कीवर्डहरू -

अपडेट

भोजबाट अनलाइन अर्डर गरेको खानाको पैसा खल्तीबाटै तिर्न सकिने

मोबाइल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाइनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

यस साझेदारी पश्चात भोज मार्फत अनलाइन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाइलबाटै तिर्न सकिने भएको छ ।

खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले फागुन २८ गते बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

उक्त सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो ।

यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् । ग्राहकले भोजको एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् ।

साझेदारीको घोषणा गर्दै खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदासले भने, “यस साझेदारीसँगै अनलाइनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाइलबाटै सजिलै पैसा तिर्न सक्नुहुनेछ ।

प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अनलाइनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको महसुस गर्न सकिन्छ ।

यही प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगदरहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । भोजसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ ।

यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ ।”

त्यस्तै भोजका सहसंस्थापक निकेत अग्रवालले भने, “हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ पुर्‍याउन पाउँदा उत्साहित छौँ ।

अब, भोजका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नुपर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधासँगै नेपालमा विद्यमान क्यास–अन–डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।”

नेपालमा पछिल्लो समयमा ई–कमर्स र अनलाइन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अनलाइन भुक्तानीमा आशातित वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् ।

छिमेकी देशहरू भारत, चीन र बंग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी रहेको छ ।

अपडेट

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा


नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिना…

अब रगत चाहिएमा \'रगतदान डट कम\'

इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस ‍

नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …