कीवर्डहरू -

टिप्स

स्मार्टफोनको ब्याट्री बचाउने उपाय: सरल टिप्सले बढाउन सकिन्छ ब्याट्री ब्याकअप

स्मार्टफोन अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । धेरै कामहरू यस्ता छन् जुन स्मार्टफोन बिना गर्न गाह्रो हुन्छ । फोनलाई सदैव साथीसँगै राख्नका लागि लामो ब्याट्री ब्याकअप आवश्यक पर्छ, तर यो धेरै मानिसहरूको ठूलो समस्या बनेको छ । आजकालका स्मार्टफोनमा विभिन्न एडभान्स फिचरहरू भएका कारण ब्याट्री ब्याकअपको समस्या झनै गम्भीर देखिन्छ ।  
 
यदि तपाईं पनि यस समस्याबाट प्रभावित हुनुहुन्छ भने, चिन्ता गर्न आवश्यक छैन् । बरु, तपाईंले केही कुरामा ध्यान दिनुपर्छ जसले तपाईंको स्मार्टफोनको ब्याट्री ब्याकअप सुधार गर्न मद्दत गर्नेछ ।  
 
स्क्रिनको ब्राइटनेस कम गर्नुहोस्  

स्क्रिन ब्राइटनेस यस्तो तत्व हो जसले सबैभन्दा धेरै र छिटो ब्याट्री खपत गर्छ । छिट्टै ब्याट्री समाप्त हुने समस्या अक्सर ती व्यक्तिहरूलाई सताउँछ, जसले रातदिन फुल ब्राइटनेसमा फोन चलाउँछन् । त्यसैले, तपाईंले स्क्रिनको ब्राइटनेस कम गर्नु अत्यन्तै आवश्यक छ । यसले ब्याट्री ब्याकअपलाई धेरै सुधार गर्न सक्छ । तपाईंले स्क्रिन ब्राइटनेसलाई अटोमेटिक मोडमा राख्न सक्नुहुन्छ, जसले आवश्यकता अनुसार आफैं कम वा बढी हुन्छ ।  

 ब्लुटुथ र वाइफाई बन्द गर्नुहोस्  

जब ब्लुटुथ र वाइफाईको आवश्यकता हुँदैन, तब यसलाई खुला राख्नुको कुनै मतलब हुँदैन् । त्यसैले, ब्याट्री बचाउनका लागि यी फिचरहरू बन्द गर्नुहोस् ।  

ब्याकग्राउन्ड एप्स बन्द गर्नुहोस्  

स्मार्टफोनमा केही यस्ता एप्स हुन्छन्, जसले नचलाउँदा पनि ब्याट्री खपत गरिरहेका हुन्छन् । त्यसैले, यी एप्सलाई बन्द गर्नु नै उचित हुन्छ । विशेष गरी, ब्याकग्राउन्डमा चलिरहेका एप्सले ब्याट्री छिट्टै समाप्त गराउँछन् ।  

पावर सेभिङ मोड प्रयोग गर्नुहोस्  

पावर सेभिङ मोड ब्याट्री ब्याकअप बढाउन उपयोगी विकल्प हो। यसले ती कुराहरूलाई स्वचालित रूपमा बन्द गर्छ, जसको हरेक समय आवश्यकता हुँदैन् । यो मोड अन गर्दा ब्याट्रीको खपत कम हुन्छ ।  

ब्याट्रीलाई सही तरिकाले चार्ज गर्नुहोस्  

स्मार्टफोनको ब्याट्रीलाई सही तरिकाले चार्ज गर्नाले ब्याट्री ब्याकअप बढ्न सक्छ। त्यसैले, ब्याट्रीलाई ० प्रतिशत देखि १०० प्रतिशतसम्म चार्ज गर्न प्रयास गर्नुहोस् र बारम्बार चार्ज गर्नबाट बच्नुहोस् । साथै, चार्ज गर्ने क्रममा फोन प्रयोग नगर्नुहोस् ।  

 

टिप्स

टिकटकमा फ्लोअर कसरी बढाउने ?

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । टिकटक धेरैले प्रयोग गरेपनि फ्लोअर बढाउन सकिरहेका ह…

गूगललाई लोकेसन ट्रयाक गर्नबाट रोक्ने सजिलो उपाय

आजको डिजिटल युगमा हाम्रो हरेक गतिविधि अनलाइन रेकर्ड हुन्छ, र लोकेशन ट्र्याकिंग यसको महत्त्वपूर्ण हिस्सा हो । गूगलजस्ता कम्पनीहरूले…

एडसेन्सदेखि सुपर च्याटसम्म: युट्युबमार्फत कमाइ गर्ने पाँच प्रमुख उपाय

यूट्यूब लाखौँ–करोडौँ प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको माध्यम हो । यो प्लेटफर्म विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्…

पहिलो पटक ल्यापटप किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् उपयुक्त ल्यापटप

पहिलो पटक ल्यापटप किन्नु महत्त्वपूर्ण निर्णय हो । आफ्नो आवश्यकता र बजेटअनुसार सही विकल्प छान्नुपर्ने हुन्छ ।

अकाउन्ट सुरक्षित राख्नका लागि उत्तम पासवर्ड कसरी छनोट गर्ने?

फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अका…

स्मार्टफोन स्क्रिन गार्ड: सुरक्षाका साथ संभावित जोखिमहरूको खुलासा

स्मार्टफोनको स्क्रीन यसको सबैभन्दा महत्वपूर्ण भाग हो, किनभने स्क्रिनबिना स्मार्टफोन प्रयोग गर्न गाह्रो हुन्छ । स्क्रिन गार्डको प्रयोग सामा…

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

मोबाइलको लतले हैरान पारेको छ ? यी सेटिङ सक्रिय गर्नुहोस्

स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…

गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय

ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् । यो उच्च–प्रविधि ठगी हो, जहाँ स्क्यामरहरूले प्रयोगकर्ता र गुगललाई फरक सामग्री देखाउँछन् । …

यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो पनि ब…

फोनको स्टोरेज क्लिन गर्न जान्नुहोस् सरल टिप्स

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …

फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय

साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ …

पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्

तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, …

जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स

जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गर…

एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन सबै प्रयोगकर्ताले थाहा पाउनै पर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्म…