स्टोरी
रहेनन् नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने श्रेष्ठ
यही मंसिर १० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पूर्व उपकुलपति तथा भौतिकशास्त्री प्रा.डा. केदारलाल श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भयो ।
उनी सन् १९९२ देखि १९९७ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) मा पूर्व उपकुलपति भएर काम गरेका थिए ।
सन् १९३८ मा जन्मिएका श्रेष्ठले त्रिचन्द्र क्याम्पसबाट आइएससी र बीएससी गरेका थिए । उनी अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा पिएचडी गर्ने पहिलो नेपाली नागरिक पनि हुन् ।
उनी सन् १९७९ देखि १९८६ त्रिभुवन विश्वविद्यालयले स्थापना गरेको सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकाष्ट) मा कार्यकारी निर्देशकको रुपमा समेत काम गरेका हुन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयको सल्लाहकार हुँदा बनेपामा ‘आइटी पार्क’ निर्माण र आइटी ऐन बनाउन पनि उनको सहयोग रहेको छ । उनी ललितपुर महानगरपालिकाका सल्लाहकार समेत रहेका थिए ।
श्रेष्ठ सन् १९७४ देखि १९७६ सम्म त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्र विभागको प्रमुख समेत थिए । भौतिकशास्त्र विभागमा उनले लामो समयसम्म प्राध्यापन गरेका थिए ।
उनले नेपाल भौतिक विज्ञान समाजका अध्यक्ष, इनस्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका सहायक डीन,राष्ट्रिय वातावरण संरक्षण परिषदको सदस्य, राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको सदस्य सचिव लगायत अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए ।
उनी सन् १९९२ देखि १९९८ सम्म कम्प्युटर सिस्टम तथा इन्टिग्रेटेड टेक्नोलोजीको प्रबन्ध निर्देशक भएरसमेत काम गरेका थिए ।
करोडौ रुपैयाँ खर्चेर मेचीदेखि महाकाली सम्म विभिन्न स्तरका कम्प्युटर तालिमको रुपरेखा कोर्न पनि उनले नेतृत्व गरेका थिए । केदारलाल प्रविधि सबैको पहुँचमा हुनुपर्छ भन्थे ।
कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) निर्माण गर्न पनि उनको सहयोग उतुलनिय रहेको छ । श्रेष्ठ नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उनको उल्लेख्य योगदान पुर्याउने व्यक्ति मध्य एक हुन् ।
श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको निधनले राष्ट्रलाई नै क्षति पुगेको छ । नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा उनले २० वर्ष भन्दा बढी समय योगदान दिएका छन् ।
स्टोरी
दुर्गम क्षेत्रका बासिन्दाहरुलाई आधुनिक प्रविधिसंग जोड्दै \'नर्मदा इन्फोसिस\'
एक विशाल प्राविधिक प्रगतिसंगै, हामी ग्रामीण र सहरी क्षेत्रहरु बीचमा भैरहेको डिजिटल डिभाइडको स्थिति हेर्न सक्दछौं। सह…
इन्टरनेट हाम्रो आवश्यकता र जीवनशैली
कल्पना गर्नुस् त, केही दिन इन्टरनेट नभए हामी कति छटपटिन्छौं । मोबाइल र इन्टरनेटविना सामान्य मानिसहरू पनि आफ्नो दैनिकीको कल्पना गर्न छोडिसके । प्रोफेसनल जीव…
डिजिटल रुपान्तरणको प्रयासमा आयल निगम, सुशासन र पारदर्शिताको लागि एकिकृत कम्प्युटर प्रणाली
पछिल्लो समय सरकारी कामकाजहरु कम्प्युटरकृत प्रणालीमा रुपान्तरणको प्रयास भइरहेको छ । यसै क्रममा नेपालको पुरानो सस्था नेपाल आइल निगमले व्यवस्थापन, ढुवानी र व…
सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना
सामान्य युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाइका लागि ठूला युनिभर्सिटी र कलेज पनि धाएनन्, स्थानीयस्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्…
प्रेमध्वजको टेक्नो लाइफस्टाइल
उमेरले ८० वर्ष नाघिसक्यो । तर पनि वरिष्ठ गायक प्रेमध्वज प्रधानको गलाले साथ छाडेको छैन । वागबजारमा उनको घरमा भेट्न जा“दा ह“सिलो मुहार र युवाझै…
फिनटेक क्षेत्रमा भरपर्दो “फाइनान्सीयल नोटिसेस्”
“फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र …
सूचना प्रविधि क्षेत्रका ५ अब्बल नेपाली महिला
इन्जिनियरिङ विषयकी प्रोफेसर तिमिला …
अर्बान गर्लबाट उदाएकी निकिता
प्रहरीलाइ जनतासँग कनेक्ट गर्ने डा. \'राजिब सुब्बा\'
नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले फागुन २३ गते राजीनामा दिएका छन् । २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधा…
नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !
मुठ्ठीभरको मोबाइल सेटमा संसार अटेको छ आजकल । र त सधैं भान्सामा बेचिने तरकारीदेखि कहिलेकाहीं प्रयोग हुने सामानसम्म अनलाइनमा किनबेच हुन थालेको छ । हरे…
गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद
‘फुडमारियो’ले खानेकुरा वितरण सेवा सुरु भएको डेढ वर्ष भयो । इन्जिनियरिङ पढेका रोहित तिवारीले यो सेवा सुरु गरेका हुन् । ‘इन्जिनियरिङ पढ्दापढ्दै क्यान्टिन …
अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना
कम्प्युटर इन्जिनियरिङ गरेका ललिपुरका मनिष घिमिरेले सञ्चालनमा ल्याएको ‘अल्टिमो डील’ पछिल्लो समय लोकप्रिय अनलाइन सपिङको रुपमा उदाइरहेको छ । पसलकै दर र गुण…
फुडमान्डूमा सयभन्दा बढिलाइ रोजगारी
नेपालको फुड डेलिभरी सर्भिसमा सबैभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको र लामो समयदेखि सञ्चालन भइरहेको छ, फुडमाण्डु । आफ्नो सेवाबारे ग्राहक र रेस्ट…
आइटी क्षेत्रमा निरन्तर क्रियाशील ः आइटेक नेपाल
विज्ञान प्रविधिको महत्वपुर्ण पुस्ताको रुपमा सुचना प्रविधि उदाइरहेको छ । नेपालमा पनि सुचना प्रविधिजन्य थुप्रै कामहरु स्थानीयस्तरमै हुन थालेका छन् …