अपडेट
मेशिन लर्निङ र डाटा साइन्स सम्बन्धी ५ दिने वर्कसप सम्पन्न
मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी, नेपाल माउन टेक सोलुसन्स र किस्ट कलेजको संयुक्त आयोजनामा असार २५ देखि सुरु भएको दोस्रो ʻनेसनल वर्कसप अन मेशिन लर्निङ एन्ड डाटा साइन्सʼ सम्पन्न भएको छ ।
पाँच दिनसम्म चलेको वर्कशपको पहिलो दिन प्रमुख वक्ताहरु प्रा.डा. शशीधरराम जोशी र महावीर पुनले सम्बोधन गरेका थिए । प्रा.डा. जोशीले मेशिन लर्निङको आधारभूत विज्ञानका विषयमा सहभागीहरुलाई प्रस्ट पारेका थिए भने डा.महावीर पुनले कसरी देशको आर्थिक विकासका लागि इन्नोभेशन र आविष्कारले सहयोग गर्न सक्छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । अर्का वक्ता डिएचएल एक्सप्रेस जर्मनीका ग्लोबल प्रोग्राम म्यानेजर तथा डाटा साइन्टिस्ट डा. झनक पराजुलीले समग्र डाटा साइन्सको बारेमा विस्तृत जानकारी गराएका थिए ।
वर्कशपको दोस्रो दिन काठमाडौँ विश्वविधालय, कम्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख सहप्राध्यापक डा. बालकृष्ण बलले Natural Language Processing, problem and solution form Machine Learning Prospective विषयमा सहभागीहरुलाई सम्बोधन गरेका थिए । त्यसैगरी द ओपन युनिभर्सिटी, युकेबाट डा. विकाश ज्ञवालीले Word Embedding for contextual similarity विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अमेरिकाको University of Southern Mississippi बाट सर्वज्ञरत्न शाक्यले Human Activity Recognition using Wearable Devices मा अनलाइनबाट कक्षा लिएका थिए ।
वर्कशपको तेस्रो दिन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तेजबहादुर शाहीले Supervised Machine Learning algorithm का बारेमा विस्तृत रुपमा ब्याख्या गरेका थिए । साथै सहभागीहरुलाई Natural Language Processing with NLTK विषयमा प्राक्टिकल सेसन पनि गराएका थिए । त्यसैगरी अर्का वक्ता डा. झनक पराजुलीले डाटा साइन्समा प्रयोग हुने भिन्न टूल तथा टेकनिक supervised unsupervised machine learning बारेमा र प्रोजेक्ट प्राक्टिकल गराएका थिए । त्यसैगरी Intel Corporation जर्मनीका System Engineer डा. समिप मल्लले IOT (Internet of Things को बारेमा अनलाइन सेसन लिएका थिए ।
वर्कसपको चौथो दिन Treeleaf.ai का सिनियर मेशिन लर्निङ इन्जिनियर अशोककुमार पन्तले सफ्टवेयर उद्योगमा मेशिन लर्निङको प्रयोगका बारेमा सहभागीहरुलाई जानकारी गराए । साथै Supervised machine learning algorithm का विषयमा प्रयोगात्मक कक्षा हरु पनि संचालन गरेका थिए । त्यसैगरी डा. विनोद भट्टराईले Imperial College London बाट Automatic Photo realistic Face- Synthesis विषयमा अनलाइन सेसन लिएका थिए ।
वर्कसपको अन्तिम दिन नामी रिसर्च सेन्टरबाट डा. विशेष खनालले कम्प्युटर भिजन र डिप लर्निङका बारेमा विस्तृत जानकारी गराएका थिए भने ग्रुप प्रोजेक्ट पनि प्रस्तुत गरिएकाे थियाे । सहभागीहरुलाई १० समूहमा विभाजन गरी एक/एक प्रोजेक्टमा संलग्न गराइएकोमा सहभागीहरुले डिजाइन र इम्प्लिमेन्टेसन गराइ आ-आफ्नो प्रोजेक्ट अन्य सहभागी साथै निर्णायकसामु प्रस्तुत गरेका थिए ।
सो प्रोजेक्ट प्रस्तुतिकरणमा पहिलो, दोस्रो र तेस्रो हुने प्रोजेक्टहरुलाई नगद पुरुस्कारमार्फत सम्मान समेत गरिएको थियो । त्यसैगरी अन्तिम दिनको अन्तिम सेसन डा. रिवाज सापकोटा G +D Mobile Security जर्मनी बाट 5G Network र Telecommunication devices मा मेशिन लर्निङ र एआई कसरी प्रयोग भएको छ भनेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
वर्कसपको समापन समारोहमा बोल्दै किस्ट कलेजका डाइरेक्टर इन्द्रप्रसाद सुवेदीले सहभागीहरुलाई यो वर्कसपबाट सिकेको कुरालाई निरन्तरता दिदै अझै यो फिल्डमा अगाडि बढ्नुहोस् भनी बधाइ तथा शुभकामना दिए ।
आयोजकका तर्फबाट कार्यक्रम संयोजक सूर्यबहादुर बस्न्यातले वर्कसपलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी, मुख्य वक्ता तथा अन्य वक्ताहरु, प्रायोजक, पार्टनरहरु, भोलेन्टियरहरु लगायत सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे । भविस्यमा अझै यस्ता खालका कार्यक्रमहरु गर्दै लैजाने र समग्र शिक्षा क्षेत्रलाई टेवा पुर्याउँदै शिक्षालाई अनुसन्धानमूलक बनाई देशलाई अगाडि बढाउन काम गर्दै जाने कार्यक्रम संयोजक बस्न्यातले जानकारी दिए ।
कार्यक्रममा देशका सबैजसो विश्वविद्यालय साथै बुटवल, विराटनगर आदि र काठमाडौँ उपत्यकाका प्राय सबै इञ्जिनियरिङ्ग तथा आइटी कलेजका विधार्थीको सहभागिता रहेको थियो । नेसनल वर्कसपको प्रायोजकको रुपमा फयुज मेशिन नेपाल रहेको थियाे ।
अपडेट
नेपाल टेलिकमले ल्यायो समर अफर
काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भार…
खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं। शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मे…
आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक
लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा उत्साहजनक नोमिनेशन प्राप्त भएको थियो । जेष्ठ महिनामा खुल्ला गर…
६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
काठमाडौं। मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षिय बालक रोशन महतोको मृत्यु भएको छ। चिसो…
प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने
काठमाडौं। प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ।…
यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …
राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु
मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन…
एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना
काठमाडौं। नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सम्भावित प्राकृतिक विपद्…
आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै
काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।
मेसिन लर्निङ र डिप लर्निङ …
रेडमी नोट सेभेन प्रो नेपाली बजारमा
काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…
ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने
काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…
आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …
मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्य…