स्टोरी
सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला
आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढेको छ ।
केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढदै गइरहेको छ ।
आज हामी प्रविधि क्षेत्रलाई अगाडि बढाउन नारीको भूमिका उल्लेखनीय छ । नारी दिवसको अवसरमा हामीले नेपालको सूचना प्रविधि क्षेत्रका १३ अब्बल नारीको बारेमा यो विशेष सामग्री तयार पारेका छौं ।
तिमीला यमी थापा
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन हुन्, तिमिला यमी । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्ने गर्दछन् ।
२०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेकी तिमिलाले भारतको इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् ।
सरकरी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्जिनियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्डलगायत गरी विभिन्न संस्थामा काम गर्दै आएकी छिन् ।
तिमिला यमि थापाले स्वदेशमा प्रविधिको विस्तारको लागी थुप्रै क्षेत्रबाट कार्य गरेकी छिन् । उनको अथक प्रयासले गर्दा नेपालको इतिहासमा पहिलो चोटि कम्प्यूटर ईन्जिनियरिङ् प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । यही नै प्रविधिको विकासका लागी जग बन्न पुगेको हो ।
यसैगरी उनले १९९० को दशकमा नै नेपालमा सफ्टवेयर कम्पनी सञ्चालन गरेर धेरै सरकारी, गैरसरकारी तथा कर्पोरेट अर्गनाइजेसनको काम गरेकी छिन् ।
एक राष्ट्रिय स्तरको नीति नियोजकको रुपमा उनले प्रधानमन्त्रीको कार्यालय अन्तर्गत आईसीटी सल्लाहकार बोर्डको सदस्यको रुपमा एक वर्ष काम गरिन् ।
थापालाई शैक्षिक नीति योजनाकारको हैसियतमा विश्व विद्यालय अनुदान आयोग अन्तर्गत एकेडेमिक काउन्सिल र अनुसन्धान परिषदको सदस्यको रुपमा पनि काम गरेको अनुभव छ ।
प्रविधि क्षेत्रसँग सम्बन्धित व्यक्ति भएकाले उनीले तीन वर्ष ईन्जिनियरिङ्ग काउन्सिलको गभर्निङ सदस्यको रुपमा पनि काम गरिन् । थापाले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष बोर्डमा रहेर पनि तीन वर्ष सेवा गरिन् । उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् ।
‘मैले निरन्तर रुपमा महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु । अहिले तत्कालै सूचना प्रविधिको विकास हुने सम्भावना छैन । त्यसैले अवेरनेशका कार्यक्रम नै मुख्य गरि गर्ने गर्दछु’ उनले बताइन् ।
उनकै प्रयासमा कम्प्युटर इञ्जिनियरिङ डिग्री कार्यक्रम पहिलो पटक सुरू भएको थियो । उनको नेपालमा आईसीटी विकासको प्रारम्भिक चरणको प्रयासले गर्दानै नेपालमा आईटी पार्कको निर्माण भएको थियो ।
उनले मन्त्रालयमा पनि पहिलो आइटी विभागको निर्माणमा योगदान पुर्याएकी थिइन् । उनले नेपाल दूरसञ्चार प्राधिकरणमा दिएको योगदानका कारणले आइसीटी पूर्वाधारको विकास भएको थियो ।
त्यसैगरी थुप्रै आइसीटीसँग सम्बन्धित प्रोजेक्टहरुको पनि सुरुवात भएको थियो । उनले छाठी जना कम्प्यूटर इन्जिनियरहरुलाई रोजगाार प्रदान गरेकी थिइन् र आफ्नै कम्पनी खोल्नका लागी पनि उनीले प्रेरणा दिने गर्दछिन् ।
गुणकेशरी प्रधान
आइटीमा नेपाली महिलाको नाम लिनेबित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् ।
२०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् ।
टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्युटराइजड गरेर करिअर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेसन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् ।
नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार हुदा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् । हाल उनी टेलिकमको अपरेसनस एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् ।
‘त्यतिबेला नेपालमा यति इञ्जिनियरको आवश्यकता थियो कि म र मेरो साथी नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यालय गएकै दिन तुरुन्तै तपाईंहरु हामीलाई चाहिएको छ, आजै नियुक्तिपत्र लिएर जानुहोस् भनेर आधा घण्टामै नियुक्ति दिइयो । त्यसपछि दूरसञ्चार कम्पनीमै करिअर सुरु भयो,’ उनले भनिन् ।
जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेस सेक्टरमा आउन सक्छन्, त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सीमित हुनुपरिरहेको उनी बताउँछिन् ।
रत्नतारा वैद्य
बैंकिङ क्षेत्रकी पहिलो महिला आइटी प्रमुखका रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना बोकेकी रत्न ताराले अगंजे्रीमा एमए गरेकी थिइन् ।
त्यतिबेला अमेरिकी दूतावासको सहयोगमा नेपालका ३० जनालाई फुल डाटा सिस्टम इन्टर नेसनल तालिम दिइएको थियो, जसमा रत्नतारा पनि अटाइन् ।
त्यसपछि उनी पूर्ण कम्प्युटर प्रोगामर बन्न सफल भइन् । अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोग्रामर बनेर काम गरिन् । कम्प्युटर प्रोग्रामर बन्न चाहने महिलाका लागि उनी आइडल हुन् ।
नेपाल बगंलादेश बैंक स्थापना भएसँगै आइटी अफिसरको रुपमा बैंक प्रवेश गरेकी उनले बैंकिङ क्षेत्रमा आइटी चिफ हुने एक्ली महिला हुन् । उनी क्यान महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन् रत्न तारा ।
आइटी क्षेत्रमा महिलाको सहभागिताको प्रसंगमा उनी भन्छिन्, ‘पहिलेको तुलनामा केही सहज देखिए पनि अझै महिला यो क्षेत्रमा खुलेर लागेका छैनन् । हाम्रो समाजले घरयासी काम नै महिलाको काम हो भन्ने मानसकिता दिएको छ ।
प्रनिता उपाध्याय
प्रनिता उपाध्याय नेपालको प्रविधि क्षेत्रमा अग्रज महिला हुन् । उनी मेडीसफ्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत हुन् । उनले विभिन्न सफ्टवेयर तथा नयाँ सिस्टम एपहरु बनाउने गर्दछिन् ।
त्यस्तै उनी व्यवसायमा चाहिने आन्तरिक कार्यहरु,व्यवसाय विकास रणनीतिहरु र आइटी प्रक्रियाहरुको मूल्याकंन गर्न सक्षम छन् ।
उनले आर्किटेक्चर मोडेलहरु तयार पार्ने, व्यवसायिक दृष्टिकोण र लक्ष्यहरु सिर्जना तथा कार्यान्वयन गर्ने कार्यमा निरन्तर रुपमा सहयोग पुर्याउँदै आएकी छन् । उनले विद्यार्थीहरुलाई शैक्षिक कार्यमा पनि सहयोग गर्ने गर्छिन ।
त्यस्तै आइटी क्षेत्रको राम्रो ज्ञान दिनका लागी पनि उनले निरन्तर रुपले काम गरिरहेकी छन् । उनले एकदमै राम्रो तरिकाले सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै काम गरिरहनु भएको छ ।
सुनैना पाण्डे
सन् १९७८ मा वीरगञ्जमा जन्मिएकी सुनैना घिमिरे पाण्डे कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । १४ वर्षको उमेरदेखि नै काम गर्दै पढेकी सुनैनाले नेपालीमा लोकलाइज गर्ने प्रोजेक्टको कोओर्डिनेट गरेकी थिइन् ।
यसैगरी नेपाली युनिकोड, तिथिमिति रुपान्तरण, विन्डोज भित्रैबाट नेपाली भाषाको किबोर्डबाट टाइप गर्ने व्यवस्था ल्याउन उनले सहयोग गरेकी थिइन् ।
सुनैना नेपालमा माइक्रासेफट्को बिजनेस हेर्ने टेक वनमा एसोसिएट जनरल म्यानेजर भएर केही बर्ष काम गरिन ।
अहिले आफ्नै कम्पनी जनरल टेक्नोलोजीको प्रवन्ध निर्देशकको रुपमा हाकिरहेकी सुनैनाले क्यान महासंघको केन्द्रीय तहमा महिलाको प्रतिनिधित्व गरेकी छन् ।
उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दजनौ कार्यक्रमहरुको समन्वय गरेकी छन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् । उनले लायन्स क्लबको सदस्यको रुपमा पनि काम गरेकी छन् ।
कम्पनीलाई नेतृत्व गर्दै महिला आइटीमा सक्षम उद्यमी बन्न सक्छन भनि प्रमाणित गरिरहेकी सुनैना नेपालमा आइटी म्यागजिन सुरु गर्ने अभियन्ता पनि हुन् ।
महिलाको घरायसी दायित्व बढी हुने र टेक्नोलोजीमा अपटुडेट हुने समय कम भएकाले यो क्षेत्रमा सहभागिता थोरै देखिएको उनको अनुभव छ ।
सुनैना घिमिरे (पाण्डे) कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । उनले आइसीटीको क्षेत्रमा अठार वर्ष भन्दा बढि योगदान दिएकी छिन् । दुर्गम क्षेत्रमा ई–सर्भिसका लागी पनि उनीले काम गरिरहेकी छिन् ।
उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दर्जनौँ कार्यक्रमहरुको समन्वय गरेकी छिन् । क्यान महासंघको गत निर्वाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् ।
मोना न्याच्छों
मोना न्याच्छों गोपाजु लगप्वइन्ट नेपालकी सिइओको कार्यभार सम्हालिसकेकी छन् । पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेस स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी हुन् ।
इन्जिनियररिङ विद्यार्थीका रुपमा स्नातक पढ्दाकै समयमा आफ्नै कम्प्युटर इन्स्टिच्युटमा काम गरिन् र धेरै अनुभव हासिल गर्न पाइन् । उनले त्यहाँ कम्प्युटरको मेन्टेनेन्स गर्ने, प्रोग्रामिङ गर्ने, ज्ञान प्रदान गर्ने, क्लास र ल्याबमार्फत विद्यार्थीलाई सिकाउनेका साथमा रिसर्चको काम गर्थिन् ।
सन् २००६ मा स्नातक सकेपछि उनले युएस बेस्ड सफ्टेयर कम्पनी भेरिस्क इन्फर्मेसन टेक्नालोजीमा काम गर्न थालिन् । त्यहाँ सिनियर सफ्टवेयर डेभलपरकै हैसियतमा काम गर्न सफल मोना सन् २०१२ मा भने डेनिस बेस्ड आइटी कम्पनी लगप्वइन्टमा आइन् ।
त्यहाँकी पहिलो महिला कर्मचारी भइन् उनी । उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि २०२० सम्म कम्पनीको सिइओका रुपमा कम्पनीको नेतृत्व गरेको हुन् ।
अहिले आफ्नै नेतृत्वमा नयाँ कम्पनि सुरु गरेकि उनले प्रविधि क्षेत्रमा महिला कुनै हिसाबले कम छैनन् भन्ने उदाहरण पेश गरेकी छन् ।
७. कुशुम लामा
नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम गरेको जस उनलाई जान्छ ।
प्रभु ग्रुपको भाइस प्रेसिडेन्टको रुपमा रहेकी लामा यस ग्रुप अन्तर्गतका एक दर्जनबढी कम्पनी तथा संस्थाहरुको नेतृत्व गर्छिन् ।
प्रभु ग्रुपको भाइस प्रसिडेनट रहेकी कुशुम लामाले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ पनि (वुमन) प्राप्त गरेकी थिइन् ।
सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आइसिटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गरेको थियो ।
मुलुकमा कोरोना संक्रमणले भइरहेको बेला डिजिटाइजेसनको महत्व अझ बढी भएको भन्दै यस क्षेत्रमा अझै थप्रै काम गर्न बाँकी रहेको उनले भनाइ छ ।
उनी हाल प्रभु इन्सुरेन्समा अध्यक्ष, प्रभु म्यानेजमेन्टमा कार्यकारी अध्यक्ष, मेडिफ्लो सिस्टममा अध्यक्ष, प्रभु बैंक, प्रभु टेक्नोलोजी, स्मार्ट च्वाइस टेक्नोलोजि, फिन एक्सेसलगायतमा निर्देशकका रुपमा रहेकी छन् ।
पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।
सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी थिइन् ।
पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।
यसैगरी, प्रभु म्यानेजमेन्ट मार्फत डिजिटल फाइनान्स सर्भिस, कोर एकाउन्टिङ सफ्टवेयर, रेमिट्यान्स र सहकारी सफ्टवेयरको विकास र प्रयोगले लाखौ मानिसलाई सहज जीवनशैलीमा रुपान्तरण गरेको छ ।
विदेशमा बसेका नेपालीलाई रेमिट्यान्सको डिजिटल नेटवर्कदेखि ग्रामिण क्षेत्रका सहकारीमार्फत गरिब, किसानको जीवनस्तर उकास्न उनेले नेतृत्व गरेका कम्पनीले महत्वपुर्ण योगदान दिएको छन् ।
यसैगरी, धेरै विद्यालयहरुको लागि ई–शिक्षा नामक सफ्टवेयर निशुल्क रुपमा प्रदान गरेकी कुशुम लामाले प्रभु बैंक लगायतका धेरै संस्थाहरुमा आइसिटी पोलिसी बनाउने र कार्यान्वयनमा ल्याउन सहयोग गरेकी छन् ।
लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन । विभिन्न कम्पनी मार्फत सयौंलाई रोजगारी उपलब्ध गराउन सफल लामाले डिजिटल रुपान्तरणको अभियानमा उत्तिकै महत्वपुर्ण योगदान दिएकी छन् ।
दोभान राई
प्रो डा. दोभान राई डि टू हकआई सेवाको सफ्टवेयर इन्जिनियर हुन् । उनी कमला नामक छोटो फिल्मको प्रोजेक्ट सञ्चालक र स्क्रीप्ट लेखक पनि हुन् । उनले प्रविधिको प्रयोगले दिगो भविष्यको विकासको सन्दर्भमा पनि काम गर्ने गर्दछिन् ।
उनले ओएलई नेपालमा समेत काम गरेकी टछिन् । उनी ओएलई नेपालमा पहिले कन्टेन्ट डिजाइनर तथा रिभ्युअर पनि थिइन् ।
उनले कग्निशन, मेटाकग्निशनलाई प्रयोग गरेर तीन ओटा गेम जस्तो सिस्टमको पनि निर्माण गरेकी छिन्, जसमा मन्कीज रिभेन्ज, द लर्निङ ड्यासबोर्ड र मोजाईक रहेका छन् । उनले ममेडिकल डाइग्नोसिस एक्सपर्ट सिस्टमको पनि निर्माण गरेकी छिन् ।
रोजा किरण बासुकला
रोजा किरण बासुकला नेपाल दूरसञ्चार प्राधिकरणको उपनिर्देशक हुन् । उनले गल्र्स इन आईसिटीको कन्सेप्ट लिएर काम गरिरहेकी छिन् । आईसिटीमा रहेको लैगिंक विभेदलाई क मगर्नका लागि उनले काम गर्ने गर्दछिन् ।
उनले आईसिटी क्वीज, ह्याकाथन जस्ता कार्यक्रमहरु केटीहरुका लागि पनि सञ्चालन गरिरहेकी छिन् । बासुकला क्यानको सदस्य पनि हुन् । उनी वुमन इन इन्फोरमेशन टेक्नोलोजीको कार्यकारी सदस्य पनि हुन् ।
दिब्या दली
दिब्या दलीले आइसिटी क्षेत्रमा गत २० वर्ष देखि काम गरिरहेकी छन् । उनी डिजिटल एज नेपालकी संस्थापक र प्रबन्ध निर्देशक पनि हुन् । उनले केवाईसी र एएमएल सोलुसन बनाउनका लागि काम गरिरहेकी छन् ।
उनले आफ्नो काममा गरेको योगदानले गर्दा ग्राहकहरुले सदैव खोजेजस्तै क्वालिटी प्रोडक्ट पाएका छन् । उनी एक दशक भन्दा बढी समयसम्म क्यानसँग पनि आवद्ध थिइन् ।
उनले वुमन इन इन्फरमेसन टेक्नोलोजीको मद्दतले आइसिटी क्षेत्रमा महिला सशक्तिकरण बढाउनका लागि पनि काम गरिरहेकी छन् ।
उनको लक्ष्य नेपाललाई आइसिटी क्षेत्रमा एकदमै सक्षम बनाउनु पनि रहेको छ । उनी एक उत्कृष्ट प्रेरक वक्ता पनि हुन् र उनकै कारणले पनि धेरै नेपाली चेलीहरुले आइटी क्षेत्रबाट देशको सेवा गर्ने लक्ष्य राखेका छन् ।
सोनिका मानन्धर
सोनिका मानन्धर एलेओईको सहसंस्थापक र सीटिओ हुन् । सानै उमेर देखि प्रविधिमा रुची रहेको र एस्ट्रोनट बन्न उनी काठमाडौं इन्जिनियरिङ कलेजमा बिईमा भर्ना भइन् ।
यसपछि नै सुरु हुन्छ, सोनिकाको आइटी करियर । २०११ मा कलेजको पढाइ सकिनै लाग्दा काठमाडौंमा रहेको माइक्रोसफ्ट इन्नोभेसन सेन्टर (एमआइसी)मा उनले काम गरेकी थिइन् । एप्स बनाउन सिकिन् । ह्याकथनका इभेन्टमा सहभागी हुन थालिन् ।
उनले विन्डोज फोनका लागि फ्लावर फाइन्डर एप पनि निर्माण गरेकी थिइन् । सिक्दै सिकाउँदै अघि बढेकी सोनिकाको आइटी करियरमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टरले धेरै अर्थ राख्दछ ।
२०१५ मा युनिसेफमा कार्यरत उनकी एक जना मेन्टरले सिलिकन भ्यालीस्थित नासा एम्स रिसर्च सेन्टरमा हुने ग्लोबल सोलुसन्स प्रोग्राममा एप्लाई गर्न अनुरोध गर्दै एउटा इमेल पठाए । उनले अप्लाई गरेर सेलेक्ट पनि भईन तर पछि भिसा ग्लीचका कारणले उनको अवसर छुट्यो ।
२०१७ मा उनको निरन्तर प्रयास पछि नाम निस्कियो र यसपटक साँच्चिकै उनी नासा एम्समा पुग्न सफल भइन् ।
नेपालबाटै पहिलो पटक ग्लोबल सोलुसन्स प्रोग्राममा गएकी सोनिकाको करियरले अर्को युटर्न लियो । उनले त्यहाँबाट धेरै कुरा सिक्न सकिन् ।
३ भाग्यमानी टिममध्ये सोनिका र लाइबेरियाकी टिफानी टङको टिम एक थियो, जसले सिलिकन भ्यालीमा भएको एसयु ग्लोबल समिटमा २ हजारभन्दा बढी सि लेभलका कार्यकारीहरुका अगाडि ‘फार्म स्पेस’ विषयमा पिच गर्ने अवसर पाएको थियो ।
एक वर्षसम्म आइडियामा ब्रेनस्टोर्मिङ गरेका यी दुईले आफ्नो जागिर छोड्दै स्टार्टअप कम्पनी खोले, जसको नाम हो आलोई ।
उनीहरुले बिग डाटा प्लेटफर्मका विभिन्न प्रोजेक्टको क्रमशः योजना ल्याएका छन् । अहिले कम्पनीले एसएमएस प्लाटफर्ममा काम गरिरहेका छ, जसले साना, मझौला तथा मध्यम व्यवसाय गर्ने व्यक्तिहरुको आर्थिक क्रियाकलापमा सहजिकरण गर्नेछ ।
यो सिस्टममा रकम प्रदान गर्ने र पाउने पक्षबीच ‘रियल टाइम ट्रान्जेक्सन’ हुने र रकम हस्तान्तरणको उद्धेश्य सजिलै पहिचान भएकाले छिटो काम सक्ने र भविष्यमा आउने समस्यालाई पनि हल गर्दछ । कृषिका लागि रिग्रो आलोईबाट ल्याएका छन् ।
यो स्टार्टअप स्थापनाअघि एक वर्षसम्म एक कम्पनीको फिनटेक प्लाटफर्म लिड समेत गरेको अनुभव समेत सोनिकासँग छ । यति मात्रै होइन उनले ग्वाहली नामको एक गैरसरकारी संस्था पनि चलाइरहेकी छन् ।
दृष्टिविहीन बालबालिकालाई कम्प्युटर सिकाउने कार्यबाट सुरु भएको यो संस्थाले अहिले अल्पसंख्यक र पिछडिएका मानिसहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।
एकपछि अर्को योजना बुन्ने र त्यसलाई मूर्तरुप दिएरै छाड्ने स्वभावको कारण उनलाई सफलताले पछ्याइरहेको छ ।
इडा रिजाल
इडा रिजाल सोचवेयरको प्रमुख कार्यकारी अधिकृत हुन् । सानै उमेरमा इडा रिजाल आफू वरपर इलेक्ट्रोनिक्स उपकरण देख्दा मोहित हुन्थिन् ।
सीपीयूको ठूलो बाकस खोल्थिन् । यो कसरी डिजाइन भएको होला, कसरी प्रोग्रामले काम गर्ला भन्ने जिज्ञासाले कौतुहल बनाउँथ्यो ।
यही कारण स्कुलको कम्प्युटर क्लासमा प्रोग्रामिङमा चासो देखाइन् र पछि साधारण एचटिमएमएल प्रयोग गरेर घटौँ समय खर्चिएर साइट बनाउन चालिन् । यहि सब कारणले इडाले स्टिम फिल्डमा करियर रोज्ने निर्णय गरिन् ।
उनले आफैले विभिन्न सामाग्री खोज्दै ट्रेनिङ लिन थालिन् । विभिन्न कम्पिटिशनमा सहभागी जनाइन् । सेमिनारमा गइन् । सिनियरबाट सिकिन् । डेभलपमेन्ट र डिजाइनमा टेक्निकल एक्सपर्टिज बढाउँदै लगिन् ।
यसरी प्रविधिमा रुचि राख्दै जाँदा नेपाल दूरसञ्चार प्राधिकरणले गल्र्स इन आइसिटीका लागि ह्याकाथन आयोजना गर्दैछ भन्ने कुरा उनले थाहा पाइन् ।
‘मैले पनि सहभागी जनाएँ । गर्ल्स सेफ्टीको एप डेभलप गरेर दोस्रो स्थानको पुरस्कार पाएँ,’ उनले भनिन्, ‘यसबाट मभित्र आत्मविश्वास जागृत भयो । र आफूले आफैलाई विश्वास गर्न थालेँ ।’
त्यही वर्ष उनले टेक गल्र्सको कम्युनिटी वुमेन इन स्टि मा कम्युनिकेशन र पिआर हेडको काम गर्न पनि थालिन् ।
केटीहरुको उपस्थिति निकै कम हुँदा उनी भने हरेक दिन इन्जोय गर्दै काम गर्थिन् । त्यति नै बेला उनले कलेजका सिनियरहरुसँग काम गरेर कलेजमा रोबोटिक्स पुनः सुरु गरिन् । केही रोबोटिक्स कम्पिटिशन पनि जितिन् । अनुभव लिने क्रम बढ्दै थियो ।
उनी माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर २०१७ मा सेलेक्ट भइन् । त्यसपछि उनले विस्तारै सोचवेयरको विकास गरिन् । अहिले सम्ममा उनीहरुले ग्लोबल स्टेज पाएका छन् ।
‘आज सोचवेयर टेक कम्पनीको रुपमा उभिएको छ । टेक्नोलोजीका लागि डेभलपमेन्ट र ट्रेनिङमा काम गरिरहेको छ,’ उनले भनिन् ।
उनको सोचवेयरको यात्रा लामो छ । वेब डेभलपमेन्ट, एप डेभलपमेन्टदेखि आर्टिफिसियल इन्टेलिजेन्स र आइओटीसम्मको मल्टिपल टेक्नोलोजीमा काम गरिरहेका छ यो कम्पनीले ।
उनीहरुले इमाजिन कम २०१७ मा एप्लाइ गर्यो । र, नेश्नल फाइनालिस्ट बन्न सफल भयो । यसपछि इमाजिन कप २०१८ ले उनीहरुको इन्टरनेश्नल प्लाटफर्ममा ढोका खोलिदियो ।
सोचवेयर दक्षिण पुर्वी एसियाबाट श्रीलंकासँगै छनोट भयो । एसिया रिजनल फाइनल पनि जितेपछि वर्ल्ड फाइनलमा छानियो ।
उनले डिजिटल नेपालमाकसरी योगदान दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताउँछन् । आज सोचवेयर माइक्रोसफ्टको एजुकेशन पार्टनरको रुपमा उभिएको छ ।
मानिसलाई टेक्नोलोजी प्रयोग गर्नका लागि एजुकेट गर्न उनीहरु काम गरिरहेका छौं । टेक्निकल स्पेसिफिकेशन सँगै टेक्निकल म्यानेजमेन्टतर्फ पनि आफ्नो स्किल उनले बढाउँदै लगेकी छिन् ।
कार्भिका थापा
कार्भिका थापा किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत हुन् । उनी हालैमा गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको आइटी डिग्रीको निर्माणको लागी आइटी कन्सलटेन्टको भूमिका निर्वाह गरिरहेकी छन् । कार्भिका थापा अमेरिकामा चौंध वर्ष काम गरेर फर्केकी हुन् ।
छोरीहरलाई नेपाली परिभाषामानै पाल्ने निर्णयका साथ नेपाल फर्केकी कार्भिकाले नेपाली आइटी क्षेत्रमा महिलाको नेतृत्व एकदमै कम रहेको देखेर नेपालमा छोरीहरुका लागी उदाहरण बन्नका लागी काम गर्न थालिन् । उनले काठमाडौँ विश्वविद्यालयबाट बैच्लर्स इन बिजनेस इन्फोरमेसन सिस्टममा अध्ययन गरेकी थिइन् ।
अमेरिकामा हुँदा थापाले नाईकी र अर्बन आउटफिट्र जस्तो फर्चुन ५०० कम्पनीहरुसँग काम गरेकी थिइन् । उनले विभिन्न क्षेत्रहरुमा काम गरेकी छिन्, जसमा फाइनान्स, डेटाबेस मार्केटिङ, प्रोजेक्ट व्यवस्थापन र क्वालिटी अस्योरेन्स रहेका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय व्यवसायहरुलाई नेपाल ल्याउन चाहन्छिन् ।
उनको अनुसार यसले अर्थतन्त्रलाई सहयोग पुर्याउने गर्दछ । सोही कारणले पनि उनीले आफ्नो व्यवसाय किम्बु टेकको सुरुवात गरेकी हुन् ।
कार्भिकाले अहिले नेपाली कलेजमा रहेको पाठ्यक्रम अन्वेषण गर्दा टेक उद्योग रपाठ्यक्रम बिचको दूरी निकै नै कम गर्नुपर्ने पाएकी थिइन् । सोही कारणले उनले चार वर्षीय नयाँ पाठ्यक्रम ड्राफ्ट गरेकी छिन् ।
गण्डकी विश्वविद्यालयमा उनले विद्यार्थीहरुलाई टेक उद्योगका लागी तयार पार्ने कोर्सको कार्यान्वयनका लागी काम गरिरहेकी छिन् ।
उनले आफ्नो अनुभवहरुलाई समेटेर विद्यार्थीको सार्वङगिण विकासका लागि काम गरिरहेकी छन् । उनले प्रविधि क्षेत्रमा महिलाको सहभागीता बढाउने लक्ष्यले काम गरिरहेकी छिन् ।
उनले आफ्नै अनुभवबाट यो सिक्नुभएको छ की प्रोग्रामिङ या कोडिङ गर्नका लागी आईटी डिग्रीको आवश्याकता पर्दैन् । हरकोहीले निरन्तर प्रयास गरेमा यो सम्भव हुन सक्छ ।
(एजेन्सीहरुको सहयोगमा)
स्टोरी
एफवान सफ्टः वेब होस्टिङदेखि फिनटेक लिडरसम्म, १४ सहायक कम्पनी, १ हजार बढीलाई रोजगारी
आजभन्दा एक दशक अघि विद्युतको बिल तिर्न, खानेपानीको बिल तिर्न कार्यालयमा जानुपर्थ्यो …
यसरी डिजिटल बन्दै छ नेपाल आयल निगम, पेपर वर्कलाई शुन्यमा झार्ने योजना
पछिल्लो समय सरकारी कार्यालयले प्रविधिलाई प्राथमिकतामा राखेका छन् । प्रविधिले गर्दा छ…
कविता : पूरा होस् मेरो सपना - डिजिटल नेपालको !’
प्रश्ना सुवेदी
कक्षा – १०
श्री बगलामुखी राधाकृष्ण थारु मा.वि. गुलरिया, बर्दिया ।
द अर्बन स्पेस : स्मार्ट घरहरको लागी नयाँ ठेगाना
नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन्…
मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी
लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हज…
पुरानो बेचेर ‘रिफर्बिस्ड फोन’ किन्ने ठाउँ, अनलाइनमै चेक गर्नुहोस् पुरानो मोबाइलको मूल्य
सिन्धुलीका उत्तम काफ्लेले दुई वर्षअघि एउटा आइडिया निकाले, पुराना विद्युतीय उपकरणला…
१८ वर्षे उत्सवले यसरी उडाए आफैले बनाएको प्लेन (भिडियो)
गएको शनिबार १८ वर्षे उत्सव बस्न्यातको अनुहारमा चमक थियो । हुन पनि किन नहोस्, आफ्नै …
तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ
कम्प्युटर प्रोग्रामिङमा औधी रुची भएका काठमाडौंका रन्जित भट्ट एक दशकअघि एउटा सपना थियो, यही क्षेत्रमा स्थापित भएर केही गर्ने ।
…नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा
काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं …
यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख
साढे दुई दशकको अनवरत मिहिनेतपछि मुलुकको अग्रहणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ लाख घरधुरीमा पुगेर नयाँ रेकर्…
‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट
नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्षेत्रमा बस्ने भएपछि…
नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा
नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरे…
संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने
संसारभर रहेका नेपाल सम्बन्धी ऐतिहासिक दस्तावेज अब अनलाइनबाटै हेर्न, पढ्न र सुन्न सक…