स्टोरी
नेपालको अग्रणी आइटी कम्पनी इन्फोडेभलपर्स १९ औं वर्षमा प्रवेश, यस्तो छ कम्पनीको दुई दशक यात्रा
नेपाल अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । इन्फो डेभलपर्स २०५९ साल असार २१ गते आजकै स्थापना भएको थियो ।
कम्पनीले १० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, ५० बढी विदेशी कम्पनीहरु, १ हजार बढी सहकारी, २५ भन्दा बढी माइक्रोफाइनान्स र ४० भन्दा बढी सरकारी संघसस्थाहरुलाई प्रत्यक्षरुपमा सेवा दिइरहेको छ ।
१९ वर्षअघि सन् २००२ मा एउटा कोठाबाट केही हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौ मानिसलाई प्रविधिमैत्री डिजिटल सेवाहरुसँग जोडिरहेको छ । भने ३५० बढिलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको छ ।
सुरुवाती दिनमा सहकारी तथा माइक्रोफाइनान्सलाई प्राथमिकतामा राखेर काम गरेको कम्पनीले पछिल्लो समय आफ्नो दायरा फराकिलो बनाउदै गइरहेको छ ।
कम्पनीले माइक्रोफाइनान्स तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले विशेषगरी बैकिङरवित्तिय तथा क्यापिटल मार्केटको क्षेत्रलाई गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।
आइएसओ ९००१ र २०१५ र आइएसओ सर्टिफिकेसन अफ सिबिएस समेत प्राप्त कम्पनीले अन्तराष्ट्रिय बजारमा समेत आफ्नो गुणस्तरिय सेवा विस्तार गरिरहेको छ ।
इन्फोडेभलपर्सका ८ वटा महत्वपूर्ण प्रडक्टहरू अहिले बजारमा छन् । मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब(ब्रान्चलेस बैंकिङ), वित्तीय सेवा, इन्फिनिटी, एमडवली, इम्पावर लगायतका महत्वपूर्ण प्रडक्टहरूले नेपालका धेरै संघसस्थाहरुलाई डिजिटल युगमा रुपान्तरण हुन सघाउ पुर्याएको छ ।
कम्पनीले आन्तरिक राजश्व विभागको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको साथै लोकसेवा आयोग, कम्पनी रजिस्ट्रेशनको कार्यालय, सूचना विभाग लगायतमा पेमेन्ट गेटवेको सेवा प्रदान गरिरहेको छ ।
कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्ड प्राप्त गरिसकेको छ । ख्यातिप्राप्त अन्तराष्ट्रिय संस्था एसोसिओले सन् २०१६ मा आउटस्ट्याण्डिङ आइसिटी कम्पनी अवार्डबाट कम्पनीलाई म्यानमारमा सम्मान गरेको थियो ।
पछिल्लो समय आइटी इन्जिनियरहरुसँगै विजनेश एनालिस्टहरुको लागि इन्फोडेभलपर्स एउटा महत्वपुर्ण गन्तब्य बनेको छ । यसैगरी कम्पनीले केही वर्ष अगाडि सफ्टवेयरको सोर्सकोड चोरीसम्वन्धी मुद्दा जितेर बौद्धिक सम्पत्तिको संरक्षण गर्न सबैलाई सचेत समेत बनाएको थियो ।
विदेशी सफ्टवेयरहरुको दवदवा रहेको नेपालमा स्वदेशी प्रडक्टमा विश्वास दिलाउन कम्पनीको प्रयास र भुमिका महत्वपुर्ण छ ।
नेपाली सफ्टवेयर कम्पनीलाई अझ सवल बनाउन, आवश्यक मापदण्ड निमापूर्ण गरी गुणस्तरिय प्रडक्टसँगै चुस्त सपोर्टमा काम गर्नुपर्ने कम्पनीका सिइयो उमेश रघुवंशी बताउछन् ।
सरकारले सफ्टवेयर क्षेत्रलाई एक उद्योगको रुपमा विकास गर्न यसको इकोसिस्टम बलियो बनाउन पहल गर्नुपर्ने रघुवंशीको भनाइ छ ।
इन्फोडेभलपर्सको दुइ दशक
हरेक कम्पनीको शुरुवात शून्यबाट भएझैं इन्फोडेभलपर्सको शुरुवात पनि २०५९ साल (सन् २००२) मा एउटा कोठाबाट भएको थियो ।
तीनजना मिलेर ६० हजार रुपैयाँ लगानीमा स्थापना भएको इन्फोडेभलपर्सको आज वार्षिक करोडौंको कारोबार रहेको छ ।
बैकिङ क्षेत्रको लोभलाग्दो करियर छोडेर उमेश रघुवंशी आइटी उद्यमी बन्ने हुटहुटीले आइटी कम्पनी स्थापना भएको थियो । अरु २ जना साथीहरुको साथसँगै आइटीमार्फत समाज र देशलाई परिवर्तन गर्न सकिने उनको सपना र मेहनतले आज सार्थक रुप लिइरहेको छ ।
३ सय ५० भन्दा बढीलाई रोजगारी दिएर वार्षिक करोडौको कारोबार गर्दै आइसिटी क्षेत्रमा फराकिलो बाटो कोरिरहेको छ इन्फोडेभलपर्सले ।
कम्पनीले शुरुवाती चरणमा आफ्नै स्वलगानीमा विभिन्न प्रडक्टको विकासको थालनी गरेको थियो । त्यही सन्दर्भमा विकास गरिएको ‘फर्मा प्रो’ नामक एकाउन्टिङ सफ्टवेयर बजारमा आउन सकेन ।
तैपनि यो असफलताबाट कत्ति पनि विचलित नभई अरू महत्वपूर्ण र प्रडक्टको विकासमा क्रियाशील भएको यस कम्पनीले सहकारीको लागि फिनसिस सफ्टवेयर बजारमा ल्यायो ।
फिनसिसको सफलताले अरू बैंकिङ सोलुसन ल्याउने ऊर्जा कम्पनीलाई दियो । विस्तारै आर्थिक रूपमा सबल हुन थालेको कम्पनीले आवश्यक सफ्टवेयर इन्जिनियरहरु पनि राख्न थाल्यो ।
भुटानमा ४ वटा लघुवित्त संस्थाहरुले सीबीएस सोलुसन प्रयोग गरिरहेका छन । भारतका फिनटेक संस्थाहरुको लागि सफ्टवेयर सेवा समेत उपलब्ध गराउदैछ । यसैगरी अमेरिकी संस्थाहरुको लागि एआईमा आधारित एप्लिकेसन उपलब्ध गराएको छ ।
बैंकिङ क्षेत्रको बढ्दो माग तथा प्रविधिमैत्री हुनका लागि यस संस्थाले केन्द्रिकृत सूचना व्यवस्थापनको अवधारणा अवलम्बन गरी केन्द्रिकृत वेबबेस्ड बैंकिङ सोलुसन्स प्रयोगमा ल्याएको थियो । यो सोलुसन्स क्लाउड र नन-क्लाउड दुवैका लागि उपलब्ध छ । टिमका सबै साथीहरूको मेहनतपछि कम्पनी सफलताको यात्रामा विस्तारै लम्कँदै गयो ।
कोर बैंकिङ सिस्टमको विकास तथा वितरणसँगै इन्फोडेभलपर्स आन्तरिक राजस्व विभाग, सेभ द चिल्ड्रेन, लोक सेवा आयोग, नेपाल बैंक, नागरिक लगानी कोष जस्ता सरकारी र गैरसरकारी एजेन्सीका राष्ट्रियस्तरका सफ्टवेयर प्रोजेक्टमा आबद्ध भयो ।
यसैगरी सरकारी र गैरसरकारी संस्थाहरुको लागि कम्पनीले केन्द्रीकृत होस्टिङमा आधारित वित्तिय सेवा डटकम सञ्चालनमा ल्याएको छ ।
यस होस्टिङ प्रणालीमा विभिन्न सहकारी, लघुवित्त संस्थाहरु आवद्ध भएका छन । यसको अतिरिक्त यस संस्थाद्धारा विकास गरिएको पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम देशका धेरैजसो पोर्टफोलियो म्यानेजरहरुले सफलतापुर्वक प्रयोग गरिरहेका छन ।
आज यस कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र ट्याब्लेट बैंकिङ मार्फत अनलाइन तथा अफलाइन ब्रान्चलेस बैंकिङ सेवा विभिन्न कमर्सियल बैंक र माइक्रोफाइनान्सहरुले सफलतापुर्वक प्रयोग गरिरहेका छन । यसका अतिरिक्त संस्थाले आफ्नो सेवा नेपाल वाहिर भुटान, भारत तथा अमेरिकामा पनि विस्तार गरेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो अत्कृष्ट प्रडक्ट तथा सेवाहरुले ख्याती कमाइरहेको कम्पनीको उपलब्धीले सफ्टवेयर उद्योगको विकासमा महत्वपुर्ण टेवा पुर्याएको छ । राम्रो सिक्ने, काम गर्नेसँगै इप्लोइफ्रेन्डली वातावरणले पनि इन्फोडेभलपर्स दक्ष जनशक्तिको केन्द्र बनिरहेको छ ।
स्टोरी
एक दशकको अनुसन्धानपछि नेपाली लेखनलाई सजिलो बनाउन तयार भएको हिज्जे डटकम (भिडियो)
तपाई हामी धेरैलाई अहिले कम्प्युटरमा नेपाली लेख्न आउँदैन् । आएपनि शुद्ध नेपाली लेख्न…
बजेटमा सूचना प्रविधि : ‘धेरै विषय पुराना, मुख्य आकर्षण केही छैन’
सरकारले शनिबार प्रस्तुत गरको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्बोधन गर्ने नयाँ क…
‘छोरीसँग सेल्फी’: जागलानले छोरी जन्मिदा भोगेको नमिठो अनुभवबाट सुरु भएको अभियान
‘सेल्फी विथ डटर’ अर्थात छोरीसँग सेल्फी अभियान भारत हरियाणा बिबिपुरका सुनिल जागलानसँग जोडिएको नमिठो घटनासँग सम्बि…
‘माइ सेकेन्ड टिचर’ : क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा (भिडियो)
बैशाख एक गते ‘माइ सेकेन्ड टिचर’ सुरुवात गर्दै गर्दा सुलभ बुढाथोकीले भन्दै थिए– मुलुकको शिक्षा प्रणाली व्यापक सुधार …
मोबाइल एपबाटै अर्डर गर्नुस् खानेपानी, घर मै आइपुग्छ एक्वा वर्ल्ड
कोरोना संक्रमणले बाहिर जान डर छ । अत्यावश्यकबाहेकको बजार पनि बन्द छ ।संक्रमणको डर …
साइबर सेक्युरिटीकी डाक्टर प्रनिता, आइटी क्षेत्रमा सफल उद्यमी
दुई दशकअघि प्रनिता उपाध्यायले कम्प्युटर इन्जिनियरिङ गर्दै गर्दा करियर कस्तो होला भन्ने अन्योल थियो । सूचना प्रविधि क्षेत्रको विकास खासै थिएन ।
कम्प्युट…
के डिजिटल बैंकले मोबाइल वालेटको भविष्य साँघुरो बनाउँदै छ ?
एक दशकअघि ई–सेवा शुरू हुँदा मुलुकमा इन्टरनेटको पहुँच तीन प्रतिशतभन्दा कम थियो । टेलिडेन्सिटी नै २८ प्रतिशत पुगेको…
नेसनल आइसिटी अवार्ड विजेता ह्वावे टेक्नोलोजी, यी हुन २० वर्षदेखि नेपालमा गर्दै आएका काम
संसार मै चर्चित छ ह्वावे टेक्नोलोजी । मोबाइल इन्टरनेट विस्तारमा संसार मै उसको ब्रचश्व रहेको छ ।
…
को हुन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) विजेता कुशुम लामा ?
नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम …
१३ सहायक कम्पनी सञ्चालन गरिरहेको नेपालको लिडिङ आइटी कम्पनी
नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औ…
वुमन आइकन - आइसिटी अवार्ड २०२० विजेता : प्रा. तिमिला यामी थापा
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । यस वर्ष थप …
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता \'गौरव राज उपाध्याय\' एप्निक (APNIC) को सदस्यमा पुन : निर्वाचित
गौरव राज उपाध्याय
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२० विजेता
ह्वावेः सानो उद्यमीदेखि विश्वव्यापी टेक अग्रज बनेको कथा
ह्वावे भन्ने चिनियाँ कम्पनी सूचना र सञ्चार प्रविधि पूर्वाधार र स्मार्ट उपकरणको ग्लोबल …
फाइभजीः गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने सक्ने
साईबरपंक २०७७ सार्वजनिक भएकाले हामीलाई आउने भविष्यको झलक प्रस्तुत गरेको छ । तर, ग…