अपडेट
त्रिविमा अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पनि पढाउँदै
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ ।
विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसकेका छन् ।
नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, ऊर्जा क्षेत्रको प्रभावबारेमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, राजश्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिएका थिए ।
यस्तै अर्थशास्त्री, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजश्व सचिव रामशरण पुडासैनी, पूर्वअर्थ सचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा, डा.शान्तराज सुवेदी, पूर्वमन्त्री डा.प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट सहभागी रहेका थिए ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको केन्द्रीय सचिव प्राडा.दङ्गालका अनुसार त्रिविका शिक्षाध्यक्ष डा.शिवलाल भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिभुवन विश्विद्यालयका शिक्षा सङ्कायका डीन र क्याम्पस प्रमुख, प्राध्यापक सङ्घका सभापतिले बहसमा भाग लिइसकेका छन् ।
अहिले शोध अनुसन्धान विधाअन्तर्गत नेपालका मूर्धन्य विज्ञबाट सम्पन्न गर्नेगरी एकहप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले प्राज्ञिक मन्तव्य दिएका थिए । यसमा स्रोत व्यक्तिका रुपमा प्राडा चैतन्य मिश्र, प्राडा मनप्रसाद वाग्ले, प्राडा वासुदेव काफ्ले, प्राडा महानन्द चालिसे, प्राडा शिवराज अधिकारी र प्राडा धुर्वकुमार गौतम रहेका छन् । रासस
अपडेट
टिन्डर सहित पाँच डेटिङ एप पाकिस्तानमा प्रतिबन्ध
पाकिस्तानले आफ्नो देशमा पाँच ओटा डेटिङ्ग एपलाई ब्याण्ड गरेको छ । ती एपहरुले नैतिक …
वार्षिक १२ हजार ३९० रुपैयाँमा प्रभु डिजिटलको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशूल्क प्रभु टिभी
प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटलले नयाँ अफर ‘स्टुडेन्ट नेट प्याक’ सार्वजनिक गरेको छ…
फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गर्दैं
फेसबुकले इन्स्टाग्रामको स्टोरी आफ्नो फिडमा पनि सेयर गर्न मिल्ने फिचरको जाँच गरिरहेको…
उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा
उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना …
किन भने जति हुँदैन इन्टरनेटको स्पीड ?
सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको बताएका…
दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले करिब १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने
विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी…
एसईई पास गरेका विद्यार्थीलाई १ रुपैयाँमै एनसेलको पहिलो सीम, साथमा आकर्षक सुविधा
एसईई पास गरेका विद्यार्थीहरुलाई लक्षित गरी निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले…
वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन हुने
कोभिड १९ को कारण अवरुद्ध भएको नियमित पठापाठनलाई केहि राहत दिने उदेश्यले सरकारले वैकल्पिक सिकाई प्रणाली सञ्चालन गरिरहेको छ । सरकारले असार १ गतेदेखि सञ्…
एनसेलले ल्यायो ननस्टप अफर, १०० रुपैयाँमा सात दिन ननस्टप युट्युब, टिकटक र फेसबुक चलाउन पाइने
निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्या…
टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ …
होम डेलिभरी सम्बन्धि मापदण्ड जारी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म डेलिभरी गर्न पाइने
ईकमर्स कम्पनीहरुले अब दिउँसो १ बजेदेखि साझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न…
साओमीको रेडमी इयरफोन नेपालमा, कति होला मूल्य ?
साओमीले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउदै नयाँ रेडमी इयरफोन सार्वजनिक गरे…
रोबोटिक्स तथा प्रोग्रामिङ सम्बन्धि अनलाइन कक्षा सुरु गर्दै रोबोटिक्स एशोसिएसन अफ नेपाल
रोबोटिक्स एशोसिएसन अफ नेपाल (र्यान) ले रोबोटिक्स तथा प्रोग्रामिङ अनलाइनबाटै सिकाउ…
मोदीको ट्विटर अकाउन्ट ह्याक
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्विटर अकाउन्ट ह्याक भएको छ । बिहीबार प्रधान…
\'ग्लोबल इनोभेसन इन्डेक्स\'मा नेपाल ९५ औं स्थानमा, एक वर्षमा १४ स्थान माथि उक्लदै सार्क मुलुकमा दोस्रो बन्न सफल
विश्व नवप्रवर्तक सूचाङ्क (ग्लोबल इनोभेसन इनडेक्स जिआईआई) मा नेपाल ९५ औं स्थानमा आईपु…