कीवर्डहरू -

अपडेट

राइड सेयरिङको लागि ‘सरर’ मोबाइल एप, यस्ता आकर्षक सुविधा

राइड सेयरिङको लागि टेक फर नेपालले ‘सरर’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोरमा उपलब्ध रहेको छ । इच राइड च्यारिटि राइड भन्ने नारासहित सररले मोटरसाइकल र ट्याक्सीको सेवा दिनेछ ।

सररले यो सेवा अहिले परीक्षणको रुपमा सञ्चालन गरिरहेको र छिटै सेवा थाल्ने जानकारी दिएको छ । सररको सेवा प्रयोग गरेपछि पहिलो १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछिको प्रत्येक किलोमिटरमा १३ रुपैयाँ पर्ने छ ।

सररमा चालकको रुपमा आवद्ध हुनको लागि चालक एप डाउनलोड गरी ब्लु बुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखेर रजिस्ट्रेशन गर्नुपर्नेछ । सररमा चालकले २ वटा मोडलमा काम गर्न सक्ने छन्, जसमा पहिलो मोडल भनेको प्रत्येक राइडको ५ प्रतिशत कमिशन दिएर अथवा दोस्रो मोडल भनेको मासिक सब्स्क्राइब गरेर चालकले काम गर्न सक्ने छन ।

मासिक ७ सय ५० रुपैयाँ तिरेर सब्स्क्राइब गर्नेले शत प्रतिशत पैसा आफुले राख्न पाउने छन्  भने मासिक १ हजार तिरेर सब्स्क्राइब गर्नेले यो सगैँ सिमकार्ड (डाटा, भ्वाइसकल), बाइक सर्भि्सिङ, वर्षमा १ पटक स्वदेश घुम्ने मौका पाउने छन् । यस्तै बिमाको पनि व्यावस्था मिलाउने तयारी भइरहेको छ ।

सररमा एड्भान्स बुकिङ गर्न सकिने, २४ घण्टा सेवा, अरुभन्दा सस्तो, फराकिलो सर्भिस एरिया, काठमाडौंभन्दा बाहिरका जिल्लामा पनि सेवा, सधैं जाने आउने ठाउँका लागि सस्तो प्याकेज, हरेक यात्राबाट रु १. सामाजिक कार्यको लागि लगायतका सुविधाहरु रहेका छन् ।

अपडेट

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, नेपालमै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने

विज्ञान प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण भन्ने नारा सहित असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै छ । <…

सबै भन्दा बढि रेडिएसन निकाल्ने मोबाइल साओमीको एमआई ए वान


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको …

ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९ मा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित

काठमाडौं । ओपोले गुगलको क्यामेरा एक्स सपोर्ट गर्ने उपकर…

टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै

नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा …

श्रीयोग डट कमको औपचारिक शुभारम्भ, पार्टटाईम काम गर्ने मौका

तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानि…

एनसिआइटीमा जब प्लेसमेन्ट फेयर आयोजना हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सेप्टेम्बर १३ तारिखको दिन स्नातक तह पुरा गरेका तथा स्नातक अन्तिम वर्षका विद्यार्थ…

प्रभु बैंकले लिमिटेड र यु.के.एड सक्षम बिच सम्झौता

प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसंग “Wealth-Building Financial Service…

आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषता 


एप्पलले आइफोन ११ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स रहेका छ…

नेपाल दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को…