अपडेट
अब १० दिनसम्म डिशहोमको क्रेडिट सेवा लिन सकिने, यसरी लिनुहोस् सेवा
डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पुर्याएको हो ।
यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ ।
यो प्रक्रिया झँझट रहित स्वचालित सेल्फ सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।
यसरी लिनुहोस् क्रेडिट सेवा
डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई CREDIT CustomerID टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउनुहोस् ।
१० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्राप्त हुनेछ । साथै मिसकलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिसकल दिएर पनि थप १० दिनका लागि डिशहोम हेर्न सकिने छ ।
यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस (सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् ।
यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिसहोम क्रेडिट सर्भिस सेल्फ सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।
डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ ।
अपडेट
अब सार्वजनिक सवारीमा जीपीएस प्रणाली, चालू आर्थिक वर्षभित्रै जडान गरिने
सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम…
WIIT ले आयोजना गरेको कोभिड १९ विषयमा अडियो तथा भिडियो प्रतियोगीता सम्पन्न
टेक वेबिनार नेपालले फ्लटरको थिममा आफ्नो २० औं श्रृङ्खला आयोजना गरेको छ । यो वेबिन…
सस्तोडिलको अर्को सफलता: भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सहकार्य
नेपालको ईकमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ईकमर्स कम्पनी सँग र…
टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने
टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ ।…
अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै
अब छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ । छपाई सम्बन्धि सबै काम अन…
फोनमा पानी पस्दा के गर्ने ?
कहिले काही दुर्घटनावस फोनमा पानी पस्न सक्छ वा हाम्रै हातबाट पनि फोन पानीमा खस्न सक्…
\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने
इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क 'खल्ती' डिजिटल वालेटबाट तिर्…
महिलालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना
महिलाहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले नारी बचत खाताको सुरु…
जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने
कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । कोरोना संक्रमणको सुरुवातमा मास्कको अभाव भएपनि पछिल्लो समय कम्पनीहरुल…
नेपालका आईएसपीमध्ये आईपीभी सिक्स प्रयोगमा क्लासिक टेक अगाडी
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा …
सबै ग्राहकलाई एकवर्षमा नयाँ प्रविधि आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिङ्क
यस वर्षको अन्त्यसम्ममा वर्ल्डलिङ्कले आफ्ना सबै ग्राहकहरुलाई आईपीभी सिक्समा लैजाने भएको …
डिशहोम फाइबर नेटको प्रोमोसनल अफर, वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेट
डिशहोमले आफ्नो इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ । कम्पनील…
विद्युतीय माध्यमबाट कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आग्रह
धितोपत्र व्यवसायीहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई क…
डिजिटल संवादको १७ औं श्रृंखलामा महिला र डिजिटलाइजेसनको बारेमा छलफल हुदै
डिजिटल संवादको १७ औं श्रृंखलामा ' महिला र डिजिटलाइजेसन' विषयमा भर्चुअ राउण्ड टेवल डिस्कसन हुदैछ । वुमन इन आइटी (डब्लुआइटी) को…