अपडेट
अब मास्टरकार्डको प्रयोग एन आईसी एशिया बैंकको पीओएस टर्मिनल र एटीएमहरुमा गर्न सकिने
एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि बैंकको पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।
यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले बैंकको पीओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्नेछन् ।
नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले मास्टरकार्डको सुविधासँगै एन आईसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पुर्याएको छ ।
यस विपतको घडिमा आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरेको छ ।
‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ ।
उक्त सेवाहरूका साथै ग्राहकले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । बैंकका ग्राहकले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्ने छन् ।
यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।
नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।
अपडेट
प्ले स्टोरबाट टेलिग्राम ५० करोड भन्दा बढी डाउनलोड
इन्स्ट्यान्ट म्यासेजिङ एप टेलिग्राम गूगल प्ले स्टोरमा ५० करोड भन्दा बढी डाउनलोड भएको छ…
अनलाइन कक्षाको नाममा कुनै किसिमको शूल्क नलिन विद्यालयलाई सरकारको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा…
अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने
नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अ…
मोबाइल बैंकिङ सेवाको लागि सेञ्चुरी बैंक र एफवान सफ्टबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौ…
विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग
विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । ने…
लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा
लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शे…
डिजिटल लर्निंग नै अबको विकल्प भएको र यो अवसरलाइ सदुपयोग गर्न बिज्ञहरुको जोड
मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरा…
बैशाख ३१ सम्म ई-सेवाबाट बैंकमा निःशूल्क रकम ट्रान्सफर गर्न सकिने
ई-सेवा खाताबाट कुनै पनि बैंक खातामा आगामी बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर…
मध्य-पश्चिमान्चल विश्वविद्यालय र एनरेन बिच सम्झौता
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उ…