कीवर्डहरू -

स्टोरी

२०४४ सालबाट यसरी शुरू भएको थियो नेपालकै पहिलो बैंकको डिजिटल यात्रा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड वि.सं १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो । नेपालको बैंकिङ इतिहासको पायोनियरका बैंकका रूपमा चिनिएको नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।

जुन बेला नेपाल राष्ट्र बैंक स्थापना भएको थिएन् । पछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको हो । नेपाल बैंकले हालेको जगमा आज धेरै वाणिज्य बैंक, विकास बैंक लगायतका वित्तिय संस्था स्थापना भइसकेका छन् ।

बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । २०७८ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १२ अर्ब ६४ करोड पुगेको छ । स्थापना हुँदा बैंकको चुक्ता पँजी ८ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

विगत ८४ वर्षदेखि बैंकले निरन्तर नेपाली जनतालाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई वित्तिय जनचेतना जगाउन समेत बैंकले ठूलो भूमिका खेलेको छ ।

बैंकले अहिले विभिन्न प्रविधिको प्रयोग गरी डिजिटल सेवा प्रदान गरिरहेको छ । बैंकले आधुनिक सम्पूर्ण प्रविधिहरू अवलम्बन गर्दै आएको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारीले बताए । बैंकले अहिले आफुलाई डिजिटल सेवामा केन्द्रित गरेको छ ।

१२ जना कर्मचारी र एउटा कार्यालयमा शुरू भएको बैंकले आज आफ्ना शाखा देशभर विस्तार गरेको छ । साथै बैंकले २० लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ भने २ हजार ४०० कर्मचारीहरुलाई रोजगारी दिएको छ ।

२०४४ सालबाट शुरू भएको बैंकको डिजिटल यात्रा

बैंकको डिजिटल यात्रा आजभन्दा ३४ वर्ष अगाडि शुरू भएको थियो । त्यो बेला प्रविधिमा सहज पहुँच र सुलभ पनि थिएन् । तर पनि बैंकले २०४४ सालमा पहिलोपटक कान्तिपथ शाखालाई पूर्ण प्रविधिमैत्री बनाएर सेवा प्रदान गरेको थियो ।

‘हाम्रो ८५ वर्षको यात्रामा विभिन्न खालका प्रविधि अनुभव गर्दै आएका छौं । बैंकले २०४४ सालमा पहिलोपटक कान्तिपथ शाखालाई पूर्ण प्रविधिमैत्री बनाएर सेवा प्रदान गरेको थियो,’ अधिकारी भन्छन्, ‘त्यो बेला प्रविधिको प्रयोग भर्खर शुरू भएको थियो ।’

२०५७ सालमा नेपाल राष्ट्र बैंकले व्यापक वित्तिय सुधार कार्यक्रम लागु गरेपछि मर्कन्टाइलको पुमोरी सफ्टवयेर प्रयोग गर्न थालेको थियो ।

त्यसपछि २०५९ सालमा विश्व बैंक र डीएफआईडीको वित्तिय क्षेत्र प्राविधिक सहायता कार्यक्रम अन्तर्गत बैंक अफ स्कटल्याण्डका बैंकर समावेश भएको एक टोली नेपाल बैंकको पुर्नसंरचना गर्न गर्न नियुक्त गरियो ।

\"\"

त्यो बेला बैंकले थ्रीआई इन्फोटेकसँग सम्झौता गरेर कोर बैंकिङ सोलुसन ‘न्युटन’ प्रयोगलाई अगाडि बढाएको थियो । २०६२ सालमा बैंकले टोटल ब्रान्च अटोमेसन मिसन अन्तर्गत ४४ वटा शाखामा न्युटन प्रयोग गर्न थालेको थियो । २०६५ सालमा थ्रीआई इन्फोटेकले न्युटन सफ्टवेयरलाई कास्टल कोरमा अपग्रेड गर्‍यो ।

तर ६५ सालमै थ्रीआई इन्फोटेकले कास्टल कोर न्युटनको अपग्रेड गरिएको संस्करण हो भनेर प्रमाणीत गर्न नसकेपछि बैंकले आफ्ना ६६ शाखामा पुमोरी थ्री (PUMORI III) स्टयाण्डअलोन मोडमा प्रयोग गर्न थाल्यो । त्यसबेला देखि बैंकले हालसम्म कोर बैंकिङ सिस्टमको रूपमा न्युटन र पुमोरी दुबै प्रयोग गर्दै आएको छ ।

लेजर बुकदेखि डिजिटल बैंकिङसम्म

पछिल्लो समय सबै क्षेत्रमा प्रविधिको प्रयोग व्यापक हुँदै गइरहेको छ, जसमा बैंकिङ क्षेत्र समेत एक हो । प्रविधिबाट बैंकले प्रदान गर्ने सेवा सुविधा छिटो, छरितो मात्रै भएको छैन्, यसले बैंकको पादर्शीता समेत बढाएको छ ।

नेपाल बैंक एउटा आधुनिक बैंक, सक्षम बैंक, ग्राहकमैंत्री बैंक र प्रविधिमैत्री बैंकको रूपमा आफुलाई स्थापित गर्न सफल भएका उनको भनाइ छ ।

कुनै समय लेजर बुकमा लेखेर सेवा दिने बैंकले आज जनतालाई डिजिटल प्रविधिबाट सेवा प्रदान गर्न थालेको छ । रकम पाउन तथा पठाउन लागि ग्राहकहरू बैंकसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

नेपाल बैंक लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले पेपर बैंकबाट डिजिटल बैंकतर्फ अगाडि बढेको बताइन् ।

पुरानो बैंकमा नयाँ कर्मचारी छन्, जसको उर्जाले बैंकलाई प्रविधिमय बनाउन अझै सहज भएको बैंकको भनाइ छ ।

सुरुवाती दिनमा बैंकले लेजर बुक र धातुको टोकनका माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने गर्दथ्यो । कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने गरिन्थ्यो ।

तर आज त्यो काम सबै डिजिटल भएको छ, जसकारण ग्राहकले सजिलै र बिना झन्झट सेवा पाएका छन् । कोरोना महामारी गर्दा पनि बैंकले आफुलाई डिजिटल सेवामा केन्द्रित गरेको छ ।

‘डिजिटलमा हामी धेरै नै अगाडि बढिसकेको अवस्था छ,’ पन्तले भनिन्, ‘लकडाउन डिजिटलका लागि अवसर बनेर आयो । जसले हामी गर्दा डिजिटल बैंकिङमा फड्को मार्न सफल भयौं ।’

नयाँ सफ्टवेयर ल्याउने

बैंकले अहिले न्युटन र पुमोरी सफ्वटये समानान्तर रूपमा प्रयोग गरेको छ । तर अब बैंकले नयाँ सफ्टवेयर ल्याउने योजना बनाएको छ ।

\"\"

बैंककी नायव सीईओ पन्तले कोर बैंकिङ सफ्टवेयर नयाँ ल्याउने योजना भएको बताइन् । नेपाल बैंकले हाल प्रविधि मार्फत युवाहरूलाई बैंकमा आकर्षित गर्न विभिन्न पहलहरू गरिरेको छ ।

प्रविधिबाटै बैंकिङ सेवा

हाल बैंकले एटिएम, डेबिड कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड पेमेन्ट लगायतका डिजिटल बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।

नेपाल बैंकमा अनलाइनबाटै खाता खोल्न पनि सकिन्छ । साथै नागरिक एप प्रयोग गरी क्युआर कोड स्क्यान गरेर समेत खाता खोल्न सकिन्छ । नागरिक एपबाटै खाता खोल्न दिने नेपाल बैंक पहिलो बैंक समेत हो ।

नागरिक एपबाट अहिले १ हजार बढीले निक्षेप खाताहरू खोलिएको छ । यसप्रति ग्राहकको आकर्षण बढ्दो रहेको बैंकले जनाएको छ ।

नेपाल बैंकका ग्राहकले अनलाइनबाटै भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, डिजिटल वालेटमा पैसा लोड गर्न, मोबाइल, इन्टरनेट तथा टीभीको रिचार्ज गर्न, खानेपानी तथा बिजुलीको बिल तिर्न लगायतका अन्य डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले हाल डिजिटल बैंकलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

बैंकको एनबीएल मोबाइल बैंकिङ एप एप्पलको एप स्टोर र गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । उक्त मोबाइल एपबाट सबै डिजिटल बैंकिङ सेवा लिन सकिन्छ ।

स्टोरी

कविता : पूरा  होस्  मेरो  सपना - डिजिटल नेपालको !’



प्रश्ना सुवेदी
कक्षा – १०
श्री बगलामुखी राधाकृष्ण थारु मा.वि. गुलरिया, बर्दिया ।

द अर्बन स्पेस : स्मार्ट घरहरको लागी नयाँ  ठेगाना

नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन्…

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हज…

पुरानो बेचेर ‘रिफर्बिस्ड फोन’ किन्ने ठाउँ, अनलाइनमै चेक गर्नुहोस् पुरानो मोबाइलको मूल्य

सिन्धुलीका उत्तम काफ्लेले दुई वर्षअघि एउटा आइडिया निकाले, पुराना विद्युतीय उपकरणला…

१८ वर्षे उत्सवले यसरी उडाए आफैले बनाएको प्लेन (भिडियो)

गएको शनिबार १८ वर्षे उत्सव बस्न्यातको अनुहारमा चमक थियो । हुन पनि किन नहोस्, आफ्नै …

तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ

कम्प्युटर प्रोग्रामिङमा औधी रुची भएका काठमाडौंका रन्जित भट्ट एक दशकअघि एउटा सपना थियो, यही क्षेत्रमा स्थापित भएर केही गर्ने ।

नविनले तयार गरेको नेपाल अनलाइन स्कुल, जहाँ दैनिक ७० हजारले पढ्छन् नि:शुल्क कक्षा

काठमाडौं, काँडाघारीका नविन भट्टराई सूचना प्रविधि (आईटी) सम्बन्धी तालिम दिन मुलुकका विभिन्न जिल्ला घुमिरहेका थिए । उनी २५ भन्दा धेरै जिल्लाहरु घुम्दा लाखौं …

यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख 

साढे दुई दशकको अनवरत मिहिनेतपछि मुलुकको अग्रहणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ लाख घरधुरीमा पुगेर नयाँ रेकर्…

‘विपद् पोर्टल’बाट यसरी थाहा पाउनुस् बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।
जोखिम क्षेत्रमा बस्ने भएपछि…

नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा

नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरे…

संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने

संसारभर रहेका नेपाल सम्बन्धी ऐतिहासिक दस्तावेज अब अनलाइनबाटै हेर्न, पढ्न र सुन्न सक…

प्रभु टिभी गाभिएपछि आक्रामक योजनामा डिशहोम, दुई वर्षमा प्रमुख तीन इन्टरनेट कम्पनीमा पुग्ने लक्ष्य  

मुलुकमा इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको छ । नयाँ कम्पनी थपिदैछन् भने …

नेपालमा किन बढ्दै छ फिशिङ आक्रमण ? कसरी जोगिने ? 

प्रविधि क्षेत्रको विकास हुँदै जाँदा ‘साइबर सेक्युरिटी’को विषय जटिल बन्दै छ । जस्तो …