कीवर्डहरू -

स्टोरी

घोषणामै सिमित आईटी दशक, कार्यान्वयनका लागि बजेट नभएको कि इच्छाशक्ति ?

चालु आर्थिक वर्ष २०८१/०८२ देखि लागु हुने गरी सरकारले घोषणा गरेको सूचना प्रविधि (आईटी) दशक घोषणामै सिमित भएको छ । 

चालु आर्थिक वर्षको बजेटमार्फत १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने तथा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकारले आईटी दशक घोषणा गरेको थियो । 

सरकारले आईटी दशक घोषणा गरेपनि कार्यान्वयनमा भने खासै चासो देखाएको छैन् । सरकारले आईटी दशक घोषणा गर्दा आईटी क्षेत्रमा एक किसिमको खुसीयाली छाएको थियो । 

आईटी क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिएको जस्तो देखिएको थियो । तर वास्तविक रूपमा भने त्यस्तो हुन सकिरहेको छैन् । लोकरिझ्याईं तथा कागजमा मात्रै ती नारा र कार्यक्रम सिमित भएका छन् । 

अहिलेसम्म आईटी दशकको रोडम्याप तयार हुन सकेको छैन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ बजेटको अभावमा आईटी दशक कार्यान्वयन हुन नसकेको बताउँदै आएका छन् ।

बजेट नभएको हो कि इच्छाशक्ति ? 

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएको ५ महिना बढी हुँदा पनि आईटी दशक कार्यान्वयनका लागि कुनै प्रगति नै भएको छैन् । आईटी दशक सफल बनाउनका लागि कुन वर्ष के के काम गर्ने ? भन्ने रोडम्याप समेत सरकारले अहिलेसम्म बनाउन सकेको छैन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ भने सार्वजनिक मञ्चबाट बजेट नहुँदा आईटी दशक कार्यान्वयन हुन नसकेको तर्क दिदै आएका छन् । ‘हामी आईटी दशक भनेर घोषणा गर्छौं । आईटी दशक कार्यक्रम कार्यान्वयनका लागि एक सुको पनि पैसा छुट्याइएको छैन्,’ गत शुक्रबार आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनालेमा बोल्दै मन्त्री गुरूङले भनेका थिए । 

तर आईटी दशक कार्यान्वयनका लागि सुरूमै बजेट आवश्यक नपर्ने र इच्छाशक्ति भए बजेटबिना पनि केही कामहरूको थालनी गर्न सकिने सरोकारवालाहरू बताउँछन् । बजेट नभएपनि आईटी दशकका लागि आवश्यक पर्ने कामहरू गर्न सकिने नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) का अध्यक्ष सन्तोष कोइरालले बताए ।

‘आईटी दशकलाई सफल बनाउन धेरै कुरा आवश्यक छ । बजेट नभए पनि गर्न सकिने धेरै काम छन्,’ उनले आइसिटी समाचारसँग भने, ‘इन्टेन्सन मुख्य कुरा हो । बजेट नभए पहिलो वर्षमा पोलिसी डिपार्चरको काम गर्न सकिन्छ ।’

नास आईटीले यसअघि नै आईटी दशकको पहिलो वर्षमा नीति निर्माणहरू निर्माण गर्नुपर्ने सुझाव दिएको थियो । नेपाललाई आईटी हब बनाउन समयसापेक्ष कानुन, पूर्वाधार, लगानी र जनशक्ति लगायतको आवश्यकता पर्दछ । त्यसमा पनि समयसापेक्ष कानुन महत्त्वपूर्ण फाउन्डेसन हो । दशकौं पुराना कानुनबाट अहिले नेपालको सूचना प्रविधि क्षेत्र चलिरहेको छ । नयाँ प्रविधिको विकास र विस्तारलाई यसले समेट्न सकेको छैन । 

समयसापेक्ष कानुन बनाएर गरेर देशमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुर्ने देखिन्छ । पछिल्लो समय केही कानुन निर्माणका प्रयासहरू भएका छन् तर ती सबै मस्यौदामा मात्रै सिमित भएका छन् । सञ्चारमन्त्री गुरूङले कानुन निर्माणलाई प्राथममिकता दिएको बताएपनि त्यसले तिव्रता पाउन सकेको छैन् । 

नीतिगत सुधार गरेर आईटी दशकको एउटा आधार खडा गर्दै आईटी व्यवसायीलाई सहजीकरण गर्न सकिन्छ । यो अति आवश्यक पनि छ । मन्त्रालयले अहिलेसम्म आफ्नै पहलमा बोलाएर आईटीको मान्छेहरूलाई बोलाएर के गर्दिनु पर्‍यो भनेर समेत नसोधेको कोइरालाको गुनासो छ ।

‘जतिसुकै ठूलो कुरा गरेपनि मन्त्रालयले अहिलेसम्म आफ्नै पहलमा हामीहरूलाई बोलाएर तपाईहरू के गर्दिनुपर्‍यो भनेर भनेको छैन्,’ उनी भन्छन्, ‘हामी आफै यो चाहियो भनेर गएका छौं । आजको दिनमा मसँग बजेट छैन्, पैसा नभएर के के काम गर्न सकिन्छ भनेर सोधिएको छैन् । पैसा नभएपनि गर्न सकिने काम छन् । तर मैले काम गर्ने उत्साह नै देखेको छैन् ।’ 

सुरूमा आवश्यक कानुनहरू निर्माण एउटा आधार खडा गरेपछि मात्र पूर्वाधार लगायतका बजेट चाहिने काममा अगाडि बढ्न सकिन्छ । यदी चाहिने नै हो भने सरकारले रकमान्तर गरेर बजेट आईटी दशक कार्यान्वयनका लागि ल्याउन सक्छ । यसअघि रकमान्तर गरेर बजेट ल्याएका धेरै उदाहरण छन् । 

अब पूर्वाधार विकासको काम राज्यले गरेर निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने मन्त्री गुरूङले भनाइ छ । ‘पर्वाधार विकासमा सञ्चार मन्त्रालय गम्भिरतापूर्व लाग्नेमा विश्वस्त पार्न चाहन्छु,’ उनी भन्छन्, ‘पूर्वाधार विकास भएन भने कुनै चीजको पनि विकास हुँदैन् । त्यसका लागि विशेष आर्थिक क्षेत्र हुनुपर्छ । नेपालसँग अहिले एउटा पनि आईटी पार्क छैन् ।’  

नेपालबाट हाल वार्षिक करिब करिब १ खर्ब रूपैयाँ बराबरको आईटी सेवा निर्यात हुन थालिसकेको छ । १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने सरकारी लक्ष्य छ । त्यो लक्ष्यलाई पूरा गर्न सुरूमा आईटी क्षेत्रलाई उद्योगको रूपमा घोषणा गर्नुपर्छ । वार्षिक करिब १ खर्बको निर्यात गर्ने क्षेत्रले उद्योगको मान्यता पाएको छैन् ।

आईटी दशकलाई सफल बनाउन सबैभन्दा पहिलो सूचना प्रविधिलाई उद्योगको मान्यता दिनुपर्ने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी बताउँछन् । 

‘आईटी दशकलाई यो वा त्यो पार्टीले ल्याएको भन्न हुँदैन् । यो सबैको लक्ष्य हो, सबैले अगाडि बढाउनु पर्छ,’ अधिकारीले आइसिटी समाचारसँग भने, ‘पहिलो कुरा आईटीलाई उद्योगको रूपमा घोषणा गर्नुपर्छ । आईसीटी क्षेत्रको डेटाबेसे तयार गर्ने, स्थानीय सफ्टवेयरलाई प्राथमिकता दिने र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’
 

स्टोरी

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

कम्प्युटरलाई नेपाली भाषा सिकाउने सुनैना घिमिरे पाण्डे

कम्प्यूटरलाई नेपाली कसरी आयो होला ? हामीले नेपाली भाषामा लेख्दा कम्प्यूटरले सहजै बुझ्छ । नेपालीमै कम्प्युटरमा तिथिमिति हेर्न सक्छ…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

कहिलेबाट सुरु भएको हो टेलिमेडिसिन सेवा ?

टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ …

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…

९ महिनादेखि प्रधानमन्त्रीको पर्खाइमा काठमाडौं विश्वविद्यालयको हाइड्रोजन कार

पछिल्लो समय नेपालमा हाइड्रोजनले चर्चा पाउन थालेको छ । नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना रहेको भन्दै काठमाडौं विश्वविद्यालय …

टेकस्पायर कलेज : पढाइ, सिकाइ र कमाइ सँगसँगै

विगत २ देशकदेखि लक्ष्मण पोखरेल नेपालको शिक्षा र आईटी क्षेत्रमा क्रियाशिल छन् । पोखरेलसहितको टिमले केही आईटी कम्पनीहरू पनि स्थापन…

नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य

नेपालीहरू विश्वका प्राय हरेक देशमा पुगेका छन् । कोही व्यवसायमा जमेका छन् त कोही ठूला ठूला कम्पनीमा काम गर्छन् । 

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती, ५ वर्षसम्म पनि बनेन व्यवस्थापन कार्यालय

गेम चेन्जर परियोजनाको रूपमा सरकारले अगाडि बढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा ढिलासुस्ती देखिएको छ । ५ वर्षमा क…

आईटी सेवा निर्यात गरेर क्लाउड फ्याक्ट्रीले १ वर्षमै भित्र्यायो १ अर्ब बराबरको विदेशी मुद्रा

स्प्राउट टेक्नोलोजी सर्भिस (क्लाउड फ्याक्ट्री) ले आईटी सेवा निर्यात गरेर एक वर्षमै १ अर्ब बढी रूपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भ…

जो असफलताबाट डराएनन, सफल भएरै छाडे

असफलता कुनै पनि सफल मानिसको जीवनको एउटा महत्त्वपूर्ण हिस्सा रहेको हुन्छ । असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ । 

अमेरिकी कम्पनीको आकर्षक अफर लत्याएर आईटी उद्यमी बनेकी अलिसा

आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिए…

मोरूबाट अन्य वालेटमा समेत पैसा पठाउन सकिने

मोरू डिजिटल वालेटबाट अन्य वालेटमा पैसा ट्रान्सफर गर्न सकिने भएको छ । नेपालमा अहिले सञ्चालनमा रहेका धेरै वालेट…