कीवर्डहरू -

अपडेट

विद्यार्थीका लागि ‘स्मार्टर’ नामक मोबाइल एप सार्वजनिक

काठमाडौं । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनिक गरिएको छ । म्याक्स कनेक्टले निर्माण गरेको ‘स्मार्टर’ डिजिटल प्रणालीबाटै सिक्न चाहनेका लागि उपयोगी छ ।

यो मोबाइल एपको शुभारम्भ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी स्मार्टर एप ल्याएको कम्पनीले जनाएको छ ।

एपमार्फत् विद्यार्थीले घरबाटै अडियो भिजुअलको माध्यमबाट अध्ययन गर्न सक्दछन् । अनलाइनबाट पर्चेज गर्न मिल्ने यो सिस्टका लागि क्यास, बैंकिङ सिस्टम, खल्ती, ई–सेवा आदिको प्रयोग गर्न सकिन्छ भने नेपालबाहिरबाट पेपाल प्रयोग गरेर स्मार्टर खरिद गर्न सकिन्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले स्मार्टरमा अन्य विषयहरु पनि क्रमशै थपिने योजना ल्याएको बताए । प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेस तर्फ जाने सोच अनुरुप एप ल्याएका हौँ- राघबले भने ।  'कोर्स अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामाग्री राखिएको छ, जसलाई  मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन्,' उनले भने ।  प्रति विद्यार्थीले वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने उनले बताए । म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ।

‘हामीले सयौं विद्यालयका लागि काम गरिरहेकाले स्मार्टरको प्रयोग धेरैले प्रयोग गर्ने अनुमान गरेका छौं । स्कुलले प्रयोग गरिरहेको एपमै स्मार्टर इन्टिग्रेट गरेर पनि प्रयोग गर्न सकिन्छ भने गुगल प्ले स्टोरबाट स्मार्टर एप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्छन् । यो सामाग्री बच्चाका लागि हो भने अभिभावकले पनि आफ्ना बालबालिकालाई के के पढाउने भनेर निर्णय गर्न सक्छन्,’ राघवले भने ।

उनले नेपालबाटै अन्तर्राष्ट्रियस्तरको प्रडक्ट बन्न सक्ने कुराको प्रमाणित आफूहरुले गरेको बताए । ‘नेपालको विषयमा कुरा गर्दा हामी सानो छौं तर कमजोर छैनौं भनेर प्रमाणित गर्न चाहन्छौं । सबैले सानो देश, कमजोर देश भन्छन् । तर अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय प्रडक्ट उत्पादन गर्न हामी सबल छौं,’ उनले भने, ‘हामीले क्रमशै सबै विषयको लर्निङ प्लाटफर्म तयार पार्दैछौं । प्रयोगकर्ता नयाँ टेक्नोलोजीका आतुर छन् । राम्रो प्रडक्ट ल्याउन सके बजारले अस्विकार गर्दैन ।’

कनेक्ट टिमले यस अघि 'म्याक्स कनेक्ट इआरपी' मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ। जसले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै एप मार्फत सेवा प्रदान गरेको म्याक्स कनेक्टले जनाएको छ।

अपडेट

मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप हुँदै

काठमाडौं । आगामी असार २५ देखि २९ गतेसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप हुने भएको छ ।

मेसिन लर्निङ र डिप लर्निङ एल्गोर…

प्रभु बैंकलाई सम्पर्क या प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति

काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स…

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ उम्मेदवारबीच प्रतिष्पर्धा हुने, अन्तर्वार्ता असार १६, १७ र १८ मा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…

मकवानपुरमा स्थापना हुने भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा स्थापना गर्ने …

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वज…

टेक्सास कलेजका आइटी ग्रयाजुएटलाई जापानमा अवसर

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा आइटी विषय पढेका विद्यार्थीले जापानमा अवसर प्राप्त गर्ने भएका छन् ।

Fourth Valley Corp.  Japa…

एसईईको नतिजा आज आउँदै यसरी हेर्नुहोस नतिजा

काठमाडौं। एसईईको नतिजा आज आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्…

आज काठमाडौंमा डाटा सेन्टर समिट हुँदै

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक काठमाडौं। नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने…