कीवर्डहरू -

अपडेट

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको हो ।

समर अफर साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ ।

कम्पनीले युट्युब स्ट्रिमिङ डेटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराउने छ ।
त्यस्तै सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डेटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने भएको छ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने १५ रुपैयाँमा ३ रातका लागि २०० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४०० एमबी, १०० रुपैयाँमा ७ दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० रुपैयाँमा २८ दिनका लागि ७ जीबी र ८०० रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

डे डेटा प्याक अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २५० एमबी डेटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ । यसैगरी वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज २० रुपैयाँमा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

१५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।  लार्ज डाटा प्याक अन्तर्गत अब १६०० रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३००० रुपैयाँमा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

फोरजी एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । ग्राहकले *1415# डायल गरी आफ्नो आवश्यकता अनुसार यी प्याक खरिद गर्न सक्ने छन् । नेपाल टेलिकमको एपबाट समेत यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ ।

पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निशूल्क उपलब्ध हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

अपडेट

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्म…

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्…

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणको लागि न्यूमास्क तयार गरेको छ । कोरोना विरुद्ध लड्…

रुपन्देही प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न कम्पनीका १० थान मोबाइल सेट फेला पारी सम्ब…

एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह

केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…

राष्ट्रिय आविस्कार केन्द्र दुई राष्ट्रिय पुरस्कारद्वारा सम्मानित

राष्ट्रिय आविस्कार केन्द्र दुईवटा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएको छ । केन्द्रले पह…

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजना पक्राउ

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेक…

किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समि…

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने भएको छ । यसको लाग…

चीप मेकर क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा लगानी गर्ने

अमेरिकाको चीप मेकर कम्पनी क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा ७३० करोड भार…

वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने

इन्फोडेभल्पर्स प्रालिले नेपालमै पहिलो पटक वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्…

टेलिकमले अब हरेक वडामा वाईफाई पुर्‍याउने

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चर…

कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुपनदेहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण का…

इजी ट्याक्सी नेपालको एप प्रयोग गर्दा ट्याक्सी चालकको कोरोना बीमा निशूल्क

इजी ट्याक्सी नेपालले ट्याक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिदिने…