अपडेट
नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि सेवा विस्तार गर्दै
लकडाउनको विषम परिस्थितिमा स्थापना भएको नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ ।
फलफूल तरकारी देखि इलेक्ट्रोनिक्स सामान सम्म घरघरमै डेलिभरी गर्दै आएको नेपाली ई-कमर्स कम्पनी ग्यापु डटकमको बारेमा हालै विश्व चर्चित मिडिया फोर्ब्सले पनि समाचार प्रकाशन गरेको थियो । फोर्ब्सको कभरेजलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिन्छ ।
ग्यापुले छिट्टै आफ्नो सेवा भियतनाममा आफ्नो सेवा बिस्तार गर्ने बताएको छ । यस सँगै ग्यापु विश्व बजारमा प्रवेश गर्ने पहिलो नेपाली ईकमर्स कम्पनी हुनेछ।
ग्यापुले छिट्टै आफ्नो सेवा भियतनाममा आफ्नो सेवा बिस्तार गर्ने बताएको छ । यस सँगै ग्यापु विश्व बजारमा प्रवेश गर्ने पहिलो नेपाली ईकमर्स कम्पनी हुनेछ। कम्पनीका अनुसार भियतनाम पछि बिश्वका विभिन्न मुलुकमा ग्यापुको सेवा बिस्तार गरिने छ ।
अमेरिकाको आइटी हब सिलिकन भ्यालीमा रहेर लामो समय व्यवसाय गरेका ज्ञानेन्द्र खड्काले गत चैत्र २१ गतेबाट ग्यापुको सुरुवात गरेका हुन् । फोर्ब्सले ग्यापुलाई नेपालको एकदमै चाँडै व्यापार विस्तार गर्ने कम्पनीका रुपमा समेत व्याख्या गरेको छ।
हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एप मार्फत असी हजार ग्राहक दर्ता भइ सेवा लिइरहेको खड्काले बताए। दस करोडको लगानिमा सुरु गरिएको ग्यापुले हाल दैनिक दस लाख बढीको कारोबार गरिरहेको खड्काले बताए ।
खाद्यान्न र घरायसी सामान सँगै ग्यापुले जि-बार नाम दिएर अनलाइन बार समेत सुरु गरेको छ भने बाजेको सेकुवा सँगको साझेदारीमा ग्राहकलाई रेस्टुरेन्ट परिकार समेत डेलिभरी गर्न सुरु गरिएको छ ।
ग्यापुले आफ्नो व्यापार संजाल बिस्तार गर्ने क्रममा सिभिलमलका सम्पूर्ण पसल आफ्नो सिस्टममा दर्ता गरि अनलाइन सिभिल मलको सेवा समेत दिन सुरु गरेको छ ।
अपडेट
ईसेवा मनि ट्रान्सफर मार्फत आएको रकम अब कृषि विकास बैंकबाट निकाल्न मिल्ने
कृषि विकास बैक र ईसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानीको लागि सम्झौता भएको छ…
सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसनबीच सम्झौता, सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सुरु गरिने
सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको …
आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने
अब आइएमई पे मोबाइल एपमै रेमिट्यान्स रकम पाउन सकिने भएको छ । कोरोना महामारीका का…
भिजिटर बढी भएपछि मेरो सेयर पोर्टल सुस्त
मेरो सेयरको वेबसाइटमा ५० हजार भन्दा बढी भिजिटर आएपछि सिस्टमले काम गर्न सकेको छैन्…
एन आईसी एशिया बैंकले बैंकिङ सेवा सुचारू राख्न गर्यो डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था
एन आईसी एशिया बैंकले डिजिटल बैंङ्किङलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंङ्किङ सेव…
\'सहकारी संस्थाहरुका लागि विद्युतीय वित्तिय सेवा आजको आवश्यकता\' विषयक वेभिनार सम्पन्न
क्यान महासंघ, Women In ICT Committee को आयोजना र प्रभ्रू मेनेजमेन्टको सहकार्य तथा क्यान रुपन्देही, क्यान दोलखा, क्यान चितवन र क्यान सिन्धुपाल्चोकको संयोजनमा आ…
\'खल्ती\' डिजिटल वालेटबाट एनआइसी एशियाकाे बैंक ऋणका लागि आवेदन दिन सकिने
बैंक ऋण लिन चाहने ग्राहकले 'खल्ती' डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका ल…
भिसा कार्ड मार्फत दराजमा भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पाइने
नेपालको अग्रणी ईकमर्श कम्पनी दराजले डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर भिसासँग…
काठमाडौँ उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाइट सञ्चालनमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बना…
फ्लिपकार्टका सामान अब सस्तो डिलबाट खरिद गर्न सकिने
भारतको ईकमर्श कम्पनी फ्लिपकार्ट र नेपालको ईकमर्श कम्पनी सस्तो डिलबीच सहकार्यको सुरुवा…
टेलिकमको ह्याप्पी लर्निङ प्याकः ५०० रुपैयाँमा ३५ जीबी डेटा पाइने
कोरोना महामारीको कारणले आफ्ना सन्ततीहरुको पठनपाठनका लागि चिन्तित रहनुभएका अभिभाव…
ग्लोबल आइएमई बैंकले सुरु गर्यो कल सेन्टर, बैंक सम्बन्धि जानकारी लिन तथा गुनासो गर्न सकिने
ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवा…