कीवर्डहरू -

अपडेट

\'राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५\' आगामी वैशाख १३ गते

 राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५ आगामी १३ वैशाख २०७६ मा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा १५ विधामा सम्मान गरिने भएको छ । प्रत्येक प्रदेशबाट १(१ जना र अन्य विधाबाट ७ जना र १ जनालाई लाईफटाईम एचिभमेन्ट पुरस्कार नगद सहित प्रदान गर्ने भएको छ ।


संस्थाले आजैको दिनबाट सबै विधाको लागि आबेदन खुलेको जनाएको छ । आवेदन अनलाईन र ईमेलबाट पनि गर्न सकिने जानकारी दिईएको छ ।

फोटो पत्रकारिताका क्षेत्रमा विगत लामो समयदेखि सक्रियरुपमा क्रियाशील फोटो पत्रकार तथा लामो समय फोटो पत्रकारिता गरी हाल निवृत्त हुनुभएकामध्येबाट एक जनालाई प्रदान गरिने सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।

दैनिक जीवन फोटो पत्रकारिता विधा, खेलकूद फोटो पत्रकारिता विधा, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधा र आर्थिक फोटो पत्रकारितालगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने महासचिव प्रदीपराज वन्तले जानकारी दिए।

त्यसैगरी राजनीतिक फोटो पत्रकारिता विधा, मनोरञ्जन फोटो पत्रकारिता विधा र सातवटै प्रदेशबाट एकएक जनालाई  उत्कृष्ट फोटो पत्रकारिता विधामा सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कार जनही रु २५ हजार छ।

अवार्डका विधाहरु
१ लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५ः लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगतलामो समयदेखि सक्रिय रुपमाक्रियाशीलफोटो पत्रकार तथा लामो समय फोटोपत्रकारीतागरि हालनिवृत्त हुनु भएका हाम्रागुरुहरुहरु मध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
२ दैनिकजीवन फोटोपत्रकारिता विधा ः समाजको दैनिकगतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिने छ ।
३ खेलकुद फोटोपत्रकारीता विधा ः यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा वर्ष भरी उत्कृष्ट फोटो खिच्ने एक जना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४ महिला फोटोपत्रकारिता विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला फोटो पत्रकारहरु मध्ये बाट छनौट गरी एक जना लाई यो पुरस्कार वितरण गरिने छ ।
५ पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा ः देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा गर्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
६ आर्थिक फोटोपत्रकारिता विधा ःव्यापार, व्यवसाय लगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलापहरुको फोटो माध्यमबाट फोटो पत्रकारिता गर्ने एक उत्कृट फोटोपत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्ने छन् ।
७ राजनैतिक फोटोपत्रकारिता विधा ः देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
८ मनोरन्जन फोटोपत्रकारिता विधा ः देशको महत्वपूर्ण मनोरन्जनात्मक गतिविधिलाई फोटोको माध्यमबाट फोटो पत्रकारिता गर्ने एकजना उत्कृष्ट पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिनेछ ।
९ प्रदेश नं। १ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं १ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१० प्रदेश नं। २ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं २ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११ प्रदेश नं ३ उत्कृष्ट फोटोपत्रकारिता विधा ः र ाजधानी बाहिर रहेर प्रदेश नं ३ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१२ प्रदेश नं ४ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं ४ ९गण्डकी० मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१३ प्रदेश नं ५ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं ५ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१४ प्रदेश नं ६ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं ६ ९कर्णाली० मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
५ प्रदेश नं। ७ उत्कृष्ट फोटोपत्रकारिता विधा ः राजधानी बाहिर रहेर प्रदेश नं ७ ९सुदुरपश्चिम० मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।


यसैगरि लामो समय देखि प्रदान गर्दै आइरहेको हाम्रो संस्थाका आजीवन सदस्य हरि गोपाल प्रधानको नाममा स्थापित सम्मान विभन्न शिर्षकमा वितरणगर्दै आइरहेको ९ साहसिक ,खेलकुद, पर्यटन,सम्पर्दा र मनोरन्जन विधाका अग्रज फोटोपत्रकार तथा फोटोग्राफरहरु लाई यो वर्ष वैसाख १३ गतेको विषेश अवार्ड समारोहमा वितरण गरिने छ ।


राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५मा सहभागीताका लागि नियमहरु ः
१। राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष यो अवार्ड बैशाख १३ गते प्रदान गरिने छ ।
२। अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न १५ विधाबाट नगद सहित सम्मानित गरिने छ ।
३। अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १वर्ष काम गरेको हुनुपर्ने र अनलाईन मिडियाको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
४। अवार्डमा सहभागीहुनका लागि सम्पूर्ण फोटोपत्रकारहरुले संस्थाको आधीकारीक इमेलमा आफ्नो वायोडाटा एक प्रति क्यामेरा वोकेको ६ ह् ४ इन्च को आफ्नो फोटो साथै कुन कुन विधामा आवेदन दिन लागेको हो प्रत्येक विधा अन्तरगर्तको फोटो पठाउदा २०७५ साल भरि खिचिएका ५,५ वटा वर्ष उत्कृट फोटो १२ ह् १८ इन्च को ३०० डिपिआइमा क्याप्सन सहित भ्mबष् िस् लाउवलभउबद्दिण्छघ२नmबष् िमा पठाउनु पर्नेछ । साथै धधध।लाउव।यचन।लउ मा पनि अनलाइन फारम भरेर आवेदन दिन सकिने छ ।
५। देशभर फोटोपत्रकारिमा सक्रिय रुपमा काम गर्ने सम्पूर्ण फोटो पत्रकारहरुले सहभागीता जनाउन सक्नु हुनेछ ।
६। प्रदेश फोटोपत्रकारिता अवार्डको हकमा भने प्रदेशमा रहेर वर्ष भरी खिचिएका ५ वटा उत्कृष्ट विभिन्न विधाका फोटोहरु क्याप्सन सहित १२ ह् १८ इन्च को ३०० डिपिआइमा पठाउनु पर्नेछ ।
७। अर्वाडको लागि आवेदन फारम वैसाख ३ गते सम्म पठाइ सक्नु पर्नेछ ।

अपडेट

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ । 

संघीय मामिला तथा सामा…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।…

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

चैत्र १३, काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ ।

विश्वका केहीबजारमा भरखरै स…

\'लिभिङ विथ आइसिटी\'का वार्षिक ग्राहकलाई १ लाखसम्मको दुर्घटना बिमा निशुल्क 

नेपालको सूचना प्रविधि विशेष एकमात्र म्यागजिन लिभिङ विथ आइसिटीको वार्षिक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक भएको छ । विगत ८ वर्षदेखि निरन्तर मासिक रुपम…

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको…

स्मार्ट ड्राइभिङ लाइसेन्स : अत्यावश्यक भएकाले २४ घण्टामै पाउने

अत्यावश्यक भएका नागरिकले स्मार्ट ड्राइभिङ लाइसेन्स २४ घण्टामै पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशन गर्दै नेपालबाट विदेश जाने…

माइक्रोसफ्टले किन बन्द गर्न चाहन्छ विन्डोज ७ ?

काठमाडौं । सफ्टवेयर जायन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ७ बन्द गर्दै छ । २०२० को जनवरी १४ देखि विनडोज ७ का लागि सपोर्ट नगर्ने माइक्रोसफ्…

लगातार ४५ दिन पबजी खेलेका एक युवकको मृत्यु

लोकप्रिय अनलाइन भिडियो गेम पबजी खेलेर समस्यामा परेको विभिन्न रिपोर्टहरु आईरहेका छन् । हालै पबजी खेलेर एक जना प्लेयरको मृत्यु भएको समाचार सार्वजनिक भएको …

डेढ करोड सेवाग्राही सहित स्प्यारो एसएमएस दशौँ वर्षमा प्रवेश

मोबाईल मेसेजिङ सेवा मार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आजदेखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले ड…

इन्स्टाग्रामबाट पनि अब अनलाईन सपिङ गर्न सकिने

काठमाडौं। इन्स्टाग्रामका  प्रयोगकर्ताले  अब इन्स्टाग्रामबाटै अनलाईन सपिङ गर्न सक्नेछन। सोसल …

कोरियन भाषा परीक्षाको फारम अनलाइन बाट भर्न सकिने

काठमाडौं। कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएको छ। अनलाइनमार्फ…

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगललाई तिरायो जरिवाना

काठमाडौं। युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ६८ करोड अमेरिकि डलर जर…

अनलाइन सपिङको पेमेन्टको लागि सजिलो प्लाटफर्म \'एनपे\'

नेपालमा अनलाइन सपिङका साईटहरु धेरै छन । ति अनलाइन सपिङका साईटहरुबाट कुनै पनि चिज हरु खरिद गर्दा तपाईलाई  अनलाइन पेमेन्टको आवश्यकता पर्छ ।

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभर…