कीवर्डहरू -

टिप्स

साइबर सुरक्षा: असुरक्षित वेबसाइटहरूबाट जोगिन यी ३ तरिकाहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा अनलाइन सपिङ, बैंकिङ, र अन्य सेवाहरूको लागि वेबसाइटहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।

तर, साइबर अपराधहरूको बढ्दो घटनाका कारण सुरक्षित (सिक्योर) वेबसाइटहरूको मात्र प्रयोग गर्नु आवश्यक भएको छ ।

असुरक्षित वेबसाइटमार्फत तपाईंको व्यक्तिगत तथा वित्तीय डेटा चोरी हुन सक्छ, त्यसैले कुनै वेबसाइट सुरक्षित छ वा छैन भनेर चिन्ने तरिका जान्नु जरुरी छ । यहाँ हामी तपाईंलाई तीन प्रमुख तरिकाहरू बताउनेछौँ ।

१. एचटीटीपीएस प्रोटोकल जाँच गर्नुहोस्

यदि कुनै वेबसाइटको यूआरएल 'https://' बाट सुरू हुन्छ भने, यसको अर्थ वेबसाइट सुरक्षित छ । “एस“ को अर्थ “सिक्योर“ हो, जसले देखाउँछ कि साइट एसएसएल (सिक्योर सकेट्स लेयर) सर्टिफिकेटद्वारा सुरक्षित छ । असुरक्षित वेबसाइटहरू 'http://' बाट सुरू हुन्छन्, जसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

२. प्याडलक (ताला) चिह्न जाँच गर्नुहोस्

ब्राउजरको एड्रेस बारमा वेबसाइटको यूआरएलको बाँया पट्टि सानो ताला चिह्न देखिन्छ भने, वेबसाइट सुरक्षित भएको संकेत गर्छ । यदि यो ताला देखिँदैन वा कुनै चेतावनी सन्देश आउँछ भने, वेबसाइट असुरक्षित हुन सक्छ ।

३. वेबसाइटको डोमेन र विवरण जाँच गर्नुहोस्

धेरै नक्कली वेबसाइटहरू वास्तविक साइटजस्तै देखिन्छन्, तर तिनका डोमेन नाममा साना परिवर्तन भएका हुन्छन् (जस्तै दराज.कम)। त्यसैले, वेबसाइटको डोमेन ध्यानपूर्वक जाँच गर्नुहोस् । साथै 'अबाउरट अस' वा 'कन्ट्याक्ट' पेजमा गएर त्यस वेबसाइटको मालिक र विश्वसनीयता पुष्टि गर्न सकिने छ । 

 

टिप्स

होटल रुममा हिडन क्यामेरा पत्ता लगाउने तरिका, स्मार्टफोनकै सहायताले कसरी सुरक्षित रहने?

होटल कोठामा लुकेका क्यामेरा पत्ता लगाउने सजिलो तरिका, तपाईंको स्मार्टफोनले नै गर्न सक्छ सहायता
यदि तपाईं घुमफिर गर्न मन…

ल्यापटपको ब्याट्री लाइफ बढाउने उपाय, यस्ता टिप्स अपनाएर पाउनुहोस् लामो ब्याकअप

आजको डिजिटल युगमा ल्यापटप हाम्रो कामकाज र मनोरञ्जनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । तर कहिलेकाहीं ब्याट्रीको कम ब्याकअपले हामील…

फोन स्पीकरलाई क्षतिबाट जोगाउन यी उपायहरू अपनाउनुहोस्

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको  छ । तर के तपाईंलाई थाहा छ कि गलत प्रयोगले तपाईंको …

ह्वाट्सएपका उपयोगी सुविधाहरू: एआई स्टुडियोदेखि नम्बर सेभ नगरी कल गर्नेसम्म

ह्वाट्सएप अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो र लोकप्रिय इन्स्ट्यान्ट मल्टिमिडिया मेसेजिङ एप हो, जुन अफिसका कामदेखि व्यक्तिगत कामसम्…

आईफोनबारे प्रचलित ५ भ्रम

आईफोनबारे धेरै गलत धारणा फैलिएका छन्, जसमा मानिसहरू आँखा चिम्लेर विश्वास गर्छन्।

यीमध्ये…

च्याटजीपीटीमा गूगल ड्राइभ लिंक गर्ने तरिका

ओपनएआईको एआई च्याटटुल च्याटजीपीटी आजकल हरकोही प्रयोग गरिरहेका हुन्छन् ।

यदि तपाईं च्याटज…

बिल गेट्सको सफलता पछाडि लुकेका ५ प्रमुख बानी, जुन तपाईंले पनि अपनाउन सक्नुहुन्छ !

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले प्रविधि उद्योगमा छुट्टै पहिचान छ । उनी आफ्नो प्रडक्टिभिटी र सफलताका लागि परिचित …

स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई सजिलै रिकभर गर्ने तरिका

स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै …

स्मार्टफोन सफा गर्ने सही तरिका: स्वास्थ्य र सुरक्षाका लागि ध्यान दिनुपर्ने उपायहरू

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । खानाको टेबलदेखि बाथरुमसम्म प्रयोग गर्छौं।

एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन तपाईलाई पनि थाहा हुनुपर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्मार्टफोनका सबै फिचर्स र सुविधा…

जो पायो त्यही लिंकमा क्लिक नगर्नुहोस्, नत्र ह्याकिङको शिकार बन्न सक्नुहुन्छ

डिजिटल युगमा साइबर सुरक्षा अति नै महत्त्वपूर्ण भइसकेको छ । हामीहरूको धेरै जसो समयमै अनलाइनमै बित्ने गरेको छ । 

<…

इलेक्ट्रिक केटल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

जाडो महिनामा पानी तताउने सामानहरूको प्रयोग बढ्छ । मानिसहरू पानी छिटो तताउनको लागि वाटर केटलको प्रयोग गर्छन् ।

च्याटबटसँग संवेदनशील जानकारी शेयर नगर्न विज्ञहरूको चेतावनी, कस्ता जानकारी शेयर नगर्ने ?

च्याटबटहरू सहायक र विश्वसनीय असिस्टेन्ट जस्तो लाग्न सक्छन् । तर, विशेषज्ञहरूले तिनीहरूप्रति धेरै भरोसा गर्न सचेत गराएका छन् । विशेष…

स्मार्टफोनको ब्याट्री बचाउने उपाय: सरल टिप्सले बढाउन सकिन्छ ब्याट्री ब्याकअप

स्मार्टफोन अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । धेरै कामहरू यस्ता छन् जुन स्मार्टफोन बिना गर्न गाह्रो हुन्छ । फोनला…

किन पासवर्ड म्यानेजर प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।