अपडेट
मेटलाइफले ल्यायो ग्राहक सेवा एप, एपबाटै विभिन्न सेवाहरु पाइने
इन्स्योरेन्स कम्पनी मेटलाइफले ग्राहक सेवा एप ल्याएको छ । बीमा सम्बन्धी सेवा र सुविधाको पहुँच बढाउन तथा विमा पोलिसी व्यवस्थापन गर्न कम्पनीले यो एप ल्याएको हो ।
सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रम मार्फत एप सार्वजनिक गरेका हुन् ।
ग्राहक सेवा एप एन्ड्रोइड तथा आईओएसमा उपलब्ध हुनेछ । एक पटक ग्राहकले लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछको सुविधा पनि समावेश गरिएको छ ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन ।
उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । सो एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।
अपडेट
सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर
भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर …
बैंक अफ काठमाण्डूका ग्राहकले सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामान किस्ताबन्दीमा खरिद गर्न सक्ने
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्यु…
आकर्षक फिचर सहित ओप्पो ए ५३ नेपालमा सार्वजनिक हुँदै, कति छ मूल्य ?
ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन अन्तर्गत ओप्पो ए ५३ सार्वजनिक गर्ने तयारी गरेको…
नेशनल योङ एकेडेमी नेपाल गठन, नेपाली यूवा अनुसन्धानकर्ताहरूको आवाजलाई उठाउने
नेपाली युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । ने…
हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित
हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…
व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’
पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक…
एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने
केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रो…
विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरे…
हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्…
उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा
नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…
नेपालको लागि भिजाले सुरुवात गर्यो भुक्तानी सुरक्षा रोडम्याप
विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…
वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै
अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टल…
अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने
सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…
सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)
फोटोः एप्पल
सिङ्गापुरमा एप्पलले प…
हुवावेले घोषणा गर्यो दोस्रो भर्सनको हार्मोनी ओएस
हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुव…