अपडेट
द ब्रिटिस कलेजले सुरु गर्यो अनलाइन कक्षा
काठमाडौँ । काठमाडौँको थापाथलिस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ ।
विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो ।
कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरी कार्यान्वयनमा ल्याएको कलेजले जानकारी दिएको छ ।
नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षाको सुरुवात गरेको हो ।
विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्राध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत् कक्षा दिनेछन् ।
साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् ।
कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ ।
साथै कलेजले अहिलेको अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।
यसबारेमा थप जानकारी चाहिएको खण्डमा हटलाइन नम्बर ९८२३०४१०१३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्नको लागि अनुरोध गरेको छ ।
अपडेट
खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने
भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा आवद्ध भएका ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम प…
ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने
ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।
कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने
कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गरिने सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क…
सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।
कोरोना भाइरसबारे सचेतना बढाउने टेलिकमको उपाय, रिंगब्याक टोन र ३२१०० नम्बर सेवा सुरु
नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ । नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा क…
ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट
अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र …
अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने
नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने भएको छ । यो सुविधा सँगै अब ई-सेवाबाट क्…
माइक्रोसफ्टले सार्वजनिक गर्यो बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड
कोराना भाइरसको प्रकोप विश्वभर भइरहेको बेला माइक्रोसफ्टले तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसब…
एक फरक धारको रियालिटी शो – सुनौलो तारा
नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …
सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…
वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन
वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…