कीवर्डहरू -

अपडेट

\'विज्ञानका लागि सहकार्य\' विषयमा सम्मेलन एवं प्रदर्शनी सम्पन्न

ललितपुर । नेश्नल इन्जिनियरिङ एन्ड एस्ट्राेनाेमिकल रिसर्च साेसाइटी, रिसिक इन्नाेभेसन्स र साइन्स टिचर्स एशाेसिएसन अफ नेपालकाे संयुक्त आयोजनामा जेठ ६ गते काेल्याबाेरेसन फर साइन्स विषयमा कन्फ्रेन्स र एक्जिबिसन सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा आयोजना गरिएको सो कार्यक्रममा ४० विद्यालय तथा कलेजका ४०० विद्यार्थी र शिक्षक सहभागी रहेका थिए ।

सो कार्यक्रममा करिब १५ विद्यालयले आफ्ना विद्यार्थीले बनाएका बिज्ञान प्रोजेक्टहरु प्रदर्शन गरेका थिए भने नास्टका वैज्ञानिकहरुले अवलोकन गरि दिएको अंकको आधारमा तीमद्येका ३ वटा प्रोजेक्टलाई  पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा २० मिनेटमा चिनी रकेट इन्जिन बनाउने प्रतियोगीता पनि संचालन गरिएको थियो जसमा आलोक विद्याश्रमले पहिलाे पुरस्कार प्राप्त गरेको  थियो भने अरुणिमा मावि. ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

यसै कार्यक्रममा अरुणिमा माविका विद्यार्थीहरुले आफैले बनाएको वाटर रकेटको सफल परिक्षण समेत गरेका थिए ।

पूर्वमन्त्री गणेश साहले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपाल ऐस्ट्रोनोमिकल सोसाइटी, सिएसआइटी असोसिएसन अफ नेपाल र शिक्षा र विज्ञानसँग सम्बन्धित विभिन्न संघसंस्थाले सहभागिता जनाएका थिए ।

साेही कार्यक्रममा काठमाडौँका विविन्न १० ओटा विद्यालयलाई विज्ञान सामग्री स्वरूप टेलिस्कोप वितरण समेत गरिएको थियो ।

विद्यार्थीलाई विज्ञानप्रति अभिरुची बढाउने र समग्र वैज्ञानिक संघसंस्थाबीच ऐक्यबद्धता निर्माण गर्ने हेतुले आयोजना गरिएको सो कार्यक्रममा रिसिक इन्नाेभेसनले आफ्नो बजारमा ल्याउन लागेको स्कुल म्यानेजमेन्ट सिस्टम, ई-लर्निंग प्लाटफोर्म, ई- म्यागेजिन, राइस प्लान्टिङ मेसिनको नमुना प्रदर्शन गरेको थियो ।

सो कार्यक्रमको बारेमा अधिक जानकारी www.follownear.com बाट लिन सकिन्छ ।

अपडेट

एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा उद्घाटन

काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन …

प्रधानमन्त्रीद्वारा सुचना महामार्गको शिलान्यास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र…

एन आई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रा.लि.बीच सम्झौता

काठमाडौं। एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौं बीच बैंकका कर्…

हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने

काठमाडौं। हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने भएको छ।

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट


काठमाडौं। नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विस्तार गर्न लागेको अप्टिकल फाइबर …

भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर

काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुप…

भदौ ७ मा राष्ट्रियस्तरको \'एआई एक्स्पाे\' हुने

आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपम…

एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।

काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक …

एन आई सी एशिया बैंक र स्पार्क हेल्थ होम प्रा.लि बीच सम्झौता

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि,काठमाडौं बीच बैंकका …

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल

केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहे…