कीवर्डहरू -

स्टोरी

कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे

कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छौं । विन्डोज चलाउन सक्छौं । माइक्रोसफ्ट अफिस चलाउन सक्छौं । यी सबै कामलाई सक्षम बनाउने एउटा नाम हो, सुनैना पाण्डे । 

स्कुल बेलामा कम्यूटर गेममा चौथो भएर प्रविधि तर्फ रुची बढाएकी सुनैना घिमिरे पाण्डे २०५५ सालमा कम्प्युटर शिक्षिका भएर आफ्नो करियर सुरु गरेकी थिइन ।

कलेज अफ सफ्टवेयर इन्जिनियरिंगमा डिप्लोमा पढ्दै गर्दा कलेजले एउटा परीक्षा लियो जसले गर्दा उनी विद्यार्थीबाट कम्प्यूटर शिक्षिका हुन् पुगिन् । पढ्दै पढाउन पाउँदा पाण्डेलाई प्रविधि क्षेत्र प्रति थप मोह बढ्दै गयो । 

सुरूमा व्यवस्थापन संकायको अध्ययन गरेपनि  प्रविधिप्रतिको रुचीले पाण्डे आजको दिनसम्म पनि हरेक दिन प्रविधि बारे पढ्दै आएको बताउँछिन् । ‘आईटी क्षेत्र परिवर्तनशील रहेको छ । हरेक समय आफूलाई अपडेट गराउँदै गइएन् भने, धेरै पछि परिन्छ,’ उनी भन्छिन्, ‘एउटा प्रोग्रामिङ भाषामा पोख्त भइयो भनेर ढुक्क हुन पाइदैन् । समयसँगै आफूलाई सिकाउँदै अघि बढ्नुपर्छ ।’ 

शिक्षिकाको यात्रा अगाडि बढाउँदै जाँदा सुनैनालाई पेजरमा काम गर्ने मौका समेत मिलेको थियो । यसमा पनि उनले केही समय व्यतित गरिन् । 

कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकी पाण्डे अनलिमिटेड न्यू मिडियामा विन्डोज एक्सपीको नेपाली भर्सन बनाउन प्रोजेक्ट म्यानेजरको रूपमा काम गरेकी थिइन् । यो माईक्रोसफ्टको आधिकारिक प्रोजेक्ट रहेको थियो ।

विन्डोज र माईक्रोसफ्ट अफिसलाई नेपाली भाषामा पनि रुपान्तरण गर्ने सुनैना लगायतको टिमले काम गरेको थियो  । त्यस क्रममा, उनले माइक्रोसफ्टको नेपाली भर्सनमा विभिन्न महत्वपूर्ण कामहरू गर्ने मौका पाएकी थिइन ।

माइक्रोसफ्टमा काम गर्दै गर्दा धेरै कुरा जान्ने अवसर पाएको पाण्डेको भनाइ छ । उनी भन्छिन्, ‘माइक्रोसफ्टसँग काम गर्दा विदेशीहरु कसरी काम गर्छन ? समूहमा कसरी काम गर्ने ? समयको महत्त्व र डेडलाइनमा बसेर कसरी काम गर्ने ? भन्ने बारेमा बुझ्ने मौका पाए ।’

सुनैनाले आईटीको उच्चस्तरीय सूचना प्रविधि आयोग (एचएलसीआइटी) मा सूचना प्रविधिमा नेपाली भाषा भन्ने समिति बनेको थियो । यसमा बसेर पनि सुनैनाले सन् २००९ सम्म काम गरेकी छिन् ।
यसमार्फत पाण्डे र उनको टोलीले नेपालको विभिन्न ठाउँमा टेलिसेन्टरको स्थापना गर्ने र त्यस क्षेत्रमा रहेको समुदायहरुलाई सूचना प्रविधिको क्षेत्रमा जनचेतना फैलाउने काम गर्ने गरेको थियो । 

कम्यूटरलाई तिथिमिति बुझाउन सुरुवात गरिएको लोक्यालमा समेत मंगलराज जोशीसँग मिलेर उनले काम गरेकी थिइन । अंग्रेजी मितिलाई नेपाली मिति र बारमा मिल्ने गरी मापदण्ड तयार पार्न मुख्य भूमिका खेलेको पाण्डे सुनाउँछिन् । 

यसपछि, प्रज्ञा प्रतिष्ठानका उपकुलपति वासुदेव त्रिपाठीसँग मिलेर कम्प्युटरमा हेर्न मिल्ने नेपाली शब्दकोश निर्माण गरिन्, जुन अहिले वेबसाइट र एपको रूपमा उपलब्ध छन् । प्रविधि क्षेत्रमै झण्डै तीन दशक काम गरिसकेकी सुनैनाले नेपालको कम्प्युटरमा स्पेलिङ जाँच गर्ने स्पेल चेकर, नेपाली रुपैयाँको ‘रु’ कसरी लेख्ने, र पूर्वाह्न–अपराह्न कसरी लेख्ने जस्ता नेपाली लोक्याल पनि तयार पारेकी थिइन ।

सबै समुदायमा कम्प्युटरको पहुँच पुर्‍याउन कम्प्युटरलाई नेपाली भाषा सिकाउनु पर्ने आवश्यकता महसुस गरेको पाण्डेले बताइन् । ‘सबै समुदायका मानिसका लागि कम्प्युटरको पहुँच पुर्‍याउन कम्यूटरलाई नेपाली सिकाउनै पर्छ भन्ने लागेर यसमा आवद्ध भएकी थिए,’ उनले भनिन, ‘यसले नेपालमा कम्प्यूटरको प्रयोगलाई नै परिमार्जित गरिदियो र आजसम्म पनि हामीले सेट गरेको मानकहरु नै प्रचलनमा रहेका छन् ।’

यसकै लागि स्टयाण्डराइजेसन पढ्न उनी अमेरिका समेत गएकी थिइन् । नेपालमा सूचना प्रविधिको कुनै पनि मानक उपलब्ध नभएको पाएर त्यसकै सुरुवातका लागि लोक्यालको विकास गरिएको थियो । यसैसँगै पाण्डेको नेपालका लागि क्यारेक्टर कोड निर्माण गर्नमा पनि उल्लेखनीय भूमिका रहेको छ ।

यसले हामीले स्क्रीनमा नेपाललाई एनपी लेखिएको देख्ने कुरालाई सम्भव बनाएको हो । नेपाली स्पेल चेकरका लागि शब्दकोश चाहिने हुँदा उनी र उनको टिमले त्यसमा पनि निरन्तर काम गरेको थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका वाशुदेव त्रिपाठीको सहयोगमा कम्यूटरमा नेपाली शब्दकोशलाई परिचय गराएको पाण्डे सम्झिनिछन् । यसभन्दा अघि र यसपश्चात अहिलेसम्म नेपाली भाषाको लागि फेरि मानक तयार पारिएको छैन् । 

२०१० मा साइबर संसार नामक आइटी म्यागेजिनमा प्रबन्ध निर्देशकको रूपमा काम गर्दै उनले उक्त म्यागेजिनलाई देशभर विस्तार गरेकी थिइन् । हाल म्यागजिन बन्द भईसकेता पनि सब्सिक्रिप्सनका लागि उनलाई अझै पनि मेसेज आउने गरेको कुरा उनको भनाइ छ ।

सन् २०११ देखि २०१८ सम्म टेकवान ग्लोबल मल्टिनेशनल कम्पनीमा सहायक प्रबन्धकको रूपमा पाण्डेले काम गरेकी थिइन् । त्यसबेला मल्टिनेशनल कम्पनीहरूले नेपालमा सफ्टवेयरको काम नगरेको भए पनि उनले नेपालमै बसेर ७ वर्षसम्म काम गर्ने अवसर पाएकी थिइन् । 

टेकवान ग्लोबलले नेपालमा माइक्रोसफ्टका प्रतिनिधिको रूपमा काम गर्दै माइक्रोसफ्ट अफिस, एक्सेललगायतका प्रडक्टहरू नेपाली बजारमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । सुनैनाले नेपालको बैंकहरूको सफ्टवेयर निर्माणमा पनि योगदान दिएकी छन् ।

एनआइसी बैंक र बैंक अफ एसिया मर्ज भएर एनआइसी एसिया बैंक बनेपछि सुनैनाले बनाएको सफ्टवेयर पहिलो पटक अटोमेशन सिस्टममा लागू गरियो, जुन नेपालमा पहिलो प्रविधि थियो । त्यसपछि उनले करिब १० वटा बैंकको ऋण प्रक्रियालाई अटोमेशनमा लैजाने प्रविधिको विकास गरेकी थिइन । 

सन् २०१८ मा सुनैनाले आफ्नै कम्पनी, जेनेरल टेक्नोलोजिज स्थापना गरिन । यो कम्पनीले बैंकिङ कारोबारलाई सघाउ पुर्‍याउने सफ्टवेयरहरू बनाउने र सेवा दिने काम गर्दै आएको छ । सुनैनाले नेतृत्व गरेको जेनेरल टेक्नोलजिजले २१ बढि बैंकलाई सेवा दिइरहेको छ । ‘सानिमा बैंक, माछापुच्छ्रे बैंक, र स्ट्याण्डर्ड चार्टर्ड बैंकहरूमा हामीले कियोस्क सिस्टम लागू गरिसकेका छौं,’ उनले भनिन् । 

आफ्नो कम्पनीमा उनले महिला कर्मचारीलाई प्राथमिकता दिने गरेकी छन् । कम्पनीको डिजिटल सेक्टरमा ५० प्रतिशत बढी महिला कर्मचारी रहेका छन् । 

२०७२ सालको ठूलो भूकम्प पछि सुनैना र उनको टोली दोलखा गएर त्यहाँको नानीबाबुहरुलाई कम्प्यूटर सिकाउने पढाउने गर्ने गरेको थियो । आफै लुगाा, खानेकुरा, किताब, कापी र ल्यापटप लगेर दिनभरी चौरमै बसेर साना साना नानीबाबुहरुलाई एक महिनासम्म कम्प्यूटर चलाउने तालिम दिएको उनको अनुभव छ । 

सूचना प्रविधि क्षेत्रमा योगदान गरे वापत उनी सन् २०२३ को वुमन आईकन आइसिटी अवार्डबाट समेत सम्मानित भएकी थिइन । यस वर्षको आइसिटी अवार्डको आवेदन समेत खुला भएको छ । यहाँ क्लिक गरेर इच्छुक विधामा आवेदन दिन सक्नुहुनेछ । 

यस बाहेक पाण्डे सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । लायन्स क्लब, फोरम फर इन्फर्मेशन टेक्नोलोजी नेपाल,  ओपन नलेज नेटवर्क अफ वन वर्ल्ड साउथ एसिया जस्ता संस्थामा आवद्ध हुँदै आफ्नो अनुभव र ज्ञान बाँडिरहेकी छन् । 

 

स्टोरी

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…

९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार

पछिल्लो समय नेपालमा हाइड्रोजनले चर्चा पाउन थालेको छ । नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना रहेको भन्दै काठमाडौं विश्वविद्यालय …

टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै

विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…

नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य

नेपालीहरू विश्वका प्राय हरेक देशमा पुगेका छन् । कोही व्यवसायमा जमेका छन् त कोही ठूला ठूला कम्पनीमा काम गर्छन् । 

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती, ५ वर्षसम्म पनि बनेन व्यवस्थापन कार्यालय

गेम चेन्जर परियोजनाको रूपमा सरकारले अगाडि बढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ । ५ वर्षमा क…

आईटी सेवा निर्यात गरेर क्लाउड फ्याक्ट्रीले १ वर्षमै भित्र्यायो १ अर्ब बराबरको विदेशी मुद्रा

स्प्राउट टेक्नोलोजी सर्भिस (क्लाउड फ्याक्ट्री) ले आईटी सेवा निर्यात गरेर एक वर्षमै १ अर्ब बढी रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भ…

जो असफलताबाट डराएनन, सफल भएरै छाडे

असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । 

अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा

आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिए…

मोरूबाट अन्य वालेटमा समेत पैसा पठाउन सकिने

मोरू डिजिटल वालेटबाट अन्य वालेटमा पैसा ट्रान्सफर गर्न सकिने भएको छ । नेपालमा अहिले सञ्चालनमा रहेका धेरै वालेट…

कुराकानीको परम्परागत तरिकालाई परिवर्तन गर्ने ‘फेसबुक’ स्थापना भएको २० वर्ष पूरा

विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धे…

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज…

हाइड्रोजनको व्यवसायिक उत्पादन गर्ने बाटो खुल्यो, पीपीए गर्नु नपर्ने र ह्विलिङ चार्ज नलाग्ने

नेपालमा हाइड्रोजनको व्यवसायिक उत्पादन तथा प्रयोग गर्ने बाटो खुलेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन त…

राष्ट्रिय वाणिज्य बैंकको सफ्टवेयर खरिद प्रक्रियामा अनियमितता, बिना कारण शर्टलिष्ट नै संशोधन

राष्ट्रिय वाणिज्य बैंकको कोर बैंकिङ सफ्टवेयर खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेक…