टिप्स
फोल्डेबल स्मार्टफोन: प्रविधिको भविष्य वा केवल महँगो ट्रेन्ड?
आजको तीव्र रूपमा परिवर्तन भइरहने प्रविधि संसारमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । हरेक वर्ष नयाँ प्रविधि र डिजाइनसहित मोबाइल फोन बजारमा आउँछन्, र तिनैमध्ये एउटा ठूलो नवीनता हो फोल्डेबल स्मार्टफोन ।
सामसङ, ह्वावे, ओप्पो तथा अन्य ठूला कम्पनीहरूले फोल्डेबल फोनलाई क्रान्तिकारी कदम को रूपमा प्रस्तुत गरेका छन्, जसले परम्परागत स्मार्टफोनभन्दा अलग अनुभव दिने वाचा गर्छ । तर, प्रश्न उठ्छ— के यो वास्तवमै फाइदाजनक लगानी हो वा केवल मोबाइल कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्न र उच्च मूल्य असुल गर्न बनाइएको अफवाह मात्र हो? यस विषयमा विस्तृत रूपमा विचार गरौँ ।
फोल्डेबल स्मार्टफोनका फाइदाहरू
फोल्डेबल स्मार्टफोनको सबैभन्दा ठूलो आकर्षण यसको बहुप्रयोगिता हो ।
कम्प्याक्ट डिजाइनः यो एउटा सानो उपकरणको रूपमा सजिलै खल्तीमा राख्न सकिन्छ र आवश्यकता परेमा ट्याबलेट जस्तै ठूलो स्क्रिन अनुभव दिन्छ ।
मल्टीटास्किङः एकसाथ भिडियो हेर्न, नोट्स लिन, वा विभिन्न एप्स चलाउन सहज हुन्छ ।
मनोरञ्जनको लागि उपयुक्तः ठूलो स्क्रिन भएकोले गेमिङ र चलचित्र हेर्न रुचाउनेहरूका लागि उपयुक्त विकल्प हुनसक्छ ।
भविष्यको प्रविधि : कम्पनीहरूले दाबी गर्छन् कि फोल्डेबल फोन प्रविधिको भविष्य हो र यो उत्पादकता बढाउन मद्दत गर्छ ।
फोल्डेबल स्मार्टफोनका कमजोरीहरू
उच्च मूल्यः परम्परागत फ्ल्यागशिप फोनको तुलनामा यसको मूल्य धेरै महँगो हुन्छ । नेपालमा अधिकांश फोल्डेबल फोनको मूल्य १ लाख भारु भन्दा माथि हुन्छ, जुन धेरै ग्राहकहरूको बजेटभन्दा बाहिरको कुरा हो ।
कमजोर निर्माण सामग्रीः
यी फोनको स्क्रिन प्लास्टिक वा धेरै पातलो ग्लास बाट बनेको हुन्छ, जसले गर्दा सजिलै खरोंच लाग्न सक्छ । पटक–पटक मोड्दा स्क्रिनमा ड्यामेज हुने वा निशान बस्ने सम्भावना उच्च हुन्छ ।
बैट्री र क्यामेरा प्रदर्शन कमजोरः
यस्ता फोनको बैट्री लाइफ प्रायः औसत हुन्छ । उस्तै मूल्यका नन–फोल्डेबल फोनहरू प्रायः राम्रो क्यामेरा र टिकाउ बैट्री दिन्छन् ।
के फोल्डेबल स्मार्टफोन केवल टे्रन्ड मात्र हो?
मोबाइल कम्पनीहरूमा नयाँ प्रविधिहरूलाई बढी प्रचार गरेर ग्राहकलाई महँगा डिभाइस किन्न प्रेरित गर्ने प्रवृत्ति देखिन्छ । सुरुवाती मोडेलहरूमा धेरै समस्या देखिएका छन् ।
यद्यपि, कम्पनीहरूले यसलाई “भविष्यको प्रविधि“ भनेर प्रचार गर्छन्, जबकि यसको व्यावहारिक उपयोगिता सीमित छ ।
बिक्रीको तथ्यांक हेर्दा पनि यी फोनहरू अझै आम उपभोक्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न सक्षम छैनन् ।
प्रायः मानिसहरू यसलाई स्टाटस सिम्बोल वा परीक्षणका रूपमा मात्र खरिद गर्छन्, न कि दैनिक प्रयोगका लागि ।
के तपाईं फोल्डेबल स्मार्टफोन किन्नुहुन्छ?
फोल्डेबल स्मार्टफोन किन्नु फाइदाजनक मात्र तब हुनसक्छ, यदि तपाईंलाईः
- ठूलो स्क्रिन र मल्टीटास्किङ चाहिएको छ ।
- तपाईं महँगो मोबाइलमा लगानी गर्न इच्छुक हुनुहुन्छ ।
तर, साधारण ग्राहकहरूका लागि, जसले टिकाउ, किफायती र बहुप्रयोगी मोबाइल चाहन्छन्, यो अझै पनि जोखिमपूर्ण विकल्प हुन सक्छ । प्रविधिका रूपमा यो प्रभावशाली छ, तर मोबाइल कम्पनीहरूले प्रचार गरिरहेका जति क्रान्तिकारी भने होइन् ।
त्यसैले, फोल्डेबल स्मार्टफोन किन्नु अघि तपाईंको आवश्यकता र बजेट विचार गर्नुहोस् । के यो भविष्य हो या केवल महँगो प्रयोग? यसको जवाफ समयले मात्र दिनेछ ।
टिप्स
फोनको कभरभित्र नोट वा कार्ड राख्ने बानी छ ? सावधान! तपाईँको स्मार्टफोन विस्फोट हुन सक्छ
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ । बैंकिङदेखि खरिद बिक्रीसम्म, लगभग हरेक काम अहिले यही डिभाइसमा निर्भर भएको …
एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?
तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन त…
युट्युबमा करियर बनाउँदै हुनुहुन्छ? थ्री-स्ट्राइकको नियम नबुझी अगाडि नबढ्नुहोस्
यदि तपाईं पनि एक क्रिएटर हुनुहुन्छ वा युट्युब क्रिएटर्सको रूपमा आफ्नो करियर बनाउने सोचमा हुनुहुन्छ भने यो खबर तपाईंका लागि उपयोगी हुन सक्छ। आज हामी तपाईंल…
प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्नुअघि यी महत्त्वपूर्ण विशेषताहरू जान्नुहोस्
यदि तपाईं बजेट स्मार्टफोनबाट प्रीमियम स्मार्टफोनमा अपग्रेड गर्ने योजना बनाइरहनु भएको छ भने बुझ्नुपर्छ कि प्रीमियम स्मार्टफोन केवल म…
कन्टेन्ट क्रियटरका लागि ६ उत्कृष्ट एआई टूल्स: समय बचत र प्रोडक्टिभिटी बूस्ट गर्ने
अहिलेको एकदमै गतिशील संसारमा, कन्टेन्ट क्रिएसन कुनै सानो कुरा रहेन। चाहे तपाईं ब्लगर होस्, डिजिटल मार्केटर, वा कुनै व्यवस…
तपाईंले के खोज्नुभयो, कसैलाई थाहा हुने छैन: यसरी मेटाउनुहोस् इन्कग्निटो सर्च इतिहास
इन्कग्निटो मोड तपाईंको ब्राउजरलाई सर्च इतिहास, कुकीज, र अस्थायी डेटा भण्डारण गर्नबाट रोक्नका लागि डिजाइन गरिएको हुन्छ । तर, तपाई…
अब गूगल फोटोजको स्टोरेज कहिल्यै फुल हुँदैन, अपनाउनुहोस् यी सरल उपाय
के तपाईं पनि गूगल फोटोज प्रयोग गर्नुहुन्छ र यसको स्टोरेज भरिन थालेको समस्याले हैरान हुनुहुन्छ? यदि तपाईंलाई बारम्बार स्टोरेज भर…
सस्तो स्मार्टफोनबाट पनि खिच्न सकिन्छ उत्कृष्ट तस्बिर, जान्नुस् यी ६ सरल फोटोग्राफी ट्रिक्स
आजको समयमा स्मार्टफोन प्रत्येक व्यक्तिको सबैभन्दा नजिकको साथी बनेको छ । तपाईं जहाँ गए पनि आफ्नो स्मार्टफोन साथमा बोक्नुहुन्छ र आवश्य…
स्मार्टफोनको लतले सम्बन्धमा असर: ‘फबिङ’ ट्रेन्डले सम्बन्ध बिगार्दै
आजको डिजिटल युगमा सम्बन्धहरूमा विभिन्न नयाँ ट्रेन्डको प्रभाव परेको छ । हालै एउटा नयाँ डेटिङ टर्म ‘फबिङ’ (Phu…
भिजेको स्मार्टफोन सुकाउनका लागि चामल सही उपाय हो ?
भिजेका ग्याजेट्स, विशेषगरी स्मार्टफोन सुकाउने घरेलु उपाय (डिआईवाई समाधान) को रूपमा काँचो चामलको भाडोमा राख्ने गरि…
असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्
आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।
हप्तामा एकपटक फोन रीस्टार्ट: स्मार्टफोनको गति, ब्याट्री र सुरक्षामा हुन्छ ठूला फाइदा
धेरैजसो मानिसहरू फोन ढिलो चल्ने वा ह्याङ हुने समस्याबाट हैरान भइरहन्छन् । तर, जान्न लायक कुरा के छ भने – यो समस्याबाट धे…
गर्मीमा स्मार्टफोनको ब्याट्री छिट्टै तातिन्छ ? यी उपाय अपनाउनुहोस्
गर्मीको मौसममा अधिकांश मानिसहरूले स्मार्टफोनको ब्याट्री छिट्टै तात्ने समस्याको सामना गर्नुपर्छ । धेरै स्मार्टफोनहरूमा यो समस्या देखिन्छ ।
गर्मीको समयमा…
स्मार्टफोन बिग्रिनुअघि देखिने ५ प्रमुख संकेत
आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै सम्पन्न गर्न सकिन्छ । किनमेल गर्नेदेख…
मोबाइलमा बारम्बार नेटवर्क नआउने समस्या छ ? यसरी गर्न सकिन्छ समाधान
स्मार्टफोन हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यो डिभाइसले आजका धेरै कामहरू मिनेटमै पुरा गरिदिन्छ । एआईको आगमनले त…