कीवर्डहरू -

स्टोरी

गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद

‘फुडमारियो’ले खानेकुरा वितरण सेवा सुरु भएको डेढ वर्ष भयो । इन्जिनियरिङ पढेका रोहित तिवारीले यो सेवा सुरु गरेका हुन् । ‘इन्जिनियरिङ पढ्दापढ्दै क्यान्टिन र खाजा पसलमा चामल बेच्नेदेखि सबै काम गरिन्थ्यो,’ उनले भने, ‘त्यही बेलादेखि केही न केही गर्नुपर्छ भन्ने थियो । धेरै कम्पनी सुरु गरेर काम पनि गरेँ । ती कम्पनी बन्द भए । त्यसपछि सुरु भयो, फुडमारियो ।’ खानेकुराको बजार एकदमै राम्रो भएको देखेपछि यही क्षेत्रमा केही गर्ने उनको धोको थियो । फुडमारियोले हाल काठमाडौं उपत्यकामा खानेकुरा वितरण गरिरहेको छ ।


फुडमारियोमा अहिले २५ जना कर्मचारी छन् । फुडमारियोमार्फत जसले पनि घरमा खानेकुुरा बनाएर बेच्न पाउँछ। ‘सुरुमा घरमा सजिलैसँग पाक्ने कुराहरू फ्राइड राइस, पराठाजस्ता कुराबाट सुरु गरेका थियौँ,’ सञ्चालक तिवारीले भने, ‘अहिले रेस्टुरेन्टमा पाइने पिज्जा, बर्गरदेखि घरको टिपिकल खानेकुरा दालभात तरकारी, फापरको रोटी, गाजरको हलुवा सबै पाइन्छ ।’

\"\"

फुडमारियोमा अहिले २५ जना कर्मचारी छन् । फुडमारियोमार्फत जसले पनि घरमा खानेकुुरा बनाएर बेच्न पाउँछ। फुडमारियोमा ८० प्रतिशत गृहिणी आबद्ध छन् ।


फुडमारियोमा ८० प्रतिशत गृहिणी आबद्ध छन् । ‘हामीलाई याद नभएको हुन सक्छ, हाम्रो घरमै धेरै राम्रा सेफ हुन्छन्,’ तिवारीले भने, ‘हाम्रो माध्यमबाट जो कोही पनि घरमै सेफ बनेर आफूले जानेको परिकार बनाएर बेच्न सक्छन् । त्यसको लागि हाम्रो मोबाइल एप्लिकेसन डाउनलोड गरेर त्यसमा आफूले बनाएको खानेकुराको फोटो र त्यसको मूल्य हालेपछि सर्भिसका लागि तयार हुन्छ ।’


सेवाबापत फुडमारियोले २० देखि ३० प्रतिशत कुकसँग लिन्छ भने बाँकी पैसा कुकले हरेक १५–१५ दिनमा पाउँछन् । डेलिभरीको काम फुडमारियो आफैँले गर्छ । ‘हामीले ग्राहकसँग डेलिभरी चार्ज लिने गरेका छैनौँ,’ रोहितले भने, ‘त्यस्तै हामीले मिनिमम अर्डर पनि राखेका छैनौँ । एक पटकमा १ सय ५० रुपैयाँको चिकेन करी पनि मगाउन सकिन्छ ।’

बैंकिङ क्षेत्रका कर्मचारी, सरकारी जागिरेदेखि विद्यार्थी सबैलाई फुडमारियो आफ्नो ग्राहक मान्छ । ‘हामीले दिनहुँ चार सयदेखि ४ सय ५० अर्डर लिने गरेका छाँै,’ तिवारीले भने, ‘घरको खाना स्वास्थ्यकर हुने भएकाले हाम्रो सेवालाई धेरैले मन पराएका छन् । कहिलेकाहीँ स्वादमा केही तलमाथि हुन्छ । घरमा रेस्टुरेन्टमा पाइनेजस्तो खाना पकाउने उपकरण हुँदैन ।

स्टोरी

समस्या एकातिर, राष्ट्र बैंकको ध्यान एटिएमको बुथ सुरक्षातिर !

\"\" घटना केही समय अगाडिको हो ।…

खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को…

राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ - सुनैना पाण्डे, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)

क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म कुनै महिला नेतृत्वमा आएका छैनन् । नौलो अनुभव लिइरहेकीे छु । म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्य…

सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रमको अगुवाई गर्छु - नवराज कुँवर, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)

२०५२ सालमा क्यान महासंघको व्यक्तिगत सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो व्यक्ति र कार्यसमितिको विभिन्न पद र भूमिकामा रहेर सबैभन्…

बैंकर मनोज ज्ञवालीको  \'टेक्नो लाइफस्टाइल\'

आजभोलीको पुस्ता मोवाइल र इन्टरनेटको जालोमा अल्झिएका छन । हुन पनि हो, हाम्रो जिवनशैली नै प्रविधि वरिपरि घुमिरहेको छ । यसबाट टाढा भएर बस्ने क…

स्वास्थ्य क्षेत्रकाे सेवा सुदृढीकरणमा उपयाेगी सफ्टवयेर ‘मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस’

गत साउन ३२ मा राजधानीमा भएकाे आइसिटी अवार्ड २०१९ अन्तर्गत महत्वपूर्ण विधा प्रडक्ट आइसिटी अवार्ड २०१९ मेडिफ्लो सिस्टम एन्ड सर्…

आइटी उद्यमशीलतामा जम्दै टेक्नोरियोकी शुभेच्छा

तपाईं हामीलाई थाहा नै छ, नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । अझ कम्पनी स्थापना गर्ने, शीर्ष तहमा रह…

जहाँ समस्या, त्यहाँ ‘सेवा चौतारी’

जहाँ समस्या हुन्छ, त्यहाँ स्टार्टअप जन्मिन्छन् । यस्ता स्टार्टअपले समाधानका अनेक शैली अपनाउँछन् । तर, बजारले सबैलाई पत्याउँदैन…

विद्यालय शिक्षालाई डिजिटल र प्रयोगात्मक बनाउन अग्रसर कम्पनी

नेपालका सरकारी र सामुदायिक विद्यालयको दुरावस्था र गुणस्तर उकास्नेबारे धेरै बहस चल्…

मोफसलबाट सफ्टवेयरमा \'क्रान्ति\' - डाइनामिक सफ्ट


सामान्य परिवारमा जन्मे हुर्केका युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाईको लागि ठुला युनिभर्सिटी र कलेज पनि धाएनन उनीहरुले, …

बेरोजगार हुनुहुन्छ ? \'श्रीयोग\'ले खोजी दिनेछ अबसर

के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ रु श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कु…

आइटी कम्पनि \'लगप्वइन्ट\'की सिइओ \'मोना\'

मोना न्याच्छों गोपाजु लगप्वइन्ट नेपालकी सिइओ हुन् । पोखरा विश्वविद्यालयबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन इ…

बैंकिग क्षेत्रकी पहिलो महिला आइटी प्रमुख \'रत्नतारा\'

बैकिगं क्षेत्रकी पहिलो महिला आइटी प्रमुखको रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना बोकेकी रत्नतारा बैद्यले अंग्रेजीमा एमए गरेकी थिइन् ।

घरमै बसेर पढ्न र पढाउन चाहनेका लागि डब्ल्यू एच पिडिया (whpedia)

हरेक व्यक्तिको चाहना हुन्छ, पढेर राम्रो जागिर खाने । तर पढेर राम्रो जागिर पाउनु फलामको चिउरा चपाउनु जस्तै हो । अधिकांश …

डिजिटल टिभीका अभियन्ता : सुदीप आचार्य

सफल युवा व्यवसायीका रुपमा परिचित सुदीप आचार्य टेलिभिजन सेवाप्रदायक डिस होमका प्रबन्ध सञ्चालक हु…