अपडेट
आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर
५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छन् । यतीमात्रै होइन गाडी, वासिङं मेसिन, फ्रिज, स्मार्ट टिभीजस्ता आधुनिक प्रविधिको प्रयोग निकै बढिरहेको छ । उता इन्टरनेट प्रयोग देशैभरी नै बढिरहेको छ । नयाँ डिभाइस, एप्लिकेशन र सर्भिस भित्रिने क्रम तिव्र बढिरहेको छ ।
पछिल्लो पटक झनै चर्चामा रहेको विषय हो, स्मार्ट सिटी । स्मार्ट सिटीमा हामीले बुझ्दै आएको कुरा के हो भने, त्यहाँ धेरै प्रविधिको प्रयोग गरिन्छ अनि यी सबै प्रविधि इन्टरनेट प्रोटोकलमा जोडिन आउँछन् । यस्तो अवस्थामा विद्यमान आइपीभी ४ (IPv4) मा भएको ट्राफिकले धान्न गार्हो हुन्छ । धेरै खतरा र समस्या निम्तिन सक्छन् । यसको समाधानका लागि आइपीभी ४ को विकल्प बनेर आएको छ, आइपीभी ६ (IPv6) ।
इन्टनेट ठेगानाहरुको पछिल्लो संस्करण हो, आइपीभी ६ । ६ वर्षअघि इन्टरनेट सोसाइटीको अग्रसरतामा इन्टरनेटसम्बन्धी काम गर्ने संस्थाहरु मिलेर उनीहरुको नेटवर्कमा स्थायी रुपले आइपीभी ६ सुरु गर्ने निर्णय गरे । यो अवधिमा विश्वका कुल इन्टनेट प्रयोगकर्तामध्ये २५ प्रतिशत प्रयोगकर्ता आइपीभी ६ मा जोडिएका छन् । केही देशहरुमा अझ यसको प्रयोग निकै उच्च देखिएको छ ।
हाम्रै छिमेकी देश भारतले पनि ६ वर्षअघि आइपीभी ६ सुरु गर्यो । अहिले भारतमा २३७ मिलियन मानिस आइपिभी ६ मा जोडिएका छन् । एलेक्सामा शीर्ष एक हजार वेबसाइटमध्ये २४ प्रतिशत वेबसाइट आइपीभी ६ इनेबल छन् । यसरी विश्वभर नै नेटवर्क र सर्भिस प्रोभाइडरले आइपीभी ६ लाई डिप्लोइ गरिहेका छन् ।
नेपालमा आइपीभी ६ कहिले ?
नेपालमा पनि इन्टरनेट प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को पछिल्लो तथ्यांकअनुसार एक करोड ३४ लाख नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । इन्टरनेट प्रयोगमा वृद्धि भएसँगै नेपालमा नयाँनयाँ डिभाइस, एप्लिकेशन तथा सर्भिस पनि उत्तिकै रुपमा भित्रिदैछन् ।
जसरी इन्टरनेटको प्रयोग बढिरहेको छ, इन्टरनेटलाई चलाउन आवश्यक आइपी एडरेसको पनि उत्तिकै आवश्यकता छ । हुन त हाल प्रचलित र उपलब्ध आइपीभी ४ एडरेसले पर्याप्त सर्भिस नदिएका होइनन् । तर, अहिले आइरहेका नयाँ डिभाइसहरु, एप्लिकेशनहरु बढ्दै जाने हुनाले आइपी एडरेस सिमित हुन्छ । अनि इन्टरनेटको गुणस्तरीयता र इन्टरनेटको गति पनि साँघुरिदै जाने देखिन्छ ।
यो समस्या नेपालको मात्रै नभई पुरा विश्वको हो । धेरै देश भविष्यको यो चुनौतीलाई सम्बोधन गर्न लागिसके । नेपालमा भने यसको प्रयोगबारे चर्चा हुन थालेको भर्खर-भर्खरै हो । अहिलेको विद्यमान नेटवर्क सिष्टमले के भन्छ भने जति पनि कम्प्युटर इन्टरनेटमा जडान हुन्छ, त्यति नै तिनलाई आइपी एडरेस अर्थात् एउटा युनिक आइपी नामकरण दिइन्छ । त्यसका लागि आइपीभी ४ प्रणालीमै बसेर काम गर्ने हो भने यसले ४३ विलियन जति आइपी एडरेसहरुमा काम गर्न सकिन्छ ।
‘यसो हेर्दा यो संख्या धेरै भए पनि त्यतिबेला सही सोच, दूरगामी नजर आदि नभएकाले धेरै आइपी एडरेसहरु अनधिकृत रुपले बेचियो । जुन अब फिर्ता लिने अवस्था छैन । केही प्रयोगमा आउन सकेका छैनन् । बाँकी रहेका आइपी एडरेसहरु इन्टरनेट प्रयोगकर्ता, डिभाइस, एप्लिकेशन, वेबसाइट होस्ट गर्न निकै कम हुँदै गएका छन्,’ सूचना प्रविधि विज्ञ एवं भारतस्थित केआइआइटी युनिभर्सिटीका प्राध्यापक डा. सुदन झाले भने । उनका अनुसार जुन गतिले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्, जसरी वेबसाइटहरु होस्ट भइरहेका छन्, त्यसरी नै डिभाइसहरु र एप्लिकेशनहरुको प्रयोग पनि बढिरहेको छ ।
‘वर्तमान अवस्थामा आइपीभी ४ ले सबैलाई आइपी एडरेस दिन सके पनि भोलीको मागलाई पुरा गर्न सकेन भने स्वभावैले इन्टरनेट नचल्ने, गुणस्तरीय सेवा लिन नसक्ने तथा अन्य प्राविधिक समस्याहरु आउने गर्छन् । यसको विकल्प भनेको आइपीभी ४ को नयाँ संस्करण आइपीभी ६ नै हो,’ उनले भने ।
किन आइपीभी ६ ?
- डाटा सटिक रुपले छिटो परिचालन हुन्छ । किनभने एउटा आइपी पाइएन भने अर्कोबाट परिचालन हुने सम्भावना प्रबल हुन्छ ।
- आइपीभी ४ मा जस्तो हरेक नोड वा ठाउँठाउँमा यसको डाटाको परीक्षण हुँदैन । एकैपटकमा हुने भएकाले यसले सेवाको गुणस्तरीयता राम्रो हुन्छ ।
- डाटाको बहाव हुने बाटो 'routing path' एउटा मात्रै नभई थुप्रै हुन जान्छन्, जसले गर्दा समयको बचत पनि हुने भयो र डाटा गन्तव्यमै पुग्ने निश्चितता हुन्छ ।
- अहिलेको अवस्थामा सर्भर आफैले आइपी दिन्थ्यो भने आइपीभी ६ मा इन्टरनेट प्रयोगकर्ता, डिभाइस, एप्लिकेशनहरु, वेबसाइट होस्ट आदि जो भएपनि सिस्टम आफैले आइपी जेनेरेट गरिदिन्छ । जसले गर्दा प्रयोगकर्तालाई केही थाहा नै हुँदैन । तर उसको इन्टरनेटको गति भने कायमै रहन जान्छ, अर्थात् आइपी एडरेसको कमी हुँदैन ।
- भिओआइपी, क्युओएस जस्ता सेवारु प्रबल रुपले काम गर्न सक्ने हुन्छन् ।
- सुरक्षाका दृष्टिले हेर्ने हो भने आइपीभी६ मा आइपीसेक प्रविधि रहेको छ,, जसले डाटाको गोपनियता, अथेन्टिकेशन र डाटा इन्टिग्रिटीलाई विशेष ध्यानमा राखेर काम गर्छ ।
अवसर र चुनौती
नेपाल अब चाँडै नै आइपीभी ४ बाट आइपीभी ६ को रुपान्तरणको चरणमा जानुपर्ने छ । तसर्थ आइपीभी ६ के हो, यसमा के के अवसर र चुनौती के के छन् भनेर थाहा पाउन जरुरी छ । अहिले इन्टरनेट सबैका लागि आवश्यकता बनिसकेको छ । यसले गर्दा पुरानो आइपी भर्सनबाट नयाँ आइपी भर्सनमा रुपान्तरण गर्दा केही चुनौतीसँगै पर्याप्त अवसर छन् ।
नेपालमा अहिले केही इन्टरनेट र नेटवर्क प्रोभाइडरहरु आइपीभी ६ को परीक्षणमा जुटेका छन् । अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ संस्थानको आइसिटी सेन्टरमा आइपीभी ६ नेटवर्क प्रणाली जडान गरिएको छ । यसै नेटवर्कमार्फत् अनलाइन क्लासहरु पनि सञ्चालन भइरहेका छन् ।
नेपालमा आइपीभी ६ को एडेप्सन एक प्रतिशत मात्रै भएको जानकारी दिदै इन्टरनेट सोसाइटी नेपालका सचिव रामकृष्ण परियार भन्छन्, ‘नेपालमा सबै कन्टेन्ट आइपीभी ४ मा स्टोर भएका छन् । यसर्थ आइपीभी ६ भित्र्याउन धेरै कसरत गर्नुपर्ने देखिन्छ ।’
अहिले फेसबुक, गुगल, क्लाउडफेयरजस्ता कम्पनीहरुले आइपीभी ६ प्रयोग गरिसकेका छन् । भोली यी कम्पनीहरुले आइपीभी ४ पूर्ण रुपमा अन्त गरेभने प्रयोगकर्तामा ठूलो समस्या आउने देखिन्छ । इन्टरनेट सोसाइटी नेपालका सदस्य कृष्णप्रसाद पोखरेलको विचारमा नेपालमा आइपीभी ६ का लागि थोरै माग हुनु, अहिलेको अवस्थामा आइपीभी ४ नै पर्याप्त हुनु, यसमा काम गर्ने जनशक्ति कम हुनु, सुरक्षाको विषयमा कम अवगत हुनु, लगानीकर्ताको अनिच्छा, कमजोर सरकारी नीति आदिका कारण आइपीभी ६ मा सिफ्ट हुन अझै चुनौती रहेको छ ।
इन्टरनेट सोसाइटी नेपालका महासचिव अमरराज भण्डारी भन्छन्, ‘सरकारसँग यसबारे कुनै नीति, बजेट र रिसोर्स छैन । युवाहरुलाई आइपीभी ४ बाट आइपीभी ६ मा लैजादा हुने अवसर, चुनौती र जोखिमका बारे आत्मासात गर्दै प्रयोगमा ल्याउन सक्यौं भने आइपीभी ६ मा जान सकिन्छ ।’ उनले विश्वले विस्तारै आइपीभी ४ लाई रुपान्तरण गर्दै लगेकोमा नेपालमा पनि भोलीको आइपीभी ६ का लागि अहिले नै वातावरण बनाउनुपर्ने भनाइ राख्छन् । ‘तर,यसका लागि मुख्य सरकारको भूमिका हुने भएकाले उसलाई झक्झकाउनु पर्ने आवश्यकता छ,’ उनले भने ।
इन्टरनेट सोसाइटी नेपालको कार्यक्रम
आइपीभी ६ लञ्च डे अवसरमा ललितपुरस्थित नेपाल कलेज अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी (एनसिआइटी)मा एक कार्यक्रम आयोजना गरियो । कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका सचिव रामकृष्ण परियार र सदस्य कृष्ण पोखरेलले आइपीभी ६ का विषयमा जानकारी दिदै आइपीभी ४ बाट आइपीभी ६ मा रुपान्तरण हुदा आउने अवसर र सम्भावनाका बारे जानकारी दिए ।
अपडेट
क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ …
ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा
सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसह…
वानप्लस ६ नेपाल भित्रियो, मुल्य ७० हजार माथी
वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ ।
‘वानप्लस ६’मा आजको मितिमा…
“किरानामा” कुमारी बैंकको महाबचत योजना
कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति …
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा सुचारु
नेपाल टेलिकमले मिस्ड कल एलर्ट Missed Call Alert - MCA सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दि…
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने
काठमाडौं – नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ…