कीवर्डहरू -

स्टोरी

आइसिटी अवार्ड २०२०: यस्ता छन् विद्यार्थीले बनाएका उत्कृष्ट ५ प्रोजेक्ट

आइसिटी अवार्ड २०२० अन्तरगत राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ विद्यार्थीहरूले बनाएका प्रोजेक्ट छानिएका छन् ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।

यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश नोमिनेशनको लागि समावेश गरिएको थियो । यस विधामा यस वर्ष ६५ वटा अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।


यस्ता छन् उत्कृष्ट ५ विद्यार्थीका प्रोजेक्ट


थ्रीडी प्रिन्टिङ विथ रीसाइकल्ड प्लास्टिक

\"\"

यो प्रोजेक्ट विशेष गरी थ्रिडी प्रिन्टिङको सहयोगले प्लास्टिकलाई पुनः प्रयोग र राम्रोसँग व्यवस्थापन गर्न गर्न बनाइएको हो ।

थ्रीडी प्रिन्टिङ विथ रीसाइकल्ड प्लास्टिक इङ्ग्लिसटन कलेजका विद्यार्थी सिर्जन घिमिरे र उज्जवल देवकोटाले विकास गरेका हुन ।

थ्रिडी प्रिन्टिङ टेक्नोलोजीको मद्दतले प्लास्टिक फोहोरलाई विभिन्न उदेश्यको लागि पुनः प्रयोग गर्न सकिन्छ । यसको लागि थ्रिडी प्रिन्टिङ पनि तयार भइसकेको छ ।

बालाः फ्रम वेस्ट टू वेल्थ

\"\"

बालाः फ्रम वेस्ट टु वेल्थ पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी विप्लव कार्की र जय किसन पञ्जियार लगायतले विकास गरेका हुन् । यसमा आइओटी र रोबोटिक्स प्रविधिको उच्च प्रयोग गरिएको छ ।

यस प्रोजेक्टको सहयोगले फोहोरहरुलाई मेकानिकल र केमिकल प्रक्रिया प्रयोग गरेर जैविक मल बनाउन सकिन्छ । यसले कृषि उत्पादनहरुलाई ५० प्रतिशतले बढाउन सक्छ ।

यसले माटोलाई पनि कुनै नकारात्मक असर पार्दैन् । यसले प्रविधिको प्रयोग मार्फत कृषकहरुलाई उत्पादन बढाउन सहज बनाउनेछ ।

सन्चै छौँ

\"\"

सञ्चै छौंको विकास सेन्ट जेभियरका विद्यार्थी गौतम फुयाल, गौरभ चौलागाई, कासिस मानन्धर र करिष्मा कुँवरले गरेका हुन् ।

सन्चै छौंका प्रयोगकर्ताहरुले भर्चुअल रुपमा डाक्टरसँग परामर्श गर्न सक्छन् । त्यस्तै सन्चै छौंको एपमा स्वास्थ्य टिप्स, औषधीहरु कुन खाने र कुन समयमा खाने जानकारी, नजिकैको अस्पतालको बारेमा जानकारी, रोगको बारेमा जानकारी लिन सकिने लगायतका सुविधा रहेका छन् ।

यसमा भर्चुअल मेडिकल असिस्टेन्टको समेत सुविधा रहेको छ । कुन समस्या वा रोगमा कस्तो औषधी प्रयोग गर्ने भन्ने कुरामा पनि विभिन्न प्रविधि र कन्सल्टेसन मार्फत एपले सजेष्ट गर्नसक्छ । आफ्नो नजिक रहेको अस्पताल र स्वास्थकर्मिहरुको बारेमा पनि यसले जानकारी दिन्छ ।

स्मार्ट ब्लाइण्ड म्यान स्टीक

\"\"

स्मार्ट ब्लाइण्ड म्यान स्टीक भनेको आइओटी सिस्टम हो जसले हेर्नमा समस्या हुने वा दृष्टिविहिन व्यक्तिहरुलाई ठाउँ वा सामानहरु पत्ता लगाउनमा मद्दत पुर्‍याउँछ ।

स्मार्ट ब्लाइण्ड म्यान स्टिक इटहरी इन्टरनेसनल कलेजका विद्यार्थी भुसन लुइटेलले बनाएका हुन् । यसले विशेष गरी ध्वनीको प्रयोग गर्ने गर्दछ । यस प्रडक्टमा आइओटी इनेबल गरिएको छ ।

यसले तत्कालिन समय र मिति भन्नमा पनि मद्दत पु¥याउँछ । यसमा प्यानिक बटन समेत हुनेछ जसले प्रयोगकर्ताको केयर टेकरलाई आपतकालिन समयमा प्रयोगकर्ताको ठेगाना पठाउन सक्छ ।

स्मार्ट घर

\"\"

स्मार्ट घर आईओटीले चल्ने स्मार्ट कन्ट्रोल डिभाइस हो जसले गर्दा टाढैबाट बसेर घरमा रहेका उपकरणहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

यो एनसिआइटी र भिरिन्ची कलेजका विद्यार्थी सुशान्त महर्जन, श्रृष्टि अवाले र गौतम श्रेष्ठले बनाएका हुन् । यसको मुख्य सुविधा भनेको आफ्नो स्मार्टफोनबाटै बत्ती, फ्यान अन वा अफ गर्न मिल्ने, गीत बजाउन मिल्ने, अलर्ट अर्लाम चलाउन मिल्ने, भिडियो लाइभ स्ट्रीम गर्न मिल्ने जस्तो कार्यहरु गर्न सकिन्छ ।

स्मार्ट घरमा क्लाउड कम्प्युटिङ प्रविधिको प्रयोग गरिएको छ । स्मार्ट घरले जेष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई पनि मद्दत पुर्‍याउने छ ।

\"\"

विद्यार्थीहरुले बनाएका उत्कृष्ट ५ प्रोजेक्टको बारेमा थप जानकारी लिन, भोटिङ कोड र प्रकृयाबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस । इमेल भोटिङको लागि यहाँ क्लिक गर्नुहोस । इसेवा मार्फत कसरी भोटिङ गर्ने बारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।

स्टोरी

रहेनन् नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने श्रेष्ठ

यही मंसिर १० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्व उपकुलप…

सस्तोडिलको फ्लिपकार्टसँग साझेदारी, के के सुबिधा पाउछन नेपाली उपभोक्ताले ?

नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई -कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न  रणनीतिक समझाद…

बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ? 

दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'

एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सह…

इन्टरनेट हाम्रो आवश्यकता र जीवनशैली

कल्पना गर्नुस् त, केही दिन इन्टरनेट नभए हामी कति छटपटिन्छौं । मोबाइल र इन्टरनेटविना सामान्य मानिसहरू पनि आफ्नो दैनिकीको कल्पना गर्न छोडिसके । प्रोफेसनल जीव…

डिजिटल रुपान्तरणको प्रयासमा आयल निगम, सुशासन र पारदर्शिताको लागि एकिकृत कम्प्युटर प्रणाली 

पछिल्लो समय सरकारी कामकाजहरु कम्प्युटरकृत प्रणालीमा रुपान्तरणको प्रयास भइरहेको छ । यसै क्रममा नेपालको पुरानो सस्था नेपाल आइल निगमले व्यवस्थापन, ढुवानी र व…

सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना

सामान्य युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाइका लागि ठूला युनिभर्सिटी र कलेज पनि धाएनन्, स्थानीयस्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्…

प्रेमध्वजको टेक्नो लाइफस्टाइल 

उमेरले ८० वर्ष नाघिसक्यो । तर पनि वरिष्ठ गायक प्रेमध्वज प्रधानको गलाले साथ छाडेको छैन । वागबजारमा उनको घरमा भेट्न जा“दा ह“सिलो मुहार र युवाझै…

फिनटेक क्षेत्रमा भरपर्दो  “फाइनान्सीयल नोटिसेस्”

“फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र …

सूचना प्रविधि क्षेत्रका ५ अब्बल नेपाली महिला

इन्जिनियरिङ विषयकी प्रोफेसर तिमिला

अर्बान गर्लबाट उदाएकी निकिता

प्रहरीलाइ जनतासँग कनेक्ट गर्ने डा. \'राजिब सुब्बा\'

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले फागुन २३ गते राजीनामा दिएका छन् । २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधा…

नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !

मुठ्ठीभरको मोबाइल सेटमा संसार अटेको छ आजकल । र त सधैं भान्सामा बेचिने तरकारीदेखि कहिलेकाहीं प्रयोग हुने सामानसम्म अनलाइनमा किनबेच हुन थालेको छ । हरे…