कीवर्डहरू -

स्टोरी

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवान सफ्ट ग्रुपले छिट्टै राइड शेयरिङ प्लेटफर्म ‘जुम जुम’ बजारमा ल्याउने तयारी गरेको हो ।  

नेपाल मोबिलिटी सोलुसन प्रालि अन्तर्गत जुम जुम बजारमा आउँदैछ । एफ्वान सफ्टले एपका लागि आवश्यक पर्ने प्रविधि श्रीलंकाबाट खरिद गरेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।  

अहिले सफ्ट लञ्चको रूपमा सार्वजनिक भएको जुम जुम एप पूर्ण रूपमा केही समयमा सार्वजनिक हुनेछ । आक्रामक रूपमा बजारमा प्रवेश गर्ने गरी जुमजुमले विगत डेढ महिनादेखि निरन्तर काम गरिरहहेको छ । अब छिट्टै औपचारिक रूपमा सार्वजनिक हुने कम्पनीको भनाइ छ । 

पछिल्लो समय नेपालमा राईड शेयरिङ बजारमा प्रतिस्पर्धी बन्दै छ । बजारमा स्वदेशी देखि विदेशीसम्मका राइड शेयरिङ प्लेटफर्म उपलब्ध छन् । तर जुमजुम अन्य राईड शेयरिङभन्दा केही फरक बन्ने प्रयास गरेको कम्पनीको दावी छ । त्यसैअनुसार नयाँ नयाँ सुविधा ल्याउने योजना बनाएको छ ।

सुरूमा दुई पांग्रे राईड शेयरबाट सेवा सुरू गर्ने तयारी छ । बजारमा आवश्यक अनुसार अन्य सेवा थप गर्दै जाने कम्पनीले जनाएको छ । एपका लागि आवश्यक पर्ने प्रविधि मात्रै श्रीलंकाबाट किनेको हो । तर कम्पनीमा सबै स्वामित्व नेपालीकर्ताको नै रहेको छ । ब्राण्ड पनि नेपाल कै हो ।  

ट्रिप ‘एसेप्ट’ भएपछि बीमा लागु

जुम जुमले प्रयोगकर्तालाई बीमा सुविधा उपलब्ध गराउने छ । यसका लागि नेको इन्स्योरेन्ससँग एक्सक्लुसिभ सम्झौता गरिएको छ । 

जुमजुममा ड्राइभरले ट्रिप एसेप्ट गरेपछि बीमा लागु हुनेछ । यस बीमा अन्तर्गत यात्राका क्रममा कुनै दुर्घटना भएमा ५० हजार रूपैयाँसम्मको स्वास्थ्य बीमा तथा ५ लाख रूपैयाँसम्मको मृत्यु वा स्थायी डिसाबिलिटी बीमा पाइने छ । 

ड्राइभरलाई टिप्सदेखि बोनस

जुमजुमको अन्य राइड शेयरिङभन्दा फरक सुविधा भनेको ‘टिप्स’ हो । एपमा रहेको टिप्सको सुविधा प्रयोग गरेर यात्रुले ड्राइभरलाई सिधैं टिप्स (थप रकम) दिन सक्छन् । यात्रुले ड्राइभरलाई दिने टिप्समा कम्पनीले कुनै पनि कमिसन नलिने जनाएको छ ।

यसका साथै ड्राइभरहरूले निश्चित राईड पुरा गरेपछि बोनस दिने समेत कम्पनीको योजना छ । एप प्रयोग गर्न समेत एकदमै सजिलो छ । ड्राइभरले एपबाटै राइड लिएको, कमिसन काटिएको सबै हिसाब किताब थाहा पाउने छन् । ड्राइभरले खर्च र आम्दानी ट्रयाक गर्न सक्ने छन् । 

यस बाहेक ड्राइभरका लागि एपमा डिरेक्सनल हाइरिङ भन्ने सुविधा छ । यदी तपाई बसन्तपुर जानु हुँदै छ भने बसन्तपुर जाने ‘ट्रिप’ मात्रै आउने बनाउन मिल्छ । 

इसेवाबाटै सिधैं भुक्तानी 

जुम जुममा इसेवालाई डिरेक्ट इन्टिग्रेट गरिएको छ । त्यसले गर्दा यात्रुले डिजिटल भुक्तानी गर्दा पटक पटक इसेवामा जानु पर्ने छैन् । पहिलो पटक जुमजुममा इसेवा लगइन गरेपछि सिधैं जुम जुम एपबाटै रकम भुक्तानी गर्न सकिने छ । पटक पटक लगइन पनि गर्नुपर्दैन् ।  

सफ्ट लञ्च भएको जुमजुम अहिले काठमाडौं उपत्यकाका मुख्य ठाउँ ठाउँमा उपलब्ध छ । काठमाडौं उपत्यकामा आक्रामक रूपमा आफ्नो सेवा विस्तार गरिरहेको छ । राइडरबाट सुरूवाती चरणमा जिरो प्रतिशत कमिसन लिएपनि निकट भविष्यमा २० प्रतिशतसम्म कमिसन लिने कम्पनीको योजना छ । 

‘मल्टिपल’ राइड बुकको सुविधा

अहिलेसम्म हामीले राइड शेयरिङबाट एउटा राइड पुरा नभएसम्म अर्को राइड बुक गर्न सक्दैनौं । तर जुम जुमले यो समस्या समाधान गर्दैछ । कम्पनीका अनुसार एक पटकमा एउटा मात्रै नभएर ‘मल्टिपल’ राइड समेत बुक गर्न सकिने छ । जुम जुमबाट वान वेको मात्रै नभएर टुवे अर्थात रिटर्न ट्रिप समेत एकैपटक बुक गर्न सकिने छ । 

यसबाट एकैटपक आफ्ना साथीभाई, आफन्तका लागि धेरै राइड बुक गर्न सकिने छ । जुम जुममा ४०० बढी ड्राइभर आवद्ध भइसकेका छन् भने दिनदिनै आवद्ध हुनेको संख्या बढ्दै गएको कम्पनीले जनाएको छ । जुम जुमको ड्राइभर एपबाट गएर लाइसेन्स, सवारीसाधन र नवीकरण भएको ब्लुबुक पठाउन सकिन्छ । त्यसपछि जुम जुमको सानेपामा रहेको कार्यालयमा गएर एउटा तालिम लिएपछि जुम जुम राइडरको रूपमा काम गर्न सकिने छ । 

अहिले ‘HelloJumJum’ प्रोमो प्रयोग गरेर काठमाडौं उपत्यकाका सुरूवाती ३ वटा राइड निःशुल्क उपयोग गर्न सकिने छ । जुम जुम एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । 

जुम जुममा अहिले २० भन्दा बढीले रोजगारी पाएका छन् । जुम जुम प्रयोगकर्ताले सेवा प्रयोग गरेवापत रिवार्ड समेत पाउने छन् । उक्त रिवार्ड प्रयोग गरेर विभिन्न अफरमा क्लेम समेत गर्न सकिने छ । यस बाहेक कम्पनीले विभिन्न अफर र स्कीमहरू पनि सार्वजनिक गर्ने तयारी गरेको छ । भविष्यमा जुम जुम नेपालका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार गर्ने योजना छ ।


 

स्टोरी

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…

यी हुन् विश्वका ठूला आईटी कम्पनी हाँक्ने सीईओ, कति लिन्छन् तलब ?

अहिलेको युग सूचना प्रविधिको युग हो । यो युगमा हरेक कामलाई प्रविधिमैत्री बनाउन विभिन्न प्रविधि कम्पनीहरूले महत्वपूर्ण भूमिका खले…

ह्वावेको मेटप्याड प्रो ११ सार्वजनिक, स्याटेलाइट सपोर्ट गर्ने संसारको पहिलो ट्याब्लेट

ह्वावेले ह्वावे मेटप्याड प्रो ११ सार्वजनिक गरेको छ । यो स्मार्टफोन स्याटेलाइट जडानलाई समर्थन गर्ने संसारको पहिलो ट्याब्लेट हो । कम्पनीको नयाँ फ्ल्यागशिप ट्याब्लेटम…

इन्टर्न गर्न चाहने विद्यार्थीका लागि उपयोगी प्लेटफर्म इन्टर्नसाथी

पछिल्लो समय आइटी बढ्ने विद्यार्थी बढ्दो छन् । आइटी पढ्ने विद्यार्थीहरु विभिन्न माध्यबाट सिप सिक्छन् र इन्ट्रन गर्नको लागि बजारमा निस्कन्छ…

प्रोफेसनल ई–कमर्स वेबसाइट बनाउन सघाउने निःशुल्क प्लेटफर्म : ब्लांसर

पछिल्लो समय ई–कमर्स वेबसाइटको प्रयोग निकै बढ्दो छ । ई–कमर्स वेबसाइट मार्फत मानिसले विभिन्न कुराको व्यापार निश्चित मू…

नेपालमै पहिलो पटक भित्रियो ‘हाइड्रोजन कार’, पूरा होला त प्रधानमन्त्रीको चढ्ने सपना ?

नेपालमै पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने गाडी भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु) को ग्रीन हाइड्रोइन ल्याबले शनिबार ने…

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका युवा 

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा…

१५ सय तिर्न नसकेर स्कूलबाट निकालिए, पेपाल र एप्पलको हेडक्वार्टरमा काम पाए

कल्पना गर्नुस् त, १५ सय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको एउटा व्यक्ति विश्वप्रशिद्ध प्रविधि कम्पनी एप्पलमा काम गर्न सक्छ होला ? झट्ट सुन्दा धेरैलाई पत्यार नला…

मानिसको अभिन्न अंग जस्तै बन्दैछ \'मोबाइल र इन्टरनेट\'

सूचना प्रविधिको विकास र विस्तार दिनप्रतिदिन बढ्दै जान थालेसँगै पछिल्ला केही वर्ष यत…

अनलाइन सिष्टम ह्याक गरी ३५ लाखको टिकट खरिद, साइबर ब्यूरोले गरायो सचेत

नेपालमा अनलाइन प्रणालीको माध्यमबाट सेवा दिने काम दिनप्रदिन बढिरहेको छ। सरकारी से…

आईटी पढेकालाई आकर्षित गर्न सूचना प्रविधिलाई छुट्टै सेवामा राख्ने सरकारी तयारी

सरकारले पछिल्ला केही वर्षदेखि प्रविधिमैत्री सरकारी सेवाको नारा पिट्दै आइरहेको छ । त्यसै अनुसार केही काम पनि भएका छन् । तर, सरकारी सेवामा सूचना प्रविधि (आई…

अमेरिकी सरकारको निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यका…

डाटा ग्याप्सः कहाँ छ हाम्रो कमजोरी ?

डाटालाई २१ औं शताब्दीको नयाँ तेल भनिन्छ । अहिलेको डिजिटल युगमा डाटा नै सबैभन्दा …

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा 

५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट