अपडेट
वर्डक्याम्प पोखरा २०१९ यहि मंसिर २१ र २२ मा हुने
पोखरा, ८ मंसिर । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) गते दुई दिन सम्म हुने कार्यक्रम २१ गते (पहिलो दिन) पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा र २२ गते (दोस्रो दिन) रानिपौवा स्थित इन्फमेटिक्स कलेजमा हुने कार्यक्रम संयोजक पितम बहादुर सेनले जानकारी दिए ।
उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका प्रशिक्षकहरुबाट सूचना प्रविधिका विभिन्न विषयमा विज्ञहरुद्धारा प्रशिक्षण तथा सामुहिक छलफल हुने र दोस्रो दिन योगदान दिवस ( Contributors Day ) जसमा वर्डप्रेसका विभिन्न विधाहरु मध्ये भाषा अनुवाद, थिम रिभ्यु तथा सपोर्टका विषयहरुमा कार्यशाला हुने उनले जानकारी दिए । कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, जापान, अमेरिका लगायतका देशका प्रशिक्षकहरुले प्रशिक्षण दिइने जनाइएको छ ।
कार्यक्रममा भाग लिनका लागि रु.१५०० शुल्क निर्धारण गरिएको छ सो शुल्क आगामी मंसिर ३० गते भित्र नाम दर्ता गर्नेहरुको लागि तोकिएको छ र सो भन्दी पछि पनि नाम दर्ता गर्न सकिने तर शुल्क रु.२००० लाग्ने अर्थ संयोजक प्रतिमा शर्माले जानकारी दिइन । जसबाट विभिन्न प्रशिक्षणसँगै कार्यक्रम अवधिभर खाजा, खाना, टि–सर्ट एवं अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिने जनाइएको छ । थप जानकारीका लागि
www.2019.pokhara.wordcamp.org
मा पनि हेर्न सकिने आयोजकले जनाएको छ ।
करिब १० लाखको लागतमा हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनी, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरि ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने छ ।
वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प कार्यक्रम भएको थियो । नेपालमा भने सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ । राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले सन् २०१८ मा कार्यक्रम गरेको थियो । पोखरामा यो कार्यक्रम दोस्रो पटक हुन लागेको हो ।
अपडेट
क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी, समूह सदस्यहरूमा क-कसले जिते ?
काठमाडौं । क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । आज भएको १३औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना …
हाम्रो पात्रोको आफ्नै \'कम्यूनीटि\', अब खरिद-बिक्रि \'हाम्रो पात्रो\'बाटै
नेपालीहरुले सर्वाधिक रुचाएको नेपाली एप्लीकेशन 'हाम्रो पात्रो'ले आफ्ना ५० लाख प्रयोगकर्ताहरुको दैनिकिलाई अझ सहज पार्दै
स्कुले विद्यार्थीका लागी बेलायतको कम्प्युटर पाठ्यक्रम \'डिजी स्कुल\' नेपालमा सुरु
सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतक डिजी प्रोग्राम नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम नि…
शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७ हजारसम्म
एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्…
क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डेको उम्मेदवारी घोषणा, यी हुन् समूह सदस्य उम्मेदवारहरु
काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी…