कीवर्डहरू -

स्टोरी

डिपसिकको चर्चासँगै फेरिएको ठाउँ, लियाङको गाउँमा दैनिक १० हजार पर्यटक

चिनियाँ एआई स्टार्टअप डिपसिकका संस्थापक लियाङ वेनफेङ जन्मिएको गाउँ यतिबेला पर्यटकीय स्थल बनेको छ । डिपसिकले विश्वभर चर्चा मच्चाएपछि चीनको दक्षिण भागमा रहेको मिलिलिङ गाउँमा पर्यटहरूको घुइचो लाग्न थालेको छ । 

गत जनवरीमा डिपसिकको आरवान मोडेल सार्वजनिक भएपछि यसले विश्वको ध्यान खिचेको थियो भने अमेरिकामा ठूलो हलचल ल्याएको थियो । अनि धेरै मानिसहरू लियाङको पृष्ठभूमि बुझ्न चाहेर मिलिलिङ गाउँ जान थालेका थिए । 

सिपसिकका संस्थापक ४० वर्षीय वेन्फेङ, मिलिलिङ गाउँमा जन्मिएका र हुर्किएका हुन् । यो गाउँ वुचुआन भन्ने सानो सहरमा पर्दछ, जुन ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर अन्तर्गत पर्छ । 

मिलिलिङ गाउँमा ७०० भन्दा बढी बासिन्दा छन्, जहाँ युवाहरू नजिकैको जुत्ता कारखानामा काम गर्छन् भने वृद्धहरू कृषि कार्यमा संलग्न छन् । गाउँमा कुनै औद्योगिक विकास छैन । 

लियाङका दुबै आमा-बुवा गाउँकै एक प्राथमिक विद्यालयमा शिक्षक हुन् । उनले गाउँको प्राथमिक विद्यालय सकेपछि वुचुआन नम्बर १ मिडल स्कुलमा भर्ना पाएका थिए, जुन सो क्षेत्रकै प्रमुख शैक्षिक संस्था हो ।

सन् २००२ मा, उनले गाओकाओ (चीनको कठिन विश्वविद्यालय प्रवेश परीक्षा) मा उच्च स्कोर गरी प्रसिद्ध झेजियाङ विश्वविद्यालयमा अध्ययन गर्न गर्न थालेका थिए । लियाङ पढाइमा तेज थिए । उनले झेजियाङ विश्वविद्यालयबाट इलेक्ट्रोनिक सूचना इन्जिनियरिङमा स्नातक डिग्री गरेका छन् भने सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर स्नातकोत्तर गरेका छन् । 

सन् २०१५ मा लियाङ दुई साथीहरूसँग मिलेर ‘हाई–फ्लायर’ नामक क्वान्टिटेटिभ हेज फन्ड स्थापना गरेका थिए, जुन डिपसिकको मातृ कम्पनी हो । लियाङको मिलिलिङ गाउँमा अहिले दैनिक १० हजार पर्यटक आउँछन् । पर्यटक बढ्न थाल्दा पूर्वाधार कमजोर भएको गुनासो आउन थालेको छ । फेब्रुअरीको मध्यतिरदेखि पूर्वाधारको पुनर्निर्माण कार्य थालिएको छ । 

गाउँका २९ घरका बाहिरी पर्खालहरू सुधार गर्ने, जीर्ण भवनहरू भत्काउने, सडकहरू फराकिला पार्ने, ढल निकास राख्ने, झाडीहरू सफा गर्ने र नयाँ रूखहरू रोप्ने कार्य भइरहेको छ । 

लियाङको गाउँमा रहेको चार तले घरमा उनका हजुरबुबा मात्रै बस्छन् । पर्यटकहरूले बारम्बार वेन्फेङको घरतर्फ आउन थालेपछि उनका हजुरबुबाले दिनभरि आफ्नो ढोका बन्द गर्नुपर्ने अवस्था आएको छ । केही पर्यटकहरूले त, माटो, ढुंगा, पातका टुक्राहरूसमेत लगेका थिए । 

गाउँमा पर्यटन बढ्न थालेपछि स्थानीय बासिन्दाहरू लियाङप्रति आभारी छन् । लियाङको उपलब्धिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याउन थालेको छ । लियाङको सफलताबाट प्रेरित भई गाउँलेहरूले हालै उत्कृष्ट विद्यार्थीहरूलाई सहयोग गर्ने कोष स्थापना गरेका छन् ।
 

स्टोरी

को हुन् एआईका चिनियाँ 'जादुगर' लियाङ वेन्फेङ, जसले अमेरिकाका टेक दिग्गजहरूलाई हल्लाइदिए?

टिम कुक, एलन मस्क, सैम अल्टम्यान, र लियाङ वेन्फेङ । सुरुका तीन नाम तपाईंले पक्कै चिन्नुभएको होला । किनभने, टेक्नोलोजीको दुनिया…

फुड डेलिभरीमा ‘क्रान्ति’ ल्याउने मनोहर

सन् २०१० तिर नेपालीहरू स्मार्टफोन र इन्टरनेटसँग भर्खर भर्खर परिचित हुन थालेका थिए । एकदमै कम व्यक्तिसँग मात्र इन्टरनेट र स्मार्टफोन…

द वेस्टमिन्स्टर कलेज: ‘समस्या समाधान’ सिकाइमा जोड

ललितपुरको कुपण्डोलमा रहेको आईटी कलेज हो, द वेस्टमिन्स्ट…

टेलिकमका ‘ट्रबलशुटर’

नेपालको सूचना प्रविधि क्षेत्रमा ३ दशकदेखि क्रियाशिल नाम हो, ई. लोचनलाल अमात्य । काठमाडौंको कोपुण्डोलमा २०१७ सालमा जन्मिएका अमा…

२३ वर्ष अघिनै अवतारसहितको च्याटबट बनाउने नेपाली वैज्ञानिक

पछिल्लो समय विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । हरेक सेवा तथा प्रडक्टमा एआई इन्टिग्रेट हुन थालेको छ । त…

घोषणामै सिमित आईटी दशक, कार्यान्वयनका लागि बजेट नभएको कि इच्छाशक्ति ?

चालु आर्थिक वर्ष २०८१/०८२ देखि लागु हुने गरी सरकारले घोषणा गरेको सूचना प्रविधि (आईटी) दशक घोषणामै सिमित भएको छ । 

इन्स्टाग्राम : फोटो एपबाट विश्वकै अग्रणी सामाजिक सञ्जालसम्मको यात्रा

इंस्टाग्रामको तीव्र उन्नतिको कथा सिलिकन भ्यालीको परीकथाजस्तै छ । फोटो र भिडियो सेयर गर्ने यो सामाजिक सञ्जाल एप्लिकेसन विश्वकै प्रम…

ई-कमर्स बिजनेसका लागि उपयोगी प्लेटफर्म ब्ल्यांकसर, वेबसाइट निर्माणदेखि लजिष्टिकसम्म सघाउने

नेपालमा पनि पछिल्लो समय ई-कमर्सको प्रयोग बढ्दै गएको छ । भविष्यमा ई-कमर्सको प्रयोग झनै बढने निश्चित नै छ । 

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे

कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छ…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

कहिलेबाट सुरु भएको हो टेलिमेडिसिन सेवा ?

टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ …

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…