कीवर्डहरू -

टिप्स

गुगल फोटोजबाट आइक्लाउड फोटोजमा क्लाउड–आधारित डेटा ट्रान्सफर: एन्ड्रोइडदेखि आइफोनमा सहज स्विचिंग

यदि तपाईं एन्ड्रोइडबाट आईफोनमा स्विच गर्दै हुनुहुन्छ वा तपाईंका सबै तस्वीर र भिडियोहरू एउटै प्लेटफर्ममा संग्रहित गर्न चाहनुहुन्छ भने, गुगल फोटोसबाट एप्पल आइक्लाउडमा डेटा ट्रान्सफर गर्नु अनिवार्य हुन्छ। एप्पल र गुगल दुवैले आ–आफ्ना क्लाउड प्रणाली (आइक्लाउड फोटोस र गुगल फोटोस) मार्फत स्मार्ट अर्गनाइजेसन र अटोम्याटिक ब्याकअपको सुविधा दिन्छन्, तर दुवै बीच सीधै सिन्किङ सम्भव छैन। यद्यपि गुगलले अब एउटै विकल्प दिन्छ, जसले म्यानुअल डाउनलोड/अपलोडको झन्झट बिना नै तपाईंको गुगल फोटोस डेटा सिधै आइक्लाउड फोटोसमा ट्रान्सफर गर्न सकिन्छ।

ट्रान्सफर सुरु गर्नु अघि ध्यान दिनुहोस्

  • यो सुविधा बालबालिका खाता (Children’s Account) वा म्यानेज्ड एप्पल आइडीका लागि उपलब्ध छैन।

  • यदि तपाईंको आइक्लाउड खातामा एड्भान्स्ड डाटा प्रोटेक्सन अन छ भने ट्रान्सफर काम गर्ने छैन।

  • गुगल फोटोसबाट फाइल ट्रान्सफर गर्दा तपाईंका मूल (Original) फाइलहरू गुगल खाताबाट मेटिँदैनन्।

  • पुरा प्रक्रिया क्लाउड-आधारित भएकोले डाउनलोड वा अपलोड गर्नुपर्दैन।

  • ट्रान्सफरको समय तपाईंको डेटा परिमाणअनुसार केही घण्टादेखि धेरै दिनसम्म लाग्न सक्छ।

ट्रान्सफर सुरु गर्नु अघि चेक गर्नुपर्ने कुराहरू

  1. आइक्लाउड फोटोस (iCloud Photos) अन गर्नुहोस्।

  2. आइक्लाउड ड्राइभ (iCloud Drive) अन गर्नुहोस्।

  3. पर्याप्त आइक्लाउड स्टोरेज भएको सुनिश्चित गर्नुहोस्।

    • यदि ट्रान्सफरबीचमा स्टोरेज एरर आएमा, पहिले स्टोरेज बढाएर फेरि ट्रान्सफर गर्नुहोस्।

    • डुप्लिकेट फाइलहरू आइक्लाउडमा जोडिने छैनन्।

कुन-कुन फाइलहरू ट्रान्सफर हुन सक्छन्?

  • फोटो फाइल्स: जेपेग (JPEG), हेइक (HEIC), पिएनजी (PNG), जिफ (GIF), टिफ (TIFF), र (RAW), बीएमपी (BMP)

  • भिडियो फाइल्स: एमपी४ (MP4), मुभ (MOV) (अधिकांश)

  • ट्रान्सफरमा गुगलले उपलब्ध गराएको मूल रिजोल्युसनमै फाइलहरू मिल्छन्।

  • लाइभ फोटोस (Live Photos), मोसन फोटोस (Motion Photos) र मेमोरीज (Memories) ट्रान्सफर हुँदैनन्

गुगल फोटोसबाट आइक्लाउड फोटोसमा डेटा ट्रान्सफर कसरी गर्ने?

  1. गुगल टेकोउट (Google Takeout) पेजमा जानुहोस्: takeout.google.com

  2. गुगल फोटोसबाट एक्सपोर्ट सुरु गर्ने निर्देशनहरू पालना गर्नुहोस्।

  3. डेस्टिनेसन (Destination) को रूपमा “एप्पल आइक्लाउड फोटोस” रोज्नुहोस् र आफ्नो एप्पल आइडी (Apple ID) सँग साइन इन गर्नुहोस्।

  4. गुगललाई अनुमति दिनुहोस् कि  आइक्लाउडमा तस्वीर र भिडियोहरू थप्न सकोस्।

  5. ट्रान्सफरको स्थिति हेर्न वा क्यान्सिल गर्न एप्पलको डाटा एण्ड प्राइवेसी वेबसाइटमा जानुहोस्।

  6. ट्रान्सफर सुरु र पूरा भएपछि एप्पलले तपाईंलाई इमेल नोटिफिकेसन पठाउनेछ।

ट्रान्सफर पूरा भएपछि के हुन्छ?

  • एप्पलबाट कन्फर्मेसन ईमेल प्राप्त हुनेछ।

  • तपाईंका तस्वीर र भिडियोहरू फोटोस एप (Photos App) मा नयाँ एल्बम “इम्पोर्ट फ्रम् गुगल” मा देखिनेछन्, जसमा ट्रान्सफरको मिति उल्लेख हुनेछ।

  • यदि कुनै मिडिया फाइल्स हराए जस्तो लागेमा, आइक्लाउड ड्राइभमा सोही नामको फोल्डर भित्र खोज्नुहोस्।

  • फाइलसँग सम्बन्धित मेटाडाटा (जस्तै फाइल नाम, प्रकार, लोकेशन आदि) पनि ट्रान्सफर हुनेछन्।

  • यदि ट्रान्सफर बीचमा आइक्लाउड फोटोस बन्द गर्नुभयो भने, ट्रान्सफर त्यहीँ रोकिनेछ—बाँकी फाइलहरूका लागि पुनः अनुरोध पठाउनुहोस्।

 

 

टिप्स

वेबसाइट Vs पोर्टल: वेबसाइट र वेब पोर्टलमा के फरक छ?

आजको डिजिटल युगमा हामी प्रायः वेबसाइट र वेब पोर्टल जस्ता शब्दहरू प्रयोग गर्छौं, तर के तपाईंले कहिल्यै यी दुईमा के फरक हुन्छ भने…

सिग्नल ठिक छ तर पनि कलिङमा समस्या? यसरी समाधान गर्नुहोस्

के तपाईँले कल गर्दा कल आफैँ काटिन्छ? कहिलेकाहीँ नेटवर्क फुल भएको भए पनि कल गर्न समस्या आउँछ।

के इन्टरनेट एकैपटक विश्वव्यापी रूपमा ठप्प हुन सक्छ? जान्नुहोस् इन्टरनेटको प्रणाली कसरी काम गर्छ

इन्टरनेट अहिले हाम्रो र संसारभरिका धेरै मानिसहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। अनलाइन पढाइदेखि कमाइ, शपिङ, बैंकिङ, इन्टरटेन्मेन्ट, न्यूजसम्म सबै&n…

फोन स्क्रीन 'फ्रिज' हुँदा फोर्स रीस्टार्टले तुरुन्त् समाधान गर्ने सजिलो तरिका

के कहिलेकाहीँ तपाईंको फोन एउटै स्क्रिनमा फ्रिज हुन्छ? त्यसपछि कुनै पनि बटन काम गर्दैन भने अब चिन्ता लिनु पर्दैन। यस्तो कन्डि…

गुगलको ‘स्मार्ट स्टोरेज’ फीचरले थर्ड–पार्टी एप बिना फोनको इन्टरनल स्टोरेज छिटो खाली गर्ने

के तपाईं पनि आफ्नो डिभाइसमा “स्टोरेज फुल” नोटिफिकेशन हेरेर तनावमा परिरहनुभएको छ? अब दुखि हुन आवश्यक छैन। आज हा…

वर्षामा स्मार्टफोन –ल्यापटप बचाउने ५ सजिला टिप्स

मन्सूनको प्रवेश भएदेखि नै देशका धेरै ठाउँहरुमा झमझम बर्षा भइरहेको छ। यस्तै वर्षात् मौसममा भिज्नु हाम्रो स्मार्टफोन र ल्यापटपका लाग…

अनुमति बिना अनलाइनमा पोस्ट गरिएको निजी सामग्री कसरी हटाउने ? यस्ता छन् ५ प्रभावकारी उपाय

सम्बन्धित व्यक्तिको अनुमतिबिना व्यक्तिगत जानकारी शेयर गर्न पाइदैन् । 

यदि अनुमति बिना…

यी ४ निःशुल्क टुल्सले पासवर्ड लिकबारे समयमै दिन्छ चेतावनी

पासवर्डको लिकेज हुनु अहिले सामान्य विषय बनेको छ। दिनहुँ मानिसहरूको पासवर्ड लिक भइरहेका छन्। भर्खरै एक रिपोर्टमा भनिएको थियो क…

म्याग्नेटिक स्पीकर ट्रेन्डले स्मार्टफोन अडियो अनुभवलाई नयाँ उचाइमा दिदै

स्मार्टफोन कम्पनीहरु अब केवल क्यामेरा र प्रोसेसरमा मात्र ध्यान दिइरहेको छैनन्, बरु अडियो एक्सपीरियन्सलाई पनि नयाँ स्तरमा लैजान प्रय…

पावर बैंक किन्दा ध्यान दिनुपर्ने तीन मुख्य कुरा

मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो। यद्यपि अहिलेका स्मार्टफोनहरूमा तुलनात्मक रूपमा ठ…

गुगल म्याप्सको स्ट्रिट भ्यूले प्राइभेसीमा खतरा: घरको तस्वीर ब्लर गरेर यसरी सुरक्षित बनाउने

 

दुनियाभरमा हरेक महिना १ अर्बभन्दा बढी मानिस गुगल म्याप्स प्रयोग गर्छन् । यो एप तपाईंले रोजेको लोकेसनको वरिपरि…

नक्कली ‘अनसब्सक्राइब’ लिंकमा क्लिक गर्दा बढ्दैछ साइबर आक्रमणको जोखिम

केही दिनयता धेरैजसो व्यक्तिहरूका ईमेलहरूमा ‘अनसब्सक्राइब’ सम्बन्धी सन्देशहरू आइरहेका छन् । अधिकांशलाई ती सन्देशहरू व…

डेबिट/एटीएम कार्डमा हुने ईएमभी चिप के हो? कसरी काम गर्छ?

डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएको होला । तर के तपाईंलाई थाहा छ यो…

बर्षा मौसममा स्मार्टफोन सुरक्षित राख्न यी १० अनिवार्य टिप्स अपनाउनुहोस्

पानी पर्ने मौसम चलिरहेको छ र यस क्रममा अफिस वा बाहिर जाँदा तपाईं अचानक पानीमा फस्न सक्छन्। भिजेको हातले स्मार्टफोन चलाउन गाह्रो…

गुगल मेप्सले यात्रा बनाउँछ अझ सहज: यी ७ स्मार्ट फीचर्स थाहा पाउनुहोस्!

जब पनि मार्गदर्शन एपको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा गुगल मेप्स आउँछ, तर यसका धेरै यस्ता फीचर्स छन् जसका बारेमा प्रायः मानि…