कीवर्डहरू -

स्टोरी

आइसिटी अवार्ड २०२० : यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप कम्पनी

आइसिटी अवार्ड २०२० अन्तरगत स्टार्टअप आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरु छानिएका छन् ।

सूचना प्रविधि अन्तर्गतका प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका ३ वर्षबिचका नयाँ कम्पनीहरुले सहभागीता जनाउने यस स्टार्टअप विधामा यस वर्ष ५५ वटा नोमिनेशन अनलाइन मार्फत प्राप्त भएका थिए ।

उत्कृष्ट ५ स्टार्टअप कम्पनी :


बिजहब आइटी सर्भिस प्रा.ली

\"\"

बिजहब आइटी सर्भिसले ओटीस नामक अनलाइन लर्निङ प्लेटफर्म सञ्चालन गरिरहेको छ । २०७६ साल असार महिनामा स्थापना भएको कम्पनीले ओटिस बाहेक अन्य आइटी सर्भिसेसका कामहरु पनि गरिरहेको छ ।

ओटिसमा हाल ७५ भन्दा बढी कोर्सहरु रहेका छन् । ओटिसमा हालसम्म ८ हजार भन्दा बढी विद्यार्थी दर्ता भएका छन् भने ३ हजार विद्यार्थीले अहिले अध्ययन गरिरहेका छन् ।

ओटिसमा अन डिमाण्ड भिडियो लेक्चर, रिसोर्सेस, डिस्कसन फोरम, सोलुसन, एमसीक्यु टेष्ट लगायतका सुविधाहरु २४ सै घण्टा उपलब्ध रहेका छन् ।

बिजहब आइटी सर्भिसको कार्यालय अनामनगर काठमाडौंमा रहेको छ । सन्तोष भट्टराई, सुवास पौडेल, प्रदिप सिग्देल र ऋषिराम चालिसे कम्पनीका सहसंस्थापक रहेका छन । कम्पनीले १७ जनालाई रोजगारी दिएको छ ।

क्रिप्टोजेन नेपाल प्रा.लि.

\"\"

क्रिप्टोजेन नेपाल इन्फरमेसन सेक्युरिटी कम्पनी हो । विभिन्न संघसंस्थाहरुलाई साइबर क्षेत्रमा सुरक्षित गराउने उदेश्य अनुरुप २०७६ जेष्ठमा कम्पनी स्थापना भएको हो ।

कम्पनीले आइएस अडिट, भल्नेराबिलिटी एसेसमेन्ट, पेनेट्रेसन टेस्टिङ, आइटी सेक्युरिटी कन्सल्टेन्ट, इन्सिडेन्ट रेस्पोन्स, इन्फरमेसन सेक्युरिटी ट्रेनिङ, सर्भर एसेसमेन्ट लगायतका साइबर सुरक्षामा आधारित सेवाहरु प्रदान गर्दैं आएको छ ।

कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजी, प्रभु बैंक, सिद्धार्थ बैंक, सडक विभाग, प्रिज्मा एडभरटाइजिङ जस्ता संस्थालाई सेवा दिइरहेको छ । क्रिप्टोजेन नेपालको कार्यालय नागपोखरी काठमाडौंमा रहेको छ ।

वषन्त पाण्डे, निर्मल दाहाल, आदित्य खाती र सन्तोष भण्डारी कम्पनीको सहसंस्थापक छन । कम्पनीले ९ जनालाई रोजगारी दिएको छ ।

जीनियस सिस्टम्स प्रा.लि.

\"\"

जिनियस सिस्टम प्रालि एक इमर्जिङ आइटी कम्पनी हो । २०७५ साल असोजमा स्थापना भएको जिनियस सिस्टमले जीनियस टिभी, नेपाली पात्रो, टाइम्स अफ नेपाल, जीनियस ईआरपी, माई वर्ल्डलिंक, नेपाली कीबोर्ड र नेपाल स्टक प्रडक्टहरुलाई सेवा दिइरहेको छ ।

ब्रिजेन महर्जन र समित थिङले स्थापना गरेको कम्पनीले ३८ जनालाई रोजगारी दिएको छ । जिनियसले विकास गरेका प्रडक्टहरु ५० लाख बढि ग्राहकले प्रयोग गरिरहेको कम्पनीको दाबी छ । कम्पनीको कार्यालय घोबिघाट ललितपुरमा रहेको छ ।

जिवी हेल्थ प्रा.लि.

\"\"

जिवी हेल्थ प्रा.लि.एक स्वास्थ्य क्षेत्रमा कृयाशिल टेक कम्पनी हो । २०७६ साउन महिनामा स्थापना भएको कम्पनीको मुख्य प्रडक्ट जीवी मोबाइल एप हो । नमस्ते डक्टर अनलाइन कन्सल्टेसन सर्भिस पनि कम्पनीले प्रदान गरिरहेको छ ।

जीवी नाम संस्कृत शब्दबाट आएको हो र यसको अर्थ ‘जीवित मानिस’ हुन्छ । कम्पनीले जीवी एपमार्फत अर्डर गरेको औषधि तथा स्वास्थ्य प्रडक्ट घरमै पु¥याउने, अनलाइन डक्टर कन्सल्टेसन, डक्टर अपोइनमेन्ट, डाइबेटिक केयर म्यानेजमेन्ट सोलुसन, व्यक्तिगत स्वास्थ्य रेकर्ड लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।

आभुषण ज्योती कंसकार मुख्य संस्थापक रहेको यस कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा रहेको छ । कम्पनीले ४४ जनालाई रोजगारी दिइरहेको जनाएको छ ।

नेप मेड्स प्रा.लि.

\"\"

नेपमेड्स प्रा.लि हेल्थ टेक कम्पनी हो । नेपालको स्वास्थ्य सेवालाई डिजिटाइज गर्ने कम्पनीको उदेश्य रहेको छ ।

नेपमेड्सले अर्डर अनुसार औषधि डेलिभरी गर्ने र अनलाइन डक्टर कन्सल्टेसन, अनलाइन ल्याब, अनलाइन भ्याक्सीनेस लगायत विभिन्न सेवा प्रदान गर्दैं आएको छ ।

कम्पनीले अहिलेसम्म १९ हजारलाई सेवा प्रदान गरिसकेको छ । यसको कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहेको छ भने विराटनगरमा पनि शाखा विस्तार गरेको छ ।

कम्पनीका संस्थापक अम्बिका फुयाल लगायतको समुह रहेको छ । २०७५ साल चैत महिनामा स्थापना भएको कम्पनीले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

\"\"

उत्कृष्ट ५ को बारेमा अझ जानकारी लिएर भोटिङ कोड र प्रकृयाबारे जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोस ।
इमेल भोटिङको लागि यहाँ क्लिक गर्नुहोस । इसेवा भोटिङको लागि यहाँ क्लिक गर्नुहोस ।

स्टोरी

बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ? 

दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'

एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सह…

इन्टरनेट हाम्रो आवश्यकता र जीवनशैली

कल्पना गर्नुस् त, केही दिन इन्टरनेट नभए हामी कति छटपटिन्छौं । मोबाइल र इन्टरनेटविना सामान्य मानिसहरू पनि आफ्नो दैनिकीको कल्पना गर्न छोडिसके । प्रोफेसनल जीव…

डिजिटल रुपान्तरणको प्रयासमा आयल निगम, सुशासन र पारदर्शिताको लागि एकिकृत कम्प्युटर प्रणाली 

पछिल्लो समय सरकारी कामकाजहरु कम्प्युटरकृत प्रणालीमा रुपान्तरणको प्रयास भइरहेको छ । यसै क्रममा नेपालको पुरानो सस्था नेपाल आइल निगमले व्यवस्थापन, ढुवानी र व…

सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना

सामान्य युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाइका लागि ठूला युनिभर्सिटी र कलेज पनि धाएनन्, स्थानीयस्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्…

प्रेमध्वजको टेक्नो लाइफस्टाइल 

उमेरले ८० वर्ष नाघिसक्यो । तर पनि वरिष्ठ गायक प्रेमध्वज प्रधानको गलाले साथ छाडेको छैन । वागबजारमा उनको घरमा भेट्न जा“दा ह“सिलो मुहार र युवाझै…

फिनटेक क्षेत्रमा भरपर्दो  “फाइनान्सीयल नोटिसेस्”

“फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र …

सूचना प्रविधि क्षेत्रका ५ अब्बल नेपाली महिला

इन्जिनियरिङ विषयकी प्रोफेसर तिमिला

अर्बान गर्लबाट उदाएकी निकिता

प्रहरीलाइ जनतासँग कनेक्ट गर्ने डा. \'राजिब सुब्बा\'

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले फागुन २३ गते राजीनामा दिएका छन् । २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधा…

नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !

मुठ्ठीभरको मोबाइल सेटमा संसार अटेको छ आजकल । र त सधैं भान्सामा बेचिने तरकारीदेखि कहिलेकाहीं प्रयोग हुने सामानसम्म अनलाइनमा किनबेच हुन थालेको छ । हरे…

गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद

‘फुडमारियो’ले खानेकुरा वितरण सेवा सुरु भएको डेढ वर्ष भयो । इन्जिनियरिङ पढेका रोहित तिवारीले यो सेवा सुरु गरेका हुन् । ‘इन्जिनियरिङ पढ्दापढ्दै क्यान्टिन …

अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना 

कम्प्युटर इन्जिनियरिङ गरेका ललिपुरका मनिष घिमिरेले सञ्चालनमा ल्याएको ‘अल्टिमो डील’ पछिल्लो समय लोकप्रिय अनलाइन सपिङको रुपमा उदाइरहेको छ । पसलकै दर र गुण…

फुडमान्डूमा सयभन्दा बढिलाइ रोजगारी

नेपालको फुड डेलिभरी सर्भिसमा सबैभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको र लामो समयदेखि सञ्चालन भइरहेको छ, फुडमाण्डु ।  आफ्नो सेवाबारे ग्राहक र रेस्ट…