कीवर्डहरू -

टिप्स

स्मार्टफोनको लतले सम्बन्धमा असर: ‘फबिङ’ ट्रेन्डले सम्बन्ध बिगार्दै

आजको डिजिटल युगमा सम्बन्धहरूमा विभिन्न नयाँ ट्रेन्डको प्रभाव परेको छ  । हालै एउटा नयाँ डेटिङ टर्म ‘फबिङ’ (Phubbing) इन्टरनेटमा निकै भाइरल भइरहेको छ । यो शब्द फोन र इग्नोरिङ शब्दको संयोजनबाट बनेको हो । यसको अर्थ हो— जब कोही व्यक्ति आफ्नो साथीलाई बेवास्ता गरेर स्मार्टफोनलाई प्राथमिकता दिन्छ । यो अहिले धेरैको सामान्य बानी बनेको छ, तर यसले सम्बन्धहरूमा गम्भीर समस्या ल्याउन सक्छ ।

फबिङ के हो?

जब तपाईं आफ्नो पार्टनरसँग समय बिताइरहनुभएको हुन्छ, तर उनी पटक–पटक मोबाइलमा स्क्रोलिङ, च्याटिङ वा सामाजिक सञ्जालमा व्यस्त हुन्छन्, त्यसलाई फबिङ भनिन्छ । सरल भाषामा भन्नुपर्दा, जब कोही व्यक्ति आफ्नो पार्टनरको भावनालाई बेवास्ता गरेर फोनलाई प्राथमिकता दिन्छ, यो एक नकारात्मक व्यवहार बन्छ ।

धेरैलाई लाग्न सक्छ कि यो सामान्य कुरा हो, तर यो बिस्तारै सम्बन्धमा भावनात्मक दूरी बढाउन सक्छ । जसका कारण तपाईँको जीवनसाथीले अकेलोपन र उपेक्षित महसुस गर्न सक्छन् ।

मनोवैज्ञानिक रूपमा हेर्दा, जब कोही व्यक्ति बारम्बार आफ्नो पार्टनरलाई फोनकै कारण इग्नोर गर्छ, यसले आत्मसम्मानमा असर पार्न सक्छ ।

तनाव र झगडा – लगातार फबिङ गर्ने जोडीहरूबीच झगडा हुने सम्भावना धेरै हुन्छ ।
भावनात्मक दुरी बढ्छ – जब पार्टनर फोनमा नै व्यस्त रहन्छ, सम्बन्ध कमजोर हुन थाल्छ ।
ब्रेकअप वा डिभोर्सको कारण बन्न सक्छ – ग्रयाजिया म्यागजिनको एक अनुसन्धानअनुसार, फबिङ गर्ने जोडीहरूमा ब्रेकअप वा डिभोर्स को सम्भावना उच्च हुन्छ ।

फबिङ रोक्ने उपायहरू

✔ फोन–फ्री समय सेट गर्नुहोस् – आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउन केही समयका लागि फोन साइलेन्ट मोडमा राख्नुहोस् ।
✔ स्पष्ट संवाद गर्नुहोस् – यदि तपाईंलाई लाग्छ कि तपाईंको साथीले तपाईंलाई बेवास्ता गरिरहेका छन् भने, उनीहरूसँग खुला संवाद गर्नुहोस् र आफ्नो भावना व्यक्त गर्नुहोस् ।
✔ डिजिटल डिटक्स अपनाउनुहोस् – दिनको केही समय यस्तो राख्नुहोस्, जहाँ तपाईं र तपाईंको पार्टनर बिना फोन समय बिताउनुहुन्छ ।
✔ प्राथमिकता दिनुहोस् – सम्बन्धमा सम्मान र माया कायम राख्न फोनभन्दा आफ्नो पार्टनरलाई बढी महत्व दिनुहोस् ।

फबिङ एक खतरनाक बानी बन्दै गएको छ, जसले सम्बन्धहरूलाई कमजोर बनाइरहेको छ । यदि समयमै सचेत भएन भने, यसले सम्बन्धलाई भावनात्मक रूपमा असन्तुलित बनाउनेछ । त्यसैले, स्मार्टफोनभन्दा बढी तपाईंको पार्टनरलाई ध्यान दिनुहोस् र आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउनुहोस् ।
 

टिप्स

स्मार्टफोनदेखि स्मार्ट टिभीसम्म: कसरी ग्याजेटहरू तपाईंको आवाज सुन्दैछन् ?

सावधान! तपाईंले प्रयोग गर्ने स्मार्ट ग्याजेटहरू तपाईंको कुरा सुन्दै छन् । आजको डिजिटल युगमा हाम्रो जीवन स्मार्टफोन, स्मार्ट टि…

स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान हुनुहुन्छ ? यी हुन सक्छन् उपयोगी टिप्स

तपाईंले आपतकालीन अवस्थामा कसैलाई कल गर्न चाहनुभयो । तर, अचानक देख्नुभयो कि तपाईंको स्मार्टफोनको ब्याट्री १ प्रतिशत मात्र छ ।

भिजेको स्मार्टफोन सुकाउनका लागि चामल सही उपाय हो ?

भिजेका ग्याजेट्स, विशेषगरी स्मार्टफोन सुकाउने  घरेलु उपाय (डिआईवाई समाधान) को रूपमा काँचो चामलको भाडोमा राख्ने गरि…

किन क्र्यास हुन्छन् वेबसाइटहरू ? यी हुन् सम्भावित कारण

कहिलेकाहीँ तपाईंले केही वेबसाइटहरू नखुल्ने वा क्र्यास भएको देख्नुभएको होला । तर, के तपाईंले सोच्नुभएको छ कि यस्तो किन हुन्छ ?<…

ह्वाट्सएप ह्याक भएको छ कि छैन ? थाहा पाउने र सुरक्षित रहने उपायहरू

आज करोडौं मानिसहरू च्याट गर्न ह्वाट्सएपको प्रयोग गर्छन् । ह्वाट्सएपमार्फत व्यक्तिहरूले आफ्नो व्यक्तिगत जानकारी पनि सेयर गर्छन् । तर, आपर…

एन्ड्रोइडको स्प्लीट स्क्रीन मोड: मल्टीटास्किंगका लागि प्रभावकारी

एन्ड्रोडको स्प्लीट स्क्रीन मोड, जसलाई मल्टी–विन्डो पनि भनिन्छ, तपाईंलाई दुई एप्लिकेसनलाई एकसाथ चलाउने सुविधा दिन्छ । यसले तप…

इन्स्टाग्राममा लाइभ लोकेसन सेयर गर्ने सजिलो तरिका

इन्स्टाग्राम आफ्नो प्लेटफर्ममा प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउन लगातार नयाँ फिचरहरू ल्याइरहन्छ । विश्वभर इन्स्टाग्रामका एक अर्बभन्दा…

प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्नुअघि यी महत्त्वपूर्ण विशेषताहरू जान्नुहोस्

यदि तपाईं बजेट स्मार्टफोनबाट प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्ने योजना बनाइरहनु भएको छ भने बुझ्नुपर्छ कि प्रीमियम स्मार्टफोन केवल म…

इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?

लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहरूमा राम्रा–राम्रा फिचरह…

एन्ड्रोइड फोनले नै दिन्छ भूकम्प आउँदा अलर्ट, एक्टिभेट गर्ने कसरी ?

भूकम्प एक प्राकृतिक प्रकोप हो, जसले अप्रत्याशित रूपमा ठूला क्षति पुर्याउन सक्छ। प्रविधिको विकाससँगै, एन्ड्रोइड फोनमार्फत भूकम्पको सत…

स्मार्टफोनले तपाईको कुरा सुन्दैछ ? गोपनीयता सुरक्षित राख्न अपनाउनुहोस् यी ६ उपाय

जसरी प्रविधि विकास भइरहेको छ, ठगहरू पनि थप उन्नत हुँदै गएका छन् । स्मार्टफोनमा रहेका डाटा मात्र होइन, प्रयोगकर्ताको जासूसीसमेत …

एन्ड्रोइडको गति बढाउन क्यास क्लियर गर्ने यी सरल तरिकाहरू अपनाउनुहोस्

एन्ड्रोइड डिभाइसमा क्यास क्लियर गर्दा प्रदर्शनमा उल्लेखनीय सुधार आउन सक्छ, स्टोरेज स्पेस खाली हुन सक्छ र एप्ससँग सम्बन्धित समस्या हट्न स…

साइबर सुरक्षा: असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।

तपाईंले के खोज्नुभयो, कसैलाई थाहा हुने छैन: यसरी मेटाउनुहोस् इन्कग्निटो सर्च इतिहास

इन्कग्निटो मोड तपाईंको ब्राउजरलाई सर्च इतिहास, कुकीज, र अस्थायी डेटा भण्डारण गर्नबाट रोक्नका लागि डिजाइन गरिएको हुन्छ । तर, तपाई…

डीपफेक भिडियो पहिचान गर्न यी उपाय अपनाउनुहोस्

आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले डिपफेक भिडियो बनाउन निकै सजिलो भएको छ ।