्ञानिकहरुलाई प्राप्त भएको सफलताले यो प्रक्रिया लगभग सफल भएको घोसणा भएको छ । गुगलको यो एल्गोरिथमलाई अब सर्बसाधारणहरुको लागि पनि सुरु गरिने बताईएको छ ।

यसको साथै आँखाको स्क्यान गरे संगै कुनै व्यक्तिलाई हृदयघात हुने कति सम्भावना छ भन्ने बिषयमा पनि ध्यान राखिएको छ । यस्तोमा यदि यो उपचार पद्दति सफल भएमा टेक्नोलोजीको क्षेत्रमा यो एउटा कोषेढुंगा सावित हुन सक्छ ।

समाचार

काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन (एप्रिकोट)


एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना सुरु भएको छ । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए)…

ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल 


बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्ट…

पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?

प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ

सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'

कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…

कुलप्याडको मिडरेन्ज स्मार्टफोन \'कुलप्ले ६\' अब नेपाली बजारमा