कीवर्डहरू -

अपडेट

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। नेपाल टेलिकमले सुरुमा यो सेवा भारत र चिनमा  मात्र सुरु गेरको छ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार मलेसिया, कतार, युएइ र दक्षिण कोरियामा निकट भविष्यमा सेवा सुरु हुनेछ।

अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन्।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा
प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै
शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभएको थियो । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो ।

अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा *1415# डायल गरेर लिन सकिने छ। कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिनेछ।

अपडेट

एनआइसी एसियाले थप्यो ३ नयाँ शाखा

काठमाडौं। एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा एक गरी ३ नयाँ शाखा थपेको छ। 

 

बैंकले भ…

नेपालमै मोबाइल उत्पादन हुनेः सम्भाव्यता अध्ययन सुरु

काठमाडौं। मेक इन नेपाल योजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्मा…

लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथिको प्रतिबन्ध हटाइयो

काठमाडौं। लोकप्रिय भिडियो सेयरिङ एप टिकटक माथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ। बु…

चौधरी ग्रुपले बजारमा ल्यायो फ्यान र कुलरहरु

काठमाडौ। चौधरी ग्रुपले गर्मि मौसमलाई ध्यानमा राखेर विभिन्न किसिमका फ्यान र कुलरहरु बजार…

रिना मृत्यु प्रकरणमा अतिरञ्जित सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल प्रहरी निगरानीमा

विराटनगर । मोरङ पथरीकी रीना खड्का मृत्यु प्रकरणमा अतिरंजित समाचार सम्प्रेषण गर्ने केही अनलाइन् र युट्युव च्यानललाई प्रहरीले निगरानीमा राखेको छ ।

सर्वाेच्च अदालतले भन्यो : एनसेलसँग तत्काल कर नउठाउनू

सर्वोच्च अदालतले एनसेललाई कर तिराउने सरकारी निर्णय तत्कालका लागि रोक्का गर्न आदेश दिएको छ । सरकारले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्…

आइसिटी अवार्ड प्रि-इभेन्ट क्यापियन : प्रदेशस्तरीय आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै

नेपालको सूचना प्रविधिको अवार्ड ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारीस्वरुप देशका विभिन्न स्थानमा आइसिटी स्टार्टअप एण्ड इन्न…

मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ

काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

अ…

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च…

आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै

काठमाडौं । आज अप्रिल २५ तारिख बिहिबार विश्वभर इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे मनाइदै छ । हरेक अप्रिल महिनाको अन्तिम बिहिबारका दिन मनाइने यो दिवस नेपालमा …

 राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना

काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० …

भारतमा टिकटक बन्द हुँदा दैनिक ५ लाख डलर घाटा

भारतमा टिकटकमाथिको प्रतिबन्ध लगाउँदा टिकटकका निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलरभन्दा बढीको नोक्सानी भएको छ । कम्पनीले २५० जनाको जागिर खतराम…

वर्ल्डलिंकले ल्यायाे कर्पोरेट ग्राहकहरुका लागि ‘सेफ नेट’ सेवा

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट&…