टिप्स
वेबसाइट बनाउन के गर्ने ?
कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो व्यवसायको लागि एउटा वेबसाइट बनाउन चाहनुहुन्छ भने सही उपकरण र स्रोतहरूको प्रयोग गरेर सजिलै गर्न सक्नुहुन्छ ।
यो स्टेप–बाई–स्टेप गाइडले तपाईंलाई फ्रील्यान्सर, एजेन्सी वा वेबसाइट निर्माताका लागि पैसा खर्च नगरी वेबसाइट बनाउन मद्दत गर्नेछ । वेबसाइट बनाउनको लागि तपाईंलाई निम्न चीजहरूको आवश्यकता पर्छ ।
- डोमेन नाम (तपाईंको कस्टम वेब ठेगाना)
- वेबसाइट होस्टिंग (तपाईंको वेबसाइटलाई होस्ट गर्ने सेवा)
- वर्डप्रेस (वेबसाइट निर्माण गर्ने प्लेटफर्म)
डोमेन नाम
वेबसाइट बनाउनका लागि तपाईंलाई सबैभन्दा पहिले एक डोमेन नामको आवश्यकता पर्छ । डोमेन नाम तपाईंको वेबसाइटको नाम र ठेगाना हो । जस्तै ictsamachar.com एउटा डोमेन नाम हो । यो नाममा गएपछि आईसीटी समाचारको बारेमा थाहा पाइन्छ ।
डोमेन नामको शुल्क प्रतिवर्ष १० डलर देखि ५० डलरसम्म पर्छ । सामान्य वेबसाईटको मूल्य ट्याग लगभग १५ डलर हुन्छ । आवश्यकता अनुसार डोमेनका लागि एक्टेन्सन छनौट गर्न सकिन्छ ।
नेपालमा पनि नेस्ट नेपाल, प्रभु होस्ट, बबाल होस्ट, वेब होस्ट नेपाल, हिमालयन होस्ट, कैलाश क्लाउड, ई-होस्टिङ सर्भर लगायतका माध्यमको प्रयोग गरी डोमेन खरिद गर्न सकिने छ । यी माध्यमबाट डोमेन खरिद गर्नका लागि ईसेवा, खल्ती वा फोनपेबाट पैसा ट्रान्सफर समेत गर्न सकिने छ ।
वेब होस्टिङ
डोमेन नाम राख्नुु बाहेक तपाईंलाई वेबसाइट होस्टिंग (वेब होस्टिंग) को पनि आवश्यकता पर्छ । वेब होस्टिंग एक यस्तो सेवा हो जसले तपाईंको वेबसाईट फाइल्स (कन्टेन्ट) लाई एक सेक्योर्ड सर्भरमा होस्ट र संग्रहित गर्छ जुन सधैं चलिरहेको हुन्छ ।
नयाँ वेबसाइटका लागि सस्तो र विश्वसनीय वेब होस्टिंगको लागत सामान्यतः ३ डलर देखि १० डलरप्रति महिना हुन्छ । जस्तै आईसीटी समाचार डटकम खोल्ने बित्तिकै देखाउने कन्टेन्टहरू कुनै एउटा होस्टिङ सेवा प्रदायकको होस्टिङ गरिएको हुन्छ । त्यसपछि मात्रै तपाईहरूलाई देखाउँछ ।
नेपालमा नेस्ट नेपाल, प्रभु होस्ट, बबाल होस्ट, वेब होस्ट नेपाल, हिमालयन होस्ट, कैलाश क्लाउड, ई-होस्टिङ सर्भर लगायतका माध्यमको प्रयोग गरी डोमेनसँगै होस्टिङ पनि खरिद गर्न सकिने छ । यी माध्यमबाट होस्टिङ खरिद गर्नका लागि ईसेवा, खल्ती वा फोनपेबाट पैसा ट्रान्सफर समेत गर्न सकिने छ ।
वर्डप्रेस
डोमेन र होस्टिंग भएमा वर्डप्रेसको प्रयोग गरी वेबसाइट बनाउन सकिन्छ । वर्डप्रेस सबैभन्दा लोकप्रिय वेबसाइट निर्माण प्लेटफर्म हो, जसको उपयोग इन्टरनेटमा सबै वेबसाइटहरूको कुल ३५ प्रतिशतद्वारा भइरहेको छ ।
वर्डप्रेसको इन्स्टल सामान्यतः तपाईंको वेब होस्टिंग सेवाको माध्यमबाट गर्न सकिन्छ । वेबसप्रेसमा भएका थिम र प्लगिनको प्रयोग गरेर आफुलाई आवश्यक पर्ने वेबसाइट डिजाइन गर्न सकिने छ ।
एक पटक डोमेन नाम र वेब होस्टिंङ खरिद गरेपछि वर्डप्रेस इन्स्टल गर्नुपर्छ । वेब होस्टिङमा गएर एकै क्लिकमा वर्डप्रेस इन्स्टल गर्न सकिने छ ।
त्यसपछि त्यहाँ भएको निःशुल्क थिम प्रयोग गरेर वा खरिद गरेको थिम अपलोड गरेर साइट डिजाइन गर्न सकिने छ । यस बाहेक आवश्यक पर्ने प्लगिन पनि निःशुल्क वा सःशुल्क प्रयोग गर्न सकिने छ ।
कोडिङ नजानेको व्यक्तिले पनि सजिलै वर्डप्रेसको प्रयोग गरी प्रोफेसनल वेबसाइट तयार गर्न सक्छ । यस बाहेक वेबसाइट बनाउने विस्तृत जानकारी युट्युब भिडियो बा गूगलमा सजिलै पाउन सक्नु हुनेछ ।
टिप्स
युट्युब च्यानलको कस्टम यूआरएल बनाउन यस्तो गर्नुहोस्
कस्टम यूआरल युट्युब च्यानललाई एक्सेस गर्नको लागि सबैभन्दा सरल र सजिलै सम्झन योग्य वेब एड्रेस मानिन्छ । यसको प्रयोग गर्दै युट्युब च्या…
दिपावालीमा अनलाइन शपिंग गर्दा यी सावधानी अपनाउनुहोस्, ठगीबाट सुरक्षित रहनुहोस्
दिपावालीको पर्व आउनै लागेको छ । यस अवधिमा घर सजाउनको लागि मानिसहरू धेरै किनमेल गर्छन् । केही मानिस बजारमा गएर सामान किन्न रुचाउँछन् भने केही घरमै बसेर …
मोबाइल डेटा बचतका लागि महत्त्वपूर्ण टिप्स
आजको समयमा धेरैजसो मानिसहरू स्मार्टफोनको प्रयोग गर्छन् । तर, इन्टरनेट बिना कुनै पनि फोन खासै कामलाग्दो हुँदैन् । केही समय अघिदे…
स्पाइवेयरबाट कसरी बच्ने?
स्पाईवेयर एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि एक सामान्य समस्या हो जुन सामान्यतया गलत एप डाउनलोड, शङ्कास्पद लिङ्क वा जुुन मन लाग्यो त्यह…
चाडपर्वमा फोटो खिच्दा ध्यान दिनुपर्ने पक्ष
चाडपर्वका हरेक क्षणलाई क्यामेरामा कैद गर्ने चाहना सबैको हुन्छ । दीपावलीमा फोटो खिच्ने धेरै अवसरहरू हुन्छन् । रंगी–ब…
गुगल म्यापका उत्कृष्ट फिचर: यात्रालाई सजिलो, छिटो र रमाइलो बनाउने सुविधाहरू
गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ …
नियमित फोन स्वीच अफ गरेबापत हुने सात फाइदाहरु यस्ता छन्
स्मार्टफोन हाल हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । यदि तपाईंसँग सोधियो भने तपाईँले आफ्नो फोन अन्तिम पटक कहिले स्वीच अफ…
एन्ड्रोइड स्मार्टफोनमा लुकेका केही विशेष फिचर्स जुन सबै प्रयोगकर्ताले थाहा पाउनैपर्छ
यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसको केही विशेष फिचर्सको बारेमा जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो …
नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा च्याट गर्न यस्तो गर्नुहोस्
पपुलर म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपको प्रयोग विश्वभर करोडौं मानिसहरूले गर्छन् । प्रयोगकर्ताहरूको अनुभवलाई रमाइलो बनाउनका लागि ह्वाट्सएपले धेरै यस्ता फिचरहरू प्रद…
स्मार्टफोनमा आगो लाग्ने पाँच प्रमुख कारण र त्यसबाट जोगिने उपायहरू, जान्नैपर्ने जानकारी
स्मार्टफोन अहिले मानिसहरूको जीवनको एक महत्वपूर्ण भाग बनेको छ । तपाईंले कतिपय समय फोनमा आगो लाग्ने खबर सुन्नुभएको होला ।…
यी हुन् प्रमुख क्लाउड स्टोरेज प्लेटफर्म, यसरी गर्नुहोस् प्रयोग
क्लाउड स्टोरेजको नाम त तपाईंले सुन्नुभएको नै होला । साधारणतया हामी हाम्रो डिजिटल सामान जस्तै फोटो, भिडियो, अडियो आदि क्लाउड स्…
इयरबड्स प्रयोगकर्ताले थाहा पाउनैपर्ने ६०:६० नियम के हो ?
लामो तार भएका इयरफोनहरू आजकल धेरै कम प्रयोगमा देखिन्छन् । तिनको ठाउँमा साना साइजका ताररहित इयरबड्सले लिएका छन् । यिनीहर…
मोबाइलमा एप खोल्दा अचानक बन्द हुन्छ ? यसरी गर्नुहोस् समाधान
एप क्र्यास हुनु स्मार्टफोनको प्रयोगमा सामान्य समस्या हो । खोल्ने प्रयास गर्दा एप अचानक बन्द हुनुले जो कोहीलाई सताउन सक्छ ।
<…फोनको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली
बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …
इयरबड किन्दा ध्यान दिनुपर्ने पाँच कुरा
मानिसहरूको आवश्यकता अनुसार, इयरबड एक आवश्यक ग्याजेट भइसकेको छ । विस्तारै एयरफोन र हेडफोनलाई इयरबडले विस्थापित…