स्टोरी
विश्वास ढकाललाइ वर्षको \'सर्वोत्कृष्ट आइटी उद्यमी\'को अवार्ड
आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा वर्षका सर्वोत्कृष्टहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले अवार्ड प्रदान गरेका थिए । भदौ १ गते र्याडिसन होटलमा आयोजना भएको भब्य कार्यक्रममा आइसिटी आन्टरप्रेनर्स अवार्ड २०१८ बाट एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल सम्मानित भएका थिए ।
अवार्डको तेस्रो संकरणमा 'आइसिटी आन्टरप्रेनर्स अवार्ड' पहिलो पटक प्रदान गरिएको अवार्ड हो । यस विधामा १५ जनाको नोiमिनेसन दर्ता भएको थियो ।
विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टले आज ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसै कम्पनीका सस्थापक विश्वास ढकाल आज नेपालमा सफल आइटी उद्यमीको रुपमा परिचित छन ।
एफ वान सफ्ट इन्टरनेशनल नेपालको सूचना प्रविधि क्षेत्रको चर्चित र उदाहरणीय कम्पनी हो । नेपालको नम्बर एक फिनटेक कम्पनीका रुपमा एफवान सफ्टले देशका ९० प्रतिशत बैंक र वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ । सन् २००४ मा स्थापित कम्पनीसग अहिले थप ८ ओटा सिस्टर कम्पनीहरु आवद्ध छन । बैंकको अनलाइन तथा मोवाइल पेमेन्ट सेवासँगै पहिलो अनलाइन पेमेन्ट गेटवे इसेवाले ५० लाख बढि नेपालीहरुलाइ प्रविधिमय जिवनशैलीमा जोडेको छ ।
आइसिटी पायोनियर अवार्ड यस वर्ष मर्कन्टाइलका सस्थापक तथा अध्यक्ष सञ्जिव राजभण्डारीलाई प्रदान गरिएको छ । डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरी ले प्राप्त गरेको थियो भने आइसिटी डायस्पोरा अवार्ड यस वर्ष लिपफ्रगका हिमाल कर्माचार्यले प्राप्त गरेका छन । यसैगरी आइसिटी प्रडक्ट अवार्डमा यस वर्ष आईसोलुसन लाइफ र स्टार्टअप कम्पनी अवार्डबाट पिपुल डेभलपमेन्ट ल्याबले प्राप्त गरेको छ । मिडिया सम्मान नया पत्रिकाका गोपाल साउद र नागरिक दैनिकका सन्तोष न्यौपानेले प्राप्त गरेका छन ।
आइसिटी अवार्डको तेस्रो सस्करणको रुपमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ मा एक सयभन्दा बढिको अनलाइन नोमिनेशन दर्ता भएको थियो । शुक्रवार साझ सञ्चालन भएको अवार्ड कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङ, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी, शिक्षा मन्त्रालयका सचिव कृष्णराज बिसी, नेपाल प्रहरी प्रमुख सर्वेन्द« खनालको सहभागिता रहेको थियो । यसैगरी राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, विभिन्न सरकारी सस्था, बैंक, आइटी कम्पनी, कलेज प्रमुखहरु सहित ४५० जनाको सहभागिता रहेको थियो
स्टोरी
प्रहरीलाई जनतासँग जोड्ने \'डाक्टर\'
डा. राजिव सुब्बा नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख हुन् । विसं. २०५२ सालमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको रुपमा प्रहरी संगठनमा प्रवेश गरेका उनी अह…
नेपालमा आइटीको ब्रिटिश डिग्री : आइएसएमटी एक रोजाइ (कलेज प्रोफाइल)
काठमाडौंस्थित तीनकुनेमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेज सन २०११ मा …
साइबर सुरक्षामा जनचेतना फैलाउदै डा. रामहरि सुवेदी
डा. रामहरि सुवेदी साइबर सेक्युरिटीमा विद्यावारिधि गर्ने पहिलो नेपाल…
आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट
लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७ र बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अ…
आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु
दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आय…
लक्ष्मी र सिम्प्लिफाई ३६० को कथा : नेपाली युवालाई प्रेरणा
विदेशमा बसेर सूचना प्रविधिकाे क्षेत्रमा साहसी काम गर्ने नेपालीकाे चर्चा गरिरहेका थियाैं । यसपटक भारतकाे बैंगलाेरमा बसेर सफलता हासिल गरेका एक नेपाली य…
स्टार्टअप स्टाेरी : डिजाइनर दाजुभाइको डिजाइनप्याक
गाउँको स्कुले जीवन सकेर काठमाडौंको कुनै निजी कलेज पढेर सक्दासम्म भविष्यका लागि कुनै ठोस योजना नबनाउने जमातबाट अछुत सायद कमै होलान् । तर, दाजुको विदेश…
वेबसाइट, एप र सफ्टवेयर निर्माणमा क्रियाशील अाइटी स्टार्टअप : प्रोलोजिक सोलुसन्स
पाटन संयुक्त क्याम्पसबाट बीएससी सिएसआइटी सकेका दुईजना आइटी ग्य्राजुएटले स्थापना गरेको स्टार्टअप कम्पनी हो, प्रोलजिक सोलुशन्स । टेकराज गुरागाईं र नितेश दाहा…
नेतृत्वमा खारिदै - विश्व बलामी
विश्व राम बलामी स्वस्तिक डिस्ट्रीव्युसन प्रा.ली.का प्रबन्ध निर्देशक तथा क्यान महासंघका केन्द्रीय महासचिव हुन् । २० वर्षदेखि नेपालको आइटी क्षेत्रमा क्रि…