अपडेट
अत्यावश्यक सामानको डेलिभरीमा संलग्न इकमर्शका सञ्चालकहरुलाई पक्राउ
काठमाडौँ उपत्यकामा निशेधआज्ञा जारी गरेको आठौ दिन इकमर्शमा काम गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज साझ विभिन्न क्षेत्रबाट आधा दर्जन इकमर्श सञ्चालकहरुलाई पक्राउ गरेको पाइएको छ । युजी बजारका सह सस्थापक निकिता आचार्यलाई तिनकुने, डल्लेका आलाक योञ्जनलाई दरवारमार्ग, सोचेको डटकमका शैलेश लोहनी र भोजडिलका निकेटलाई मालिगाँउमा राखिएको छ ।
पीडित भन्छन् : "हामीले डिजिटल पेमेन्ट लाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लियो , हामी जस्तो स्टार्टअपहरूलाई कुनै जानकारी बिना भ्यानमा हालेर लादा दुख लागेको छ , कम्तिमा स्पष्टसँग जानकारी गराएको भए पनि हामी सेवा बन्द गर्न तयार थियौ ।"
यसैगरी फुडमारियो टिमलाई न्युरोड र पुलचोकबाट, किराना टिमलाई महाराजगञ्जबाट प्रहरीले पक्राउ गरको छ । यसैगरी फुडमांडूका मनोहर अधिकारी, नेपएक्सप्रेसका संगम सिंह लगायत कारबाहीमा परेका छन् । उनीहरु धेरैलाई 'होल्डिंग जोन' मा राखिएको तर केहीलाई पक्राउ गरेर भ्यानमा लगेको जानकारी प्राप्त भएको छ । यसैगरी डेलिभरमा गैरहेका ६० भन्दा बढिलाइ प्रहरीले ३ घण्टासम्म 'होल्डिंग जोन' मा राखेर छोडेको छ । कतिपय संचालकलाइ कार्यालयबाट त केहिलाइ बाटोबाटै पक्राउ गरिएको जनाइएको छ ।
खाद्यान्य, तरकारी र खाना डेलिभर गर्ने इकमर्श कम्पनीहरुका प्रतिनिधिहरुलाई पक्राउ गरेकोमा सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । युजिबजारका सह सस्थापक किरणले फेसबुक स्टाटस मार्फत कुनै जानकारी बिना नै बाटोबाटै सोझै प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेका छन । आज नै सरकारले इकमर्श व्यवसाय सम्बन्धि विधेयक तर्जुमा गर्न सौदान्तिक सहमति दिएको छ ।
पीडित भन्छन् : "हामीले डिजिटल पेमेन्ट लाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लिय , हामी जस्तो स्टार्टअपहरूलाई कुनै जानकारी बिना भ्यानमा हालेर लादा दुख लागेको छ कम्तिमा स्पष्टसँग जानकारी गराएको भए पनि हामी सेवा बन्द गर्न तयार थियौ ।" लकडाउनमा क्यासलेस कारोबारसंगै होम डेलिभरी सेवा संचालन गर्न प्रोत्सहान गर्नुपर्नेमा उल्टै पक्राउ गर्नु राम्रो नभएको ब्यबसायीहरुको गुनासो छ ।
विहान ९.१५ पछिको समयमा डेलिभरी गर्न नपाइने भन्दै प्रहरीले सोझै पक्राउ गरेको बताइएको छ । पछिल्लो समय इकमर्श व्यवसायमा संलग्न हुने स्टार्टअप कम्पनीहरु बढिरहेका थिए । सुरुमा प्रशाशनले अत्यावश्यक सामानको ढुवानी गर्न दिने भनेपनि आज पक्राउ परेको कारण यो क्षेत्रका धेरै व्यवसायीहरु आतकित भएका छन ।
प्रहरीले भने प्रशासनबाट 'टेक अवे र होम डेलिभरी' सेवा पनि बन्द गर्न निर्देशन आएको जनाएको छ । साझ ८.३० बजे एक पिडितले भने "समझदारी पत्र तयार भैरहेको छ र सोहिअनुसार प्रहरीले छोड्ने बिश्वास छ ।" यसैबीचमा इ-कमर्श संचालक तथा डेलिभरी सम्वन्धि साझा सस्थाले बिज्ञप्ति निकालेरआज प्रहरीबाट भएको धरपकट बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अपडेट
निर्मलालाई न्याय माग्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक
बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ अपडेट मार्फत हाम्रो स्वास्थ्य एपमा ट्रेसिङ फिचर र…
सरकारले सञ्चालनमा ल्यायो कोभिड डेटा पोर्टल, यस्ता छन् सुविधा
कोभिड १९ अर्थात कोरोना भाइरस लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेटा पोर्टल…
लकडाउनमा मर्मतको होम सर्भिस दिँदै निर्माण साथी
निर्माण तथा मर्मत सम्बन्धि ई-कमर्स कम्पनी निर्माण साथीले घर तथा कार्यालयमा आउने विभिन्…
एनआईसी एशिया बैंकको नयाँ योजना, क्युआर राख्न रिफर गर्दा नगद पाइने
एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस योजनामा बैंकका क्…
भर्चुअल कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको अनुरोध
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्र…
भन्सार छली ल्याइएका २ सय ७८ थान मोबाइलका ब्याट्री सहित एकजना पक्राउ
धनगढीबाट भन्सार छली ल्याइएका करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान म…
आइसिटी टकको दोश्रो संस्करणमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यको सहभागिता
आइसिटी अवार्डसँग सम्वन्धित रहेर आयोजना भइरहेको भर्जुअल आइसिटी टककोे दाश्रो संस्करणमा विभिन्न क्षेत्रका ३ सफल व्यत्तिहरुसँग कुराकानी हुनेछ । आज दिउसो ४ बजेद…
क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, अनलाइन भुक्तानीको सुविधा
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस योजना ल्याएको छ । क…
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै ईफार्म, होम डेलिभरीको समेत सुविधा
विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ईफार्मले द…
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न एन आइसी एशिया बैंकको सुपर सिक्स योजना
एन आईसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्य…
सबै विश्वविद्यालय र आंगिक क्याम्पसहरुलाई अब नेपाल टेलिकमको ह्यापी लर्निङ प्याक
कोरोना भाइरसको कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी…
ओप्पोलाई फाईन्ड एक्सटू प्रोका लागि ईआईएसए एड्भान्स्ड स्मार्टफोन अवार्ड प्रदान
यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए ए…
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्स (IPv6) मा लैजाँदै वर्ल्डलिंक
यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने उद्देश्यका साथ कम्पनी…
डिशहोमको ‘दी स्ट्रिङ्स’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनौट
डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंग्लिस सांगीतिक प्रतियोगिता दि स्ट्रिङ्सको दोस्रो…