अपडेट
ग्रामिण दुरसंचार विकास कोषको रकम प्रविधिको पहुच र डिजिटल साक्षरता बढाउन खर्च गरिनुपर्नेमा जोड
नेपाल सरकारले राजस्व सोचे अनुरुप संकलन नहुने र खर्च बढेको भन्दै ग्रामीण दूरसञ्चार विकास कोषबाट १६ अर्ब रुपैयाँ लिने बताएको छ । बिगतमा पनि केहि अर्ब रकम सरकारले असार मसान्तमा सरकारी खातामा तानेको थियो । दुरसंचार कोष संसदले नेपालका ग्रामीण क्षेत्रहरूमा दूरसञ्चार तथा डिजिटल साक्षरता बढाउनका लागि कार्यान्वयनमा ल्याएको हो।
मुलुकभरि दूरसञ्चारको विकासको लागि मेहनेती नेपाली नागरिकबाट लिइएको रकम उचितरुपमा सदुपयोग गराउनको लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रत्येक नेपाली नागरिकको दूरसञ्चार खर्च बाट २ प्रतिशत र इन्टरनेट खर्चबाट 4 % रकम यसमा जम्मा गरिने गरिएको छ। हरेक बर्ष यस कोषमा २ अर्ब बढि रकम जम्मा हुने गरेको छ । सबै देशवासीहरुले आफ्नो मेहेनतको कमाइबाट केही अंश देश विकासका लागि योगदान गरेका छन् । पछिल्लो समयमा कोषको रकमबाट सुदूर पश्चिम लगायत देशका अन्य पहुँच नपुगेका क्षेत्रहरूमा फाइबर नेटवर्क जडान गर्ने कार्य भएको थियो ।
आउँदो पुस्ताहरूको डिजिटल साक्षरता सुनिश्चित गर्नका लागि देशका विभिन्न ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरूमा कम्प्युटर ल्याब निर्माण गर्ने कार्य पनि सञ्चालन हुँदैछ। यस कोषको रकमबाट सुस्त गतिमा केही विकासका कामहरू चलिरहेता पनि कोषको पूर्वरूपमा सदुपयोग नभएको यो क्षेत्रका बिज्ञहरुले बताएका छन ।
कोषको प्रयोग दूरसञ्चार विकासका कार्यमा भन्दा पनि सरकारी कर्मचारी र नेताहरूलाई तलव तथा भत्ता दिनेमा कार्यमा भइरहेको देखिएकोले उक्त कोषलाइ उदेश्य अनुरुप संचालन गर्न माग गरिएको छ । मुलुकभरि दूरसञ्चारको विकासको लागि मेहनेती नेपाली नागरिकबाट लिइएको रकम उचितरुपमा सदुपयोग गराउनको लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
यस अभियानमा सहमति जनाई आफ्नो योगदानको सहि उपयोग गरिनुपर्ने माग सरकार समक्ष पुर्याउन आइटी क्षेत्रमा लामो समयदेखि क्रियाशील एलेन बेलैचन तुलाधरले आग्रह गरे । नेपाल देशको आर्थिक तथा अन्य सम्पूर्ण विकासका लागि ग्रामीण क्षेत्रको उचित विकास हुन जरुरी छ, जसमा दूरसञ्चार विकास र डिजिटल साक्षरताको भूमिका अपरिहार्य रहेको धेरैको बुझाइ छ । तुलाधरले भने "जनताको पैसा देश विकासका लागि गाउँ गाउँमा पुर्याउन अत्यन्त जरुरी छ , नेता र सरकारी कर्मचारीको गोजीमा होइन" ।
अनलाइन हस्ताक्षर मार्फत सरकार र सम्वन्धित निकायलाइ दबाब दिने उदेश्यले एलेन तुलाधरलाइ साथ् दिदै सयौले यो अभियानमा सहभागिता जनाएका छन । तपाई पनि यो अभियानमा सामेल हुन चाहनुहुन्छ भने यो लिंक क्लिक गरेर आफ्नो विवरण राखी एक्यबद्धता जनाउनुहोस ।
अपडेट
डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेटको सेवा शूल्क तिर्न इन्टरनेट सेवा प्रदायक संघको आग्रह
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले शारीरिक रुपमा पूर्णरुपले अशक्त तथा वृ…
स्यानिटाइजेसन टनेल लगायत प्रविधिको विकासमा काम गर्दै इन्जिनियर्स एशोसियसन
नेपालि इन्जिनियरहरुले कोरोना भाइरस विरुद्ध लड्न विभिन्न सामग्रीको विकास गरेका छन् भ…
फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात
संसारभर फैलिरहेको कोरोना महामारीको कारण सबैजना घरभित्रै बस्न बाध्य छन् । यस लकडाउ…
स्वास्थ्य सेवालाई डिजिटल बनाउदै ‘मेडीडक नेपाल’
के तपाईलाई अस्पताल वा क्लिनिकमा गएर डाक्टरसँग परामर्शको लागि धेरै समय कुर्नु परेको…
प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएमा तत्काल फोन गर्न नेपाल प्रहरीको अनुरोध
केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भिर ध्…
कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको बारेमा बृहत अनलाइन छलफल आयोजना हुदै
अहिले विश्व नै कोरोना अर्थात कोभिड १९ बाट आक्रान्त छ । जतिसुकै विकसित देशहरुले पनि पुर्णरुपमा यसको नियन्त्रण गर्न सकेका छैनन । नेपाल पनि कोरोना रोकथामको…
पाइला टेक्नोलोजीले निर्माण गर्यो कोरोना विरुद्ध लड्न ‘युभी डिसइन्फेक्सन रोबोट’
पाइला टेक्नोलोजीले कोरोना भाइरसविरुद्ध लड्न अल्ट्रा भायोलेट (युभी) डिसइन्फेक्सन रोबो…
इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको अवधिभर ग्राहकहरुको इन्टरनेट निरन्तर सञ्चालन गर्…
एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक, ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने
एप्पलले बुधबार आइफोन एसई सार्वजनिक गरेको छ । लामो समय चर्चामा रहेको सस्तो आइफोन ए…
स्मार्ट पालिकाको बनायो लाईभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै स्थानिय तहलाई निशुल्क दिइने
स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७…
नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफर
के तपाई नेपाल टेलिकमको प्रिपेड सिम प्रयोग गर्नुहुन्छ ? एउटा प्रिपेड सिमबाट अर्को प्र…
कियाले वारेन्टी सुविधा लिने अवधि थप्यो
कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत …
टेलिकमले सुरु गरेको कोरोना सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी
कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएको गोरखापत्रमा आज प्रकाशित…
एनसेलले कोरोना संक्रमित पहिचान गर्न सरकारलाई सहयोग गर्ने, यसरी आफै गर्नुहोस् परीक्षण
एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरो…
लकडाउनमा अनलाइनबाटै विद्यार्थीलाई लेखेर पढाउन सकिने प्रविधि
विश्वभर यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि…