अपडेट
यस्ता छन, उत्कृट ५ आइसिटी स्टार्टअप कम्पनीहरु
स्टार्टअप आइसिटी अवार्ड २०१९ मा देशभरबाट ३० भन्दा बढी अनलाइन आवेदन परेको थियो । यो विधामा सूचना प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका तीन वर्ष बिचका कम्पनीहरुले सहभागिता जनाएका थिए । छनौट चरणमा २४, त्यसपछि उत्कृष्ट ११ हुदै प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनबाट उत्कृष्ट ५ को छनौट गरिएको थियो । यस वर्ष यस विधामा पब्लिक भोटसँगै जुरी समुहले कम्पनीको फिल्ड भिजिट पनि गरेको छ ।
उत्कृष्ट ५ स्टार्टअप कम्पनी यस प्रकार छन ।
ई डिजिटल नेपाल प्रालि
हाम्रो टेक्नोलोजी प्रालि
खाली सिसी म्यानेजमेन्ट प्रालि
युजी केक्स प्रालि
र वाकम्यान – ग्रिन कोइन्स
ई डिजिटल नेपाल
नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली र डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यसहित आएको स्टार्टअप हो ई डिजिटल नेपाल प्रालि । यसले छोटो समयमै ४०० भन्दा बढी स्कुललाई यसको स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटाइज गरिसकेको छ । वैशाख २०७५ देखि आएको यो स्टार्टअपको हेड अफिस काठमाडौंमा छ र प्रदेश १ को इटहरीमा शाखा पनि खोलेको छ । इन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा अनुभव संगालेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।
https://ictaward.org/e-digital-nepal-pvt-ltd/
हाम्रो टेक्नोलोजी
जुलाई २०१६ मा स्थापना भएको हाम्रो टेक्नोलोजी प्रालि फिनटेक कम्पनीको रुपमा चिनिन्छ । यो कम्पनीले सफ्टवेयर सोलुसन्स, मोबाइल कन्सल्टिङ, डेभलपमेन्ट सर्भिस लगायतका सेवा क्लाइन्टलाई प्रदान गर्दै आइरहेको छ । क्वालिटी इन्टरप्राइज एप्लिकेशन सफ्टवेयर प्रडक्ट प्रदान गर्ने योजना अघि सारेको कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु लगायत सबै प्रकारका इन्टरप्राइजहरुलाई सेवा दिने योजना ल्याएको छ । कम्पनीको स्थापना २०१६ को जुलाईमा भएको हो । हालसम्म १० बैंक र २ सयभन्दा बढी सहकारीका हाम्रो टेक्नोलोजी प्रालिको प्रडक्ट प्रयोग भइरहेको छ । कम्पनीले
mBank, ParewaSMS, iBank, eTabBank, Khanepani Collector App
लगायतका प्रडक्ट ल्याएको छ ।
https://ictaward.org/hamro-technology-pvt-ltd/
खालि सिसी म्यानेजमेन्ट
वातावरण र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको स्टार्टअप हो खाली सिसी प्रालि । यसको डिजिटल प्लाटफर्मले पुनःप्रयोग गर्न सकिने फोहोरलाई ल्याण्डफिल साइटमा पुग्न दिदैन । यसका लागि वेब बेस्ड प्लाटफर्म तयार पारिएको छ जसले फोहोर बेच्ने र फोहोर किन्ने मानिसलाई जोड्छ । २०१७ को जुनमा स्थापना भएको कम्पनीले हाल दुतुवास, सरकारी संस्था, स्कुल, एनजिओ आइएनजिओ, रेस्टुरेन्ट, घर, हस्पिटल आदि खालि सिसीका कार्यक्षेत्र वा कस्टमर हुन् । प्रत्येक घरबाट निस्कने ६० देखि ७० प्रतिशत फोहोर पुनः प्रयोग गर्न मिल्ने किसिमको हुन्छ । विभिन्न स्थानमा गई फोहोर उठाउने खालिसिसी साथीमार्फत् यो कम्पनीले काम गरिरहेको छ । हाल ३ सयभन्दा बढी खालिसिसी साथीको नेटटवर्क रहेको छ । यो स्टार्टअपले मानिसलाई फोहोरको पुर्नप्रयोग गर्न पनि हौसला दिएको छ । हाल देशका धेरै ठाउँहरुमा खालि सिसी साथीहरु (फोहोर क्रेता) पुगेका छन् ।
https://ictaward.org/khaalisisi/
युजी केक्स
२०७४ को जेठमा स्थापना भएको युजी केक्स अहिले अर्बान गर्ल इंक प्रालिको एउटा भाग भएको छ । अहिले त केक किन्न विभिन्न पसल चहारिरहनु पर्दैन । एक कलकैै भरमा वा अनलाईनमा अर्डर गरेकै भरमा आफूले चाहेजस्तो डिजाइनको र स्वादको केक घरमै आइपुग्छ । व्यस्त जीवनशैलीका कारण समय अभाव हुनेले अनलाईन मार्फत केक अर्डर गर्ने गर्छन । बेकरी इन्डस्ट्रीको अटोमेसनमा सरिक युजी केक्सले विशेषगरी युवा र त्यसमा पनि महिलामाझ प्रिय छ । साथै विदेशमा रहेका नेपालीले आफ्ना आफन्तलाई केक गिफ्ट गर्ने सजिलो तरिका पनि युजी केक बनेको छ । युजी केक्सले केकको उत्पादन र डेलिभरीमा आफूलाई अब्बल बनाउन खोजिरहेको छ । कम्पनीले केकको अर्डर, पेमेन्ट, तयारी, गुणस्तर परीक्षण, डेलिभरी, ट्रयाकिङ, डेलिभरी कन्मर्फेशन आदिका लागि सफ्टवेयरको सहयोग लिने गरेको छ । मध्य बानेश्वरमा रहेको यस कम्पनीमा दुई दर्जनबढिले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन ।
https://ictaward.org/ug-cakes/
वाकम्यान ग्रिन कोइन्स
२०७५ को फागुनमा सार्वजनिक भएको वाकम्यान ग्रिन कोइन्स, हिँड्न हौस्याउने यस्तो एप हो जसमार्फत् प्रयोगकर्तालाई हिँडेको प्रत्येक पाइला रेकर्ड गर्दै भर्चुअल करेन्सी प्रदान गरिन्छ । प्रयोगकर्ताहरुले १० हजार स्टेप बराबर १०० ’क्वइन’ प्राप्त गर्नेछन् । ती क्वइनहरुबाट विभिन्न रेष्टुरा र स्टोरहरुमा छुट पाउन सकिनेछ । नेपालमा धेरैले स्मार्टफोन प्रयोग गर्छन् । तर यसको प्रयोग सामाजिक सञ्जाल चलाउन सिमित छ । वाकम्यान ग्रिन कोइन्सबारे जानकारी हुने प्रयोगकर्ताले अवश्य पनि मन पराउन सक्ने छन् । अहिले एपको प्रयोगकर्ता एक हजार पुगिसकेका छन् भने बिटुबी पार्टनर २० भन्दा बढी रहेका छन् । यो निःशुल्क एप हो जहाँ जिपिएस र फुट ट्रयाकिङ सिस्टम रहेको छ । यसले छोटो दुरीका लागि गाडी चड्नुभन्दा हिँडन हौसला गर्दछ ।
अपडेट
कम र्याम भएको मोबाइलमा पनि अब पब्जी खेल्न सकिने
काठमाडौं। विश्वमा लोकप्रिय भएको गेम पब्जीले ‘पब्जी मोबाइल लाइट’भारतमा लन्च गरेको छ। …
सोनीले बनायो मोबाइल भन्दा सानो एसी
काठमाडौं। जापानको प्रविधि कम्पनी सोनीले मोबाइलभन्दा पनि सानो आकारको एयर कन्डिशनर ( एसी…
२७ जना युवालाई नि:शुल्क कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा मिड टाउनको साथः गभर्नर लम्साल
पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको …
विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि
म्यायक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेईलन गरी गरे म्या्क्स कनेक्टले…
केसीसी एक्जिबिट २०१९ सुरु, शनिबारसम्म चल्ने
काठमाडाैं । सूचन…
नेपाल टेलिकमले पायो नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड
नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बे…
आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुने
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…
कार्डबाट भुक्तानी गर्दा आउने भ्याटको १० प्रतिशत रकम तत्कालै कार्डधनीको बैंक खातामा जम्मा हुने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ ।…
इन्टरनेटको मूल्य नबढ्ने
नेपालमा इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्च गर्ने भनेपछि इन्टरनेटको मूल्य यथावत रहेको हो ।
…युनियन पे लाई राष्ट्र बैंक अनुमति
काठमाडौं। चिनिया कम्पनी युनियन पे इन्टरनेसनललाई नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति द…
राइजिङ स्टुडेन्ट अवार्ड २०१९ का उत्कृष्ट ५ प्रोजेक्टहरु
राइजिङ स्टुडेन्ट अवार्ड पहिलो पटक आइसिटी अवार्डमा समावेश गरिएको विधा हो । आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका व…