कीवर्डहरू -

अपडेट

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ राष्ट्रिय संसदीय संस्थाहरुको विश्वव्यापी संस्था हो जसले लोकतान्त्रिक शासन, संस्थाहरु र मुल्य मान्यताहरुलाई बढावा दिने लक्ष्य राख्दछ । साथै यसले परामर्श र संसदका साथकाम गरी मानिसहरुको आवश्यकता र आशयको समाधान गर्न यसले अग्रसरता देखाउँछ । 

यसले शान्ति, लोकतन्त्र, मानवअधिकार, लैगिंक समानता , युवा र सशक्तिकरण र स्थायी विकासका लागि राजनीतिक संवाद, सहयोग र संसदीय कार्यका कामबाट कामगर्ने गर्छ । 

ब्रिटिस कलेजका संस्थापक तथा सिइओ राजन कंडेलले स्वागत मन्तव्य दिदै आफ्नो जीवनमा ब्रिटिस शिक्षाले ल्याएको परिवर्तनबारे बताएका थिए । उक्त शिक्षाले आफुलाई एक बिजनेश लिडर बनाएको र नेपाल भुमीप्रति यसको सम्बन्ध स्थापित गराउन मदत गरेको उनले बताए । 

‘यी अनुभवहरुले पनि गुणस्तर इंलिस शिक्षा नेपालमा ल्याउन उद्येलित गर्यो जसका कारण काठमाडौँमा ब्रिटिस कलेज स्थापना गर्यौं ।’ उनले भने ।  दुई देशको सम्बन्ध थप मजबुत बनाउन धेरै आशावादी कामहरु गर्न बाँकी रहेको समेत उनले बताए । 

ब्रिटिस कलेजका प्रिन्सिपल जोन ब्याटम्यान ब्रिटिश कलेजले शैक्षिक र व्यक्तिगत सामाजिक विकास लागि उदेश्य रहेको बताएका छन् । 

उनले स्थानीय युवाहरुको करिअर बनाउन उत्साह थप्ने तथा स्कुलले आफ्नो विशिष्टता प्राप्तगर्नेबारे प्रष्ट पारेका थिए । उनले पछिल्लो समय कलेजले विद्यार्थी एक्सचेन्ज प्रोगामप्रति गरेको प्रगतिबारे समेत बताएका थिए । उनले कलेजमा हाल १८०० जना स्थानीय र ५२ जना अन्तराष्ट्रिय विद्यार्थीहरु ब्रिटिस कलेजमा अध्ययन गरिरहेको समेत जानकारी दिए । 

त्यस्तै बेलायती सांसद निगेल इभान्सले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले स्टाफ र विद्यार्थीहरुलाई सम्बोधन गर्दै, उनले ब्रिटिस आर्मीमा रहेर सेवा गरिरहेका ३ हजार गोर्खाहरुको प्रंशसा गरेका थिए ।

उनले ब्रिटिस शिक्षा विश्वमै उत्कृष्ट रहेको समेत बताए । उनले संसदीय सिट हासिलगर्न गरेको संघषबारे समेत बताएकाथिए । उनले २६ वर्षसम्म सांसदभएर सामना गरेको चुनौतीबारे आफ्ना अनुभवहरु बताएका थिए । 

उनले पुर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई सम्झँदै विद्यार्थीहरुलाई प्रोत्साहित गर्न उनको वाणी भनेका थिए,‘बाहिर जाउ र ठुलो काम गर’ । ब्रिटिस ग्रुपअन्तर–संसदीय संघको ब्रिटिस कलेजमा भएको भ्रमणले कलेज आभारी रहेको छ । यसले विद्यार्थी हरुले नयाँ उत्साह थपेको ब्रिटिस कलेजले बताएको छ । 


 

अपडेट

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…