कीवर्डहरू -

समाचार

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका साईटहरुमा एकाउन्ट बनाउनु भएको छ र कारणबस  तपाईंले त्यसको प्रयोग गर्न छाडिसक्नु भएको छ र त्यो प्रयोग नभएको एकाउन्ट डिलिट गर्न चाहनु हुन्छ भने तल केही टिप्सहरु दिइएको छ ।

याहु ( Yahoo ):

याहू एकाउन्ट डिलिट गर्ने दुइटा तरिकाहरु छन् । पहिलो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट स्वत: डीएक्टिभेट हुनेछ,त्यसैले डिलिट गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् ।

दोश्रो तरिका डिलिट गर्न चाहनु भएको एकाउन्ट लग अन ( logon ) गर्नुहोस् र एकाउन्ट टर्मिनेसन पेज(" Account Termination" page ) मा गएर आफ्नो एकाउन्ट डिएक्टिभ होस् । यदि तपाईं पहिले नै लग अन ( logon ) हुनुहुन्छ भने तपाईंले " Account Termination" page खोल्न भेरीफिकेसन पर्पोज ( verification purposes )को लागि फेरी पासवर्ड रि इन्टर ( password re-enter ) गर्नु पर्ने हुन्छ ।

हटमेल ( Hotmail ):

हटमेल पेज को Help मा क्लिक गर्नुहोस् । (प्राय :हेल्प ट्याब दाँयातिरको माथि कर्नर मा हुन्छ ) हेल्प स्क्रिनको कि वर्ड सर्च सेक्सन( keyword search section )मा क्लोज एकाउन्ट ( Close Account ) टाईप गर्नुहोस् । त्यसपछि " Close Account" link मा क्लिक गर्नुहोस् । उक्त लिंकमा क्लिक गरेपछि निलो कलर मा highlight भएको " Go to the close Account link" देखा पर्छ त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ लेखिएका इन्स्ट्रक्सन ( instructions ) हरु पढ्नुहोस् , त्यहाँ लेखिएका टर्म्स ( Terms ) राम्ररी पढ्नुहोस त्यसपछि क्लोज एकाउन्ट ( close Account ) मा क्लिक गर्नुहोस् ।

फेसबुक ( facebook ):

फेसबुकले एकाउन्ट डिएक्टिभेट गर्नका लागि दुइवटा अप्सन दिएको छ । पहिलो अप्सन अकाउन्ट डीएक्टिभ गर्ने र अर्को अप्सन पर्मानेन्ट डिलिट गर्ने । यदि तपाईंले अकाउन्ट डिएक्टिभेट गर्नु भयो भने तपाईंको फेसबुक अकाउन्ट,प्रोफाइल,इन्फर्मेसन तथा तपाईंले सेभ गर्नु भएको साथीहरु , फोटोहरु आदी त्यही रही रहन्छन

र पछी तपाईंले फेरी अकाउन्ट एक्टिभ गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई पर्मानेन्टली डिलिट गरियो भने फेसबुक अकाउन्ट पूर्ण रुपले सिस्टम बाटै हट्छ ।

अकाउन्ट डिएक्टिभेट गर्ने तरिका :

  • Facebook logon गरी सके पछि दाँया तिर Top मा " Account Settings" मा क्लिक् गर्नुहोस् ।
  • त्यसपछि " Deactivate Account" लिंकलाई क्लिक गर्नुहोस् ।

अकाउन्ट पूर्ण रुपले डिलिट गर्ने तरिका :

  • Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ  " delete account" सर्च गर्नुहोस् ।
  • " I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका टर्म एण्ड कन्डिसन राम्ररी पढ्नुहोस्
  • अन्तिम प्याराग्राफको लिन्कलाई क्लिक गर्नुहोस् र त्यहाँ के लेखेको छ पढ्नुहोस् ठीक छ भने " Submit" बटनमा क्लिक गर्नुहोस् ।

माइ स्पेस ( MySpace ):

माइस्पेस अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिरहनु पर्दैन् । अकाउन्ट लग अन गरिसके पछि दाँया पट्टिको कुना को माथि " My Account" मा क्लिक गर्नुहोस् । त्यसपछि " Account" लिन्कलाई क्लिक गर्नुहोस् र " Cancel Account" लिंकलाई क्लिक गर्नुहोस् । आफुले अकाउन्ट डिलिट गर्न चाहेको कारण सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।

एमएसएन ( MSN ):

MSN अकाउन्ट डिलिट गर्ने तरिका याहु को जस्तै नै छ । तपाईंले ३० दिन सम्म

अकाउन्ट use गर्न छाडिदिनुहोस् । ३० दिन सम्म प्रयोग नभए पछि तपाईंको अकाउन्ट इनएक्टिभ हुनेछ र ९० दिन पछि अकाउन्ट आफै डिलिट हुनेछ  ।

म्यानुअलि अकाउन्ट डिलिट गर्ने तरिका :

  • हटमेल पेजको माथि दाँया कुनामा भएको सानो एरो ( Arrow मा क्लिक गर्नुहोस् ।
  • Menu option को " View Your Account" मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ  तल भएको " Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ भएको सूचना पढ्नुहोस् identity verify को लागि आफ्नो पासवर्ड इन्टर गर्नुहोस् र यस ( Yes ) बटनमा क्लिक गर्नुहोस्

समाचार

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा…

नेपाल मोबाईल वितरक संघमा दिनेश चुल्याद्योको अध्यक्षमा नयाँ कार्यसमिति

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न संघको अधिवेशनले नयाँ का…

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…