स्टोरी
समस्या एकातिर, राष्ट्र बैंकको ध्यान एटिएमको बुथ सुरक्षातिर !
घटना केही समय अगाडिको हो । एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौं रुपैयाँ लुट्ने पाँचजना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्रियो । नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजना चीनमै बनाएर नेपाल आएका उनीहरुको योजना सफल भएन ।
पर्यटन भिसामा नेपाल आएका उनीहरु काठमाडौं आएको २४ घण्टामै आफ्नो योजना अनुसार काम गर्न थालिसकेका थिए । तर प्रहरीलाई प्राप्त सूचनाका आधारमा प्रहरीले गरेको सूक्ष्म अपरेशनपछि उनीहरुको योजना सफल भएन ।
नेप्सको स्विचमै बदमासी गरेर पैसा झिकेका उनीहरुले बनाएको योजना ट¥यो र नेपालबाट करोडौं रुपैयाँ लुटिनबाट जोगियो । यो घटना सेलाउन नपाउँदै अर्को घटना घट्यो । कृषि विकास बैंकको सिष्टम ह्याक गरी पैसा चोरियो । बैंकले यो सिष्टम ह्याक नभएको बताए पनि पछि प्रहरीले सिष्टम ह्याक नै भएको पुष्टि ग¥यो । यहाँनेर पनि प्रहरी सफल भयो । बैंकको सिष्टमबाट चोरीएको पैसा झिक्नेहरुलाई प्रहरीले पक्रियो ।
केही साताअघि अर्को फरक खालको घटना घट्यो । दिनको करिब ३ बजेको हुँदो हो, गृह मन्त्रालयमा एक युवकको फोन आयो । फोनमा उनले भने, ‘म सिरहाबाट बोल्दै छु । मैले वाणिज्य बैंकको एटिएम ह्याक गरिसकेँ ।’ एकाएक मन्त्रालयमा यस्तो फोन आएपछि फोन उठाउने कर्मचारीले तत्काल यसबारे गृहसचिव प्रेमकुमार राईलाई जानकारी गराए । एकाएक आएको यस्तो फोनले मन्त्रालयका कर्मचारीलाई झस्काउनु पनि स्वाभाविक थियो ।
केही साताअघि अर्को फरक खालको घटना घट्यो । दिनको करिब ३ बजेको हुँदो हो, गृह मन्त्रालयमा एक युवकको फोन आयो । फोनमा उनले भने, ‘म सिरहाबाट बोल्दै छु । मैले वाणिज्य बैंकको एटिएम ह्याक गरिसकेँ ।’ एकाएक मन्त्रालयमा यस्तो फोन आएपछि फोन उठाउने कर्मचारीले तत्काल यसबारे गृहसचिव प्रेमकुमार राईलाई जानकारी गराए । एकाएक आएको यस्तो फोनले मन्त्रालयका कर्मचारीलाई झस्काउनु पनि स्वाभाविक थियो ।
केही समय अगाडिमात्र विभिन्न बैंकका एटिएम ह्याक भएको काण्ड सुनेका, पढेका उनीहरुले यस विषयमा खोजी गरिहाले । गृहसचिव राईले आइजिपी सर्वेन्द्र खनाललाई घटनाबारे जानकारी दिए । त्यसपछि आइजिपी खनालले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिए र उनलाई कुनै हालतमा पक्रन आदेश दिए । फोन नम्बर ट्र्याक गर्दै महाशाखाको टोलीले अन्ततः ती व्यक्तिलाई सिरहाको कल्याणपुरबाट पक्राउ ग¥यो । अनुसन्धानको क्रममा ठाकुर अर्धपागल रहेको प्रहरीको ठम्याइ रह्यो ।
माथिका दुई घटना केलाउने हो र तेस्रो घटनालाई मनन गर्ने हो भने नेपालका बैंकका सिष्टमहरु ‘भगवान भरोसा’मै चलेका छन् भन्ने भान हुन्छ । यतिबेला विशेषगरी माथिका दुई घटनालाई लिएर नेपालमा रहेका बैंकका सिष्टम कति सुरक्षित छन् त ? भन्ने प्रश्न उठेको छ । यससम्बन्धी गहिरो बहस छेडिएको छ ।
घटना १को नालीबेली
शनिबारको दिन थियो । अपराह्न करिव ४ बजेको हुँदो हो । डीएसपी होविन्द्र बोगटीको मोबाइलको घण्टी बज्छ । एक बैंकरको फोन थियो त्यो । ती बैंकरले बैंकको एटिएम सिस्टममा केही असाधारण गडबडी देखिएको प्रारम्भिक जानकारी दिए । ‘एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ’ ती बैंकरले दिएको यही सूचनाका आधारमा प्रहरीले अप्रेशन थाल्यो ।
एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनधिकृत गतिविधि भइरहेको उनको संकेत थियो । सूचना र सूचनालाई बल मिल्नेगरी लोकेसन पाएपछि प्रहरीले अप्रेशन थाल्यो । ती बैंकरले दिएको जानकारीपछि डीएसपी होविन्द्र बोगटीले नेतृत्व गरेको टोली दरबारमागस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियाङआङ पैसा निकाल्दै थिए । प्रहरीले उनलाई रंगेहात नियन्त्रणमा लियो । उनको साथबाट ४५ हजार रुपैयाँ नगद, २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो फेला प¥यो । त्यसपछि प्रहरीले अर्को क्लु पायो । प्रहरीको टोली होटलतर्फ लाग्यो । प्रहरी होटल पुग्दा झुको समूहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिन खोज्दै थिए । उनीहरुमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लियो, केही भाग्न सफल भए ।
यस्तो छ ह्याकरहरुको फर्मूला !
कसरी भयो त ह्याक ? यसलाई सजिलोसँग बुझ्ने प्रयास गरौं । यो फर्मुला बुझ्न पहिला एउटा एटिएम अर्को गर्छ । भिसाले नबिल बैंकको बुथलाई खबर गर्छ । र प्रभु बैंकको खाताको रकम नबिल बैंकको बुथबाट निकासा हुन्छ ।
अब यो प्रकरणमा ह्याकरहरुले कस्तो फर्मुला प्रयोग गरे भन्ने हेरौं । माथिकै उदाहरणलाई आधार बनाएर हेरौं । उनीहरुले कार्ड नबिलको एटिएममा छिराए । नबिलको एटिएमले भिसालाई सोध्यो । भिसाले नेप्सलाई सोध्यो । यहाँनेर चिनियाँहरुले नेप्समा भिसाको प्रश्न नपुग्दै ‘भुक्तानी दिए हुन्छ’ भन्ने जवाफ आउनेगरी सफ्टवेयर प्रयोग गरे । ह्याक यहीँनेर भयो ।
नेप्ससम्म भिसाको प्रश्न नपुग्दै भिसाले भुक्तानी दिन आदेश दिइरह्यो । बैंकका कर्मचारीले बेलैमा जानकारी नदिएको भए ठुलो दुर्घटना हुन सक्थ्यो । चिनियाँहरु करोडौं रुपैयाँ लुटेर भाग्थे तर कसैलाई थाहा नै हुँदैनथियो । थाहा पाएको दिन सबै कुरा ढिलो भइसक्ने थियो ।
घटना २ को नालीबेली
एटिएम ह्याक भएको खबर सेलाउन नपाउँदै नेपाली बैंकिङ क्षेत्रमा अर्को घटना घट्यो । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ठूलो रकम निकालियो । यो प्रकरणमा त अझै ब्यालेन्स सिट नै तलमाथि पारिदिएर सिष्टममा छिरेको देखिएको छ ।
फरेन्सिक रिपोर्ट नआइसकेकाले यस्तो नै भएको हो भन्न नसकिए पनि बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको देखिएको छ । यस प्रकरणमा बैंककै कर्मचारीको संलग्नताको आशंका गरियो भने प्रहरीले ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङलगायत रहेका छन् । यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । यो प्रकरणमा बैंककै कम्प्युटर प्रयोग गरेको देखिएको छ । ब्यालेन्स सिटमा गडबडी गरेर म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरेर सिष्टमभित्र छिरिएको छ र गडबडी गरिएको छ ।
विदेशमा बसेर डिल गर्ने अनि नेपालमा बैंकबाट रकम चोरी गरेर हुण्डीमार्फत पैसा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विदेशी नागरिक ‘काले’ भन्ने पिटरले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ । उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरी रकम निकालिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । विदेशमा बसेर डिल गर्ने अनि नेपालमा बैंकबाट रकम चोरी गरेर हुण्डीमार्फत पैसा लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंकरका कर्मचारीहरुको लापरबाही पनि उस्तै
यसो त बैंकका कर्मचारीहरु पनि कम लापरबाही गर्दैनन् । कृषि विकास बैंकको ह्याकिङ प्रकरण सम्झदै प्रविधिविज्ञ मुकुन्द पोखरेल भन्छन्, ‘मैले अडिट गर्दा देखेको छु । कतिपयले डायरीमा पासवर्ड लेखेर डायरी टेबलमै छाड्छन् । कतिपयले किबोर्डको पछाडि पासवर्ड राख्छन् ।
अब आइटी हेडले नै यस्तो गर्छन् भने अरुले के सिक्ने ? अरुले के गर्छन् होला ?’ उनका अनुसार बैंकका कर्मचारीहरुले पनि आइटीलाई सुरक्षाका दृष्टिकोणले भन्दा बढी अपरेशनल कुरा ठीक छ कि छैन भनेर मात्र ख्याल गर्ने गर्दछन् । ‘सिष्टम चलेको छ, एटिएमबाट पैसा निस्केको छ भन्ने बित्तिकै सबै कुरा ठीक छ भन्ने भ्रम छ कर्मचारीहरुमा । यो भ्रमबाट बाहिर निस्किन जरुरी छ । सिष्टम ठीक अवस्थामा छ कि छैन भन्ने कुरा महत्वपूर्ण कुरा हो,’ उनी भन्छन् ।
समस्या एकातिर, राष्ट्र बैंकको ध्यान एटिएमको बुथ सुरक्षातिर
नेपालका एटिएमहरु ह्याक भएपछि नेपाल राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर सबै एटिएमहरुमा सुरक्षाकर्मी राख्नु भन्यो । त्यो पनि २४ सै घण्टा । यसले ठूलो खर्च बढाउने भएकाले बैंकहरुले अझै यो निर्देशन मानेका छैनन् । अर्कोतर्फ सिष्टमको सुरक्षा गर्नुपर्ने ठाउँमा बुथहरुको सुरक्षाको नीति ल्याउनुमा कुनै पनि तुक नभएको तर्क प्रविधिविज्ञहरुको छ ।
‘नियामकको निर्देशन देखेर पनि कहिलेकाहीँ उदेक लाग्छ,’ प्रविधिविज्ञ शंकर दाहाल भन्छन्, ‘समस्या सिष्टममा छ । ह्याक सिष्टम भएको छ, तर सुरक्षा बुथको गर्न निर्देशन दिइएको छ ।
देशभर भएका ३ हजारबढी एटिएम बुथहरुमा सुरक्षाकर्मी राख्नुभन्दा त सिष्टम सुरक्षित बनाउन लाग्नुपर्छ ।’ अर्का प्रविधिकर्मी केशव पौड्याल पनि राष्ट्र बैंकको यो नियमले आफूलाई अचम्म बनाएको तर्क गर्छन् । उनी भन्छन्, ‘सुरक्षाकर्मी त बुथभित्र जान नै पाउँदैनन् ।
त्यसमाथि ह्याकरहरुले सुरक्षाकर्मीसँग कसरी डिल गर्ने भन्ने तयारीसमेत गरेका हुन्छन् । त्यसैले सिष्टम राम्रो बनाउने हो । यो निर्देशनमा खास तुक छैन ।’ यता राष्ट्र बैंकका अधिकारीहरु भने एटिएम बुथहरु सुरक्षित हुन् भन्ने हेतुले यस्तो नियम ल्याएको बताउँछन् ।
इलिगल सफ्टवेयर पनि समस्या हो ?
यसो त विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा इलिगल सफ्टवेयर प्रयोग भइरहेका छन् । यसअघि लिभिङ विथ आइसिटीले नै पाइरेटेड ओराकल सम्बन्धी समाचार प्रकाशन गरेको थियो । त्यसपछि कतिपय बैंकहरुले ओरिजिनल सफ्टवेयर प्रयोग गर्न सुरु पनि गरेका छन् ।
इलिगल सफ्टवेयरले कतै नै कतै समस्या पार्ने भएकाले पनि ह्याकिङका घटना बढेको विज्ञहरुको भनाइ छ । इलिगल सफ्टवेयरमा कतै न कतै लुपहोल हुने भएकाले यस्तो समस्या पर्ने गरेको विज्ञहरुको टिप्पणी छ । यता बैंकर्स संघका अध्यक्ष भने अहिले बैंकहरुमा इलिगल सफ्टवेयरहरु प्रयोग नहुने दाबी गर्छन् । ‘पहिला रिसोर्सको क्राइसिस हुँदा यस्ता कुराहरु केही आएका हुन् । तर अहिले कुनै पनि बैंकहरुले इलिगल सफ्टवेयर प्रयोग गरेका छैनन्,’ उनी भन्छन् ।
यता प्रविधिविज्ञ मुकुन्द पोखरेलको तर्क भने बेग्लै छ । ‘कोर सिष्टम इलिगल नभए पनि पनि अरु सफ्टवेयरहरु इलिगल छन् । अझै पनि कतिपय बैंकहरुले पाइरेटेड विन्डो प्रयोग गरिरहेका छन् । अन्य सफ्टवेयरहरु पनि पाइरेटेड छन् । यस्ता सफ्टवेयरमा पनि कतै नै कतै सिष्टमलाई बिगार्ने तत्व हुन्छन् । यसले ह्याकिङलाई कुनै न कुनै रुपमा प्रश्रय दिन्छ भन्ने सत्य हो,’ उनी भन्छन् ।
बिस्तृत रिपोर्ट कार्तिक महिनाको 'लिभिंग विथ आइसिटी' म्यागजिनमा प्रकाशित छ, पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।
(लेखक अर्थसरोकार डटकमका प्रधान सम्पादक हुन् ।)
स्टोरी
बैंकर मनोज ज्ञवालीको \'टेक्नो लाइफस्टाइल\'
आजभोलीको पुस्ता मोवाइल र इन्टरनेटको जालोमा अल्झिएका छन । हुन पनि हो, हाम्रो जिवनशैली नै प्रविधि वरिपरि घुमिरहेको छ । यसबाट टाढा भएर बस्ने क…
स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’
गत साउन ३२ मा राजधानीमा भएकाे आइसिटी अवार्ड २०१९ अन्तर्गत महत्वपूर्ण विधा प्रडक्ट आइसिटी अवार्ड २०१९ मेडिफ्लो सिस्टम एन्ड सर्…
आइटी उद्यमशीलतामा जम्दै टेक्नोरियोकी शुभेच्छा
तपाईं हामीलाई थाहा नै छ, नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । अझ कम्पनी स्थापना गर्ने, शीर्ष तहमा रह…
जहाँ समस्या, त्यहाँ ‘सेवा चौतारी’
जहाँ समस्या हुन्छ, त्यहाँ स्टार्टअप जन्मिन्छन् । यस्ता स्टार्टअपले समाधानका अनेक शैली अपनाउँछन् । तर, बजारले सबैलाई पत्याउँदैन…
विद्यालय शिक्षालाई डिजिटल र प्रयोगात्मक बनाउन अग्रसर कम्पनी
नेपालका सरकारी र सामुदायिक विद्यालयको दुरावस्था र गुणस्तर उकास्नेबारे धेरै बहस चल्…
मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट
सामान्य परिवारमा जन्मे हुर्केका युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाईको लागि ठुला युनिभर्सिटी र कलेज पनि धाएनन उनीहरुले, …
बेरोजगार हुनुहुन्छ ? \'श्रीयोग\'ले खोजी दिनेछ अबसर
के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ रु श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कु…
आइटी कम्पनि \'लगप्वइन्ट\'की सिइओ \'मोना\'
मोना न्याच्छों गोपाजु लगप्वइन्ट नेपालकी सिइओ हुन् । पोखरा विश्वविद्यालयबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन इ…
बैंकिग क्षेत्रकी पहिलो महिला आइटी प्रमुख \'रत्नतारा\'
बैकिगं क्षेत्रकी पहिलो महिला आइटी प्रमुखको रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना बोकेकी रत्नतारा बैद्यले अंग्रेजीमा एमए गरेकी थिइन् ।
…घरमै बसेर पढ्न र पढाउन चाहनेका लागि डब्ल्यू एच पिडिया (whpedia)
हरेक व्यक्तिको चाहना हुन्छ, पढेर राम्रो जागिर खाने । तर पढेर राम्रो जागिर पाउनु फलामको चिउरा चपाउनु जस्तै हो । अधिकांश …
डिजिटल टिभीका अभियन्ता : सुदीप आचार्य
सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हु…
डिजिटल टिभीका अभियन्ता
सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हुन् । नेपालको टेलिभिजन उद्य…
\'ग्यारेज टु अमेजन\' - जो बने संसारकै धनी
प्रंसु श्रेष्ठ
संसारमा धनी व्यक्तिको सुची हेर्ने हो भने उनीहरू विज्ञान र प्रविधिको क्षेत्रमा मा…
विश्वास ढकाललाइ वर्षको \'सर्वोत्कृष्ट आइटी उद्यमी\'को अवार्ड
आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा वर्षका सर्वोत्कृष्टहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका थिए । भदौ १ गते र्…